Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय- पन्थी,विव्यस अध्यक्षमा पुन पन्त

प्रभातफेरी अनलाइन ५९४० पटक पढिएको प्रकाशित मिति: २०७६ माघ २८, मंगलबार (३ साल अघि)
निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय- पन्थी,विव्यस अध्यक्षमा पुन पन्त

पाँचखाल/पाँचखाल नगरका शिक्षा शाखा प्रमुख दिनानाथ पन्थीले अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिले शिक्षाको गुणस्तरको लागि ठूलो भूमिका खेल्न सक्ने बताउनुभयो ।

पाँचखाल–६ तिनपिप्तलेमा रहेको जोरपाटी माध्यमिक विद्यालयको ७५औं वार्षिकोत्सव तथा अभिभावक भेलाको क्रममा उक्त धारणा राख्नुभएको थियो । उहाँले थप्नुभयो, सामुदायिक विद्यालयहरु निजी विद्यालयभन्दा कम छैनन् । समयको माग अनुसार सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको बताउनुभयो । पाँचखालमा शिक्षाको गुणस्तर सुधार्नको लागि आफू निरन्तर लागिपरेको बताउनुहुँदै पाँचखालवासी शिक्षासेवी एवं अभिभावकहरुले साथ सहयोग दिनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज पन्तको सभातित्वमा सम्पन्न उक्त कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं. ६ का वडाध्यक्ष रामशरण दुलाल, दिनानाथ ढुंगाना, धर्मराज राई, नन्दकुमार श्रेष्ठ लगायतले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक ऋषिकेश नेपालले स्वागत मन्तव्य राखी सुरु गरेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद ढुंगानाले प्रगति प्रतिवेदन एवं आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । लेखापाल कृष्णबहादुर पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक यादव प्रसाद सिटौलाले गर्नुभएको थियो ।

अभिभावक भेलाबाट पुनः भोजराज पन्तको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । जसको सदस्यमा मञ्जु गौतम, रामशरण दुलाल, भिमबहादुर ढुंगाना, राजन श्रेष्ठ, शुक्रमाया दनुवार, अप्सरा मिजार, शिक्षक प्रतिनिधि यादव प्रसाद सिटौला, सदस्य सचिव प्रधानाध्यापक बद्रीप्रसाद ढुंगाना रहनुभएको छ । त्यसैगरी नन्दकुमार श्रेष्ठको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन भएको छ । जसको सदस्यमा चन्द्रबहादुर खड्का, राधिका केसी, शान्ति दनुवार, सुभद्रा पराजुली, नन्द बहादुर अधिकारी, चण्डिका राउत रहनुभएको छ ।

  • निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय- पन्थी
  • विव्यस अध्यक्षमा पुन पन्त
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0