Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २१, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालको तरकारी ‘सुरक्षित उत्पादन’

प्रभातफेरी अनलाइन ७९४५ पटक पढिएको प्रकाशित मिति: २०७६ माघ ४, शनिबार (६ साल अघि)
पाँचखालको तरकारी ‘सुरक्षित उत्पादन’

काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका कृषक शिवराज ७नतसेष्ठले जैविक विषादी प्रयोग गरी उत्पादन थालिएको काउलीको अनुगमन गर्दै कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोक प्रमुख डा जनार्दन खडका, पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीलगायत । तस्वीर : राजकुमार पराजुली

राजकुमार पराजुली

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–७ श्रीरामपाटीका किसान सरस्वती दाहालले आफ्नो तरकारीबालीमा रासायनिक विषादी छर्न छोड्नुभयो । जाडो याममा विशेषगरी बालीमा ढुसी लागेमा मात्रै कृषि प्राविधिकको सल्लाहमा विषादी छर्ने गरेको उहाँ बताउनुहुन्छ ।

“विषादी हाल्न छाडेको एक वर्षै भइसक्यो, कहिलेकाहीँ बालीमा ढुसी लागेमा मात्रै हाल्ने गरेका छौँ, त्यो पनि प्राविधिकको सल्लाहमा” दाहालले भन्नुभयो । यो वर्ष काउली र गोलभेँडामा रासायनिक विषादी नहाली उत्पादन गरिएको उहाँले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “बालीमा समस्या आए, फोन गरेलगत्तै कृषि प्राविधिक आउनुहुन्छ र उहाँको सल्लाहमा मात्रै हामी विषादी छर्छौँ ।” विषादी प्रयोग गरेपछि प्राविधिकले दिएको समयअनुसार मात्रै तरकारी बजार लैजाने गरिएको उहाँले बताउनुभयो ।

सोही वडाका शशीकला ढकालले पनि यो वर्ष काउली र आलु बालीमा रासायनिक विषादी हाल्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “यस वर्ष बालीमा विषादी छरेका छैनौँ, छर्नै परे प्राविधिकको सल्लाहमा छरेर टिप्ने समयपछि मात्रै बजार लैजान्छौँ ।” पाँचखाल नपा–६ का किसान सीताराम दुलाल र केदार ढुङ्गाना तथा पाँचखाल नपा–७ का शिवराज श्रेष्ठ पनि रासायनिक विषादीको विकल्पमा आफैँ जैविक विषादी बनाएर बालीमा हाल्ने गरेको बताउनुहुन्छ । “स्थानीयस्तरमा उपलब्ध जडीबुटीबाट जैविक विषादी तयार गरेर बालीमा प्रयोग गर्दा स्वस्थकर र उत्पादन लागत कम हुनेगरेको छ”, ढुङ्गानाले भन्नुभयो । उहाँ आफैँ आफ्नो खेतबारीको माटो परीक्षणसमेत गर्नुहुन्छ ।

श्रेष्ठले आफ्नो २० रोपनी खेतबारीमा जैविक विषादी प्रयोग गरी जैविक तरकारी ९सुरक्षित उत्पादन० उत्पादन गरिरहनुभएको छ । उहाँले ‘लव ग्रीन’ नेपालद्वारा सञ्चालित एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि ९आइपिएम० कक्षामा जैविक विषादी बनाउन तथा गोठसुधार गरी पशुमुत्र सङ्कलन गरी बालीमा प्रयोग गरिरहेको बताउनुभयो । उक्त संस्थाले पाँचखालका २३ स्थानमा १८ महिने आइपिएम कक्षा सञ्चालन गरी जैविक विषादी प्रयोगबारे करीब सात सय किसानलाई तालीम दिइसकेको छ । पाँचखालका किसान आइपिएम कक्षामा सिकेर आफैँले तयार गरेको जैविक विषादी प्रयोग गर्न थालेपछि पाँचखाल क्षेत्रका तरकारीबालीमा रासायनिक विषादी प्रयोगमा सचेत बन्दै न्यूनीकरणतर्फ लागेका हुन् ।

पाँचखालमा हाल उत्पादित तरकारीजन्य बाली विषादी रुकावट अवशेषको मापदण्डभित्रै रहेकाले ‘सुरक्षित उत्पादन’ भन्न थालिएको पाँचखाल नपा कृषि शाखाका कृषि प्राविधिक ईश्वर अधिकारीले बताउनुभयो । “नियमित परीक्षणबाट मापदण्डभन्दा निकै कम प्रतिशत देखिएकाले पाँचखालको तरकारी प्राविधिक हिसाबले ‘सुरक्षित उत्पादन’मा पर्दछ” उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकका प्रमुख डा जनार्दन खड्का पाँचखालका किसानले रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक विषादी प्रयोगमा लागेकोमा वातावरण प्रदूषण तथा मानव स्वास्थ्यमा पर्ने असर कम हुँदै जाने बताउनुहुन्छ । “किसानहरू पाँचखालको तरकारीमा विषादी बढी हुन्छ भन्ने आफुहरुमाथि लाग्ने आरोप जैविक विषादीको प्रयोगबाट चिर्ने अभियानमा हुनुहुन्छ, उहाँहरुलाई हामीहरुले साथ दिएका छौँ”, उहाँले भन्नुभयो ।

खड्काले केन्द्रमा रहेको प्रयोगशाला ९रेपिड बायो एसे पेस्टिसाइड रेजिड्यू–आरबीपिआर ल्याब०मा आफूले उत्पादन गरेको तरकारीको विषादी अवशेषको मात्र परीक्षण गर्न ल्याउन पनि सबैमा आग्रह गर्नुभएको छ । केन्द्रमा गत भदौ महिनादेखि काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानको तरकारीको नमूना सङ्कलन गरी नियमित परीक्षण गरिन्छ । डा खड्काले भन्नुभयो, “सङ्कलित नमूनाको विषाद रुकावट अवशेष परीक्षण÷मापन गर्दा सुरक्षित मापदण्डभित्र रहँदै आएको छ ।”

केन्द्रको परीक्षणबाट गत भदौ अन्तिमसाता तरकारीमा विषादीको रुकावट प्रतिशत ९इमिसन रेट० तीनदेखि नौ प्रतिशतसम्म झरेको थियो भने हाल १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेका छन् । वाग्मती प्रदशेको विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि, २०७५ ले ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा ४–५ दिन क्वारेन्टाइनमा राखेर पुनःपरीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी ‘इन्हिविसन’ आएमा उक्ति कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख गरिएको छ । वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले काभ्रेपलाञ्चोसहित प्रदेशका चितवन, मकवानपुर, ललितपुर र नुवाकोट जिल्लामा आरबीपिआर ल्याब स्थापना गरेको छ ।

  • पाँचखालको तरकारी ‘सुरक्षित उत्पादन’
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0