Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा प्याराफिट सहितको खेल मैदान- बाँस्कोटा

प्रभातफेरी अनलाइन ७२१२ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष १, मंगलबार (६ साल अघि)
पाँचखालमा प्याराफिट सहितको खेल मैदान- बाँस्कोटा

आई.आर.के मैनाली
पाँचखाल/सूचना तथा सञ्चान प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपालमा रहेका खेलाडिहरुले नेपालको नाम उच्च राख्न सफल भएको अवस्थामा खेलकुदको क्षेत्रलाई अझ माथि उठाउन सरकारले खेल मैदानको व्यवस्था गर्ने बताउनु भयो ।

जागरुक युवा क्लबको आयोजनामा पाँचखाल नगरपालिका वडा नं ६ स्थित पे्रम धर्म खेलमैदानमा भएको प्रथम सहिद स्मारक खेलको उद्धाटन गर्दै मन्त्री बास्कोटाले उक्त धारणा राख्नुभएको हो । राम्रा खेलाडि उत्पादन गर्न राम्रै खेलमैदान आवस्यक हुने भएकोले आवश्यकताको आधारमा खेल मैदान निर्माण गर्ने बिषयमा सरकारको सकारात्मक सोच रहेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री बाँस्कोटाले १३ औं दक्षिण एशीयाली खेलकुद (साग) मा ५१ स्थानमा उत्कृष्ट हुदै नेपाललाई दोस्रो स्थानमा राख्न सकेकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा पहिलो हुने ढंगबो वातावरण तयार गर्ने बिषयमा सरकारको ध्यान केन्द्रित भएको बताउनु भयो । मन्त्रीले थप्नुभयो “पाँचखालमा चार खेल मैदान छ, मध्य एक खेल मैदानलाई प्याराफिट सहितको बनाउंछौं” । “धेरैतिर छरीनु भन्दा एक गतिलो खेल मैदान चाहिन्छ, भौगोलिक अवस्था हेर्दा पे्रम धर्म खेलमैदाको संभावना छ”।

कार्यक्रममा मन्त्री बाँस्कोटाले भन्नुभयो “पाँचखालमा मदन भण्डारी विश्वविद्यालय बन्दै छ, त्यहाँ पनि सुबिधा सम्पन्न स्टेडिएमको पनि प्रस्ताव भएको छ, विश्वविद्यालयमा बन्ने खेल मैदान र पाँचखालमा हाल भएको चार मैदान मध्यको एक खेल मैदानलाई राम्रो बनाउंदा पाँचखालमा भएका र पछि उत्पादन हुने खेलाडीहरुका लागि समेत मैदानको समस्या हुंदैन” । कृषि नगरीको रुपमा अगाडी बढेको पाँचखाल नगरको अति उर्वरा भूमिको रुपमा रहेको वडा नं ६ मा कुलोको अभावले गर्दा समस्या भएको सुन्नमा को कुरो आयो, यो खेल भन्दा पनि महत्वपुर्ण छ, आगामी बर्ष कुनैपनि हालतमा बन्छ, पक्का भयो । “मैले वडा अध्यक्ष राम शरण दुलालसंग बुझे, ५० लाख भए बन्छ भन्नुभयो सो रकम कतैवाट जुटाउंछु, तपाईहरु ढुक्क रहनुहोस” उहाँले ठोकुवा गर्नुभयो ।

पाँचखालमा रहेको जागरुक युवा क्लबको आयोजनामा भएको प्रथम सहिद स्मारक कप आज (मंसिर २८) सुरु भई पुष ५ गते सम्म संञ्चालन हुने भएको छ । खेलमा बिभिन्न जिल्लाबाट १० टिम सहभागि भएका छन् । खेललाई निस्पक्ष ढंगबाट सञ्चालन गर्ने उद्देश्यले आयोजकले खेलमा सहभागि भएका छैनन् । खेललाई सहज ढंगबाट सम्पन्न गर्नको लागि प्रायोजकमा पे्रम धर्म वचत तथा ऋण संहकारी संस्थाले भुमिका निर्वाह गरेको छ भने सह—प्रायोजक मा लामा आल्मोनियम र बिशेष सहयोगी संस्थाको रुपमा पाँचखाल युनाईटेड फुटबल रहेको छ । खेलमा प्रथम हुनेले ट्रफि मेडल सहित नगद १ लाख र द्वितिय हुनेले ट्रफि मेडल सहित नगद ५० हजार पाउने छन् ।

क्लबका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले पाँचखालमा रहेका सहिदहरुको सम्झनामा निर्मित खेल मैदानलाई थप व्यवस्थित गर्ने बिषयमा मन्त्रि बाँस्कोटालाई अनुरोध गर्दै त्यसको लागि वडाको तर्फबाट समेत सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।

समाजसेवि भोजराज पन्त द्वारा संञ्चालित उक्त कार्यक्रममा क्लवका प्रतिनिधि गोकुल गुरागाईले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा पुर्व सभासद तेजबहादुर मिजार, पाँचखाल वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडा, वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा, वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकाल, नेकपाका युवा नेता कंञ्चन अधिकारी, मणिराम गौतम, विष्णु पौडेल, लगायतको उपस्थिति रहेको थियो ।

  • पाँचखालमा प्याराफिट सहितको खेल मैदान- बाँस्कोटा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0