Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालका छोरीहरुले ज्वाई पाल्न सक्षम छन् -उप—प्रमुख लक्ष्मी

प्रभातफेरी अनलाइन ७०२१ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र ४, मंगलबार (६ साल अघि)
पाँचखालका छोरीहरुले ज्वाई पाल्न सक्षम छन् -उप—प्रमुख लक्ष्मी

आई.आर.के मैनाली
पाँचखाल/पाँचखाल नगरका उप—मेयर लक्ष्मी दनुवारले पाँचखालका छोरीहरुले ज्वाई पाल्न सक्ने क्षमता रहेको बताउनु भयो । उहाँले भन्नुभयो “श्रीमान श्रीमती एक रथका दुई पाग्रा हुन दुवैको उत्तिकै महत्व हुन्छ, आज भन्दा अगाडी ज्वाईले छोरी पाल्नु पथ्र्यो अव छोरीले ज्वाई र ज्वाईले छोरी पाल्न सक्छन् ।”

लवग्रीन नेपालले पाँचखालको तरकारीमा बिषादी मुक्त गर्दै आइ.पिंएमएम तरिकाले तरकारी उत्पादन गर्ने लक्षका साथमा संञ्चालन गरेको २५ स्थानको कृषक पाठशाला मध्य २२ औं (तामाघाट आइ.पि.एम) कृषक पाठशालाको समापन गर्दै उप—प्रमुख दनुवारले उक्त धारणा राख्नु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि उप—मेयर दनुवारले भन्नुभयोे पाँचखालका छोरीहरु तरकारी खेतीमा सक्षम भएका छन्, जसको कारण आम्दानी राम्रो गर्न सक्ने भएकोले ज्वाईलाई पनि पाल्न सक्ने भएको बताउनु भयो । पाँचखालमा बुहारीहरुका लागि पनि राम्रो अवसर रहेको छ, अन्यत्रबाट पाँचखाल विवाह गरी आउने बुहारीहरुलाई पाँचखालका छोरीहरुले आत्मा रिर्भर हुन सिकाउने बताउनु भयो । विगतमा सामान्य खर्च गर्नपनि अरुको मुख ताक्नुपर्ने हुन्थ्यो तर आजको अवस्थामा तरकारी खेतीको माध्यमबाट घर खर्च चलाउन आफै सक्षम भएका छन् पाँचखालका महिलाहरु ।

कार्यक्रममा उप—प्रमुख दनुवारले भन्नुभयो बिषादी रहित ढंगको तरकारी उत्पादन गराउने प्रमुख उद्देश्यका साथमा अगाडी बढेको लवग्रीन नेपालले सञ्चालन गर्दै आएको कृषक पाठशाला लक्षीत बर्ग समक्ष पुगेको छ । उहााले भन्नुभयो “पाँचखालमा उत्पादन भएको तरकारीमा अव बिषादीको मात्रा छैन ।” पाँचखाल आईापिाएम मय भैसक्यो । विगतमा पाँचखालमा उत्पादन हुने तरकारीहरुमा चेतनाको कमीले गर्दा केही मात्रामा बिषादी प्रयोग भएपनि हल्ला भए अनुसार खानै नहुने भने थिएन । विगतमा पाँचखालको नकारात्मक प्रचार गर्नेहरु हाल आएर सकारात्मक ढंगबाट प्रचार गर्न बाध्य भएका छन् । पाँचखाल नगरको समन्वयमा लवग्रीन नेपालको सहयोगमा पाँचखालको बिभिन्न २५ स्थानमा कृषक पाठशाला संञ्चालन भएको जस्ले गर्दा पाँचखालमा उत्पादन भएको तरकारी आईापिाएम मय भएको बताउनु भयो ।

लवग्रीन नेपाल, सिप्रेड लगाएतको संस्थाले कृषकहरुको जिवन स्तर उकास्ने साथै पाँचखालको भविश्य शुन्दर गराउने कार्यमा जुटेका छन् । त्यस्ता राम्रा कार्यको लागि नगरले साथ दिएको उप—प्रमुख दनुवारले बताउनु भयो । अव उत्पादन हुने सवै प्रकारको तरकारी बिषादी मुक्त भएको बताउदै लवग्रीनको कृषक पाठशालाबाट ज्ञान हासील गरेका सवै अगुवा कृषकहरुले प्रशिक्षकको भूमिका खेल्नु पर्ने बताउनु भयो । उहाँहरुले कृषकको खेत खेतमा गएर आफुले हासिल गरेको ज्ञान बाढ्नु पर्छ जसले गर्दा शुन्दर पाँचखाल निर्माण हुने बताउनु भयो । नगरले कृषकको जिवन स्तर उकास्त आईापिाएम तरकारीको छुट्टै विक्रि स्थलको व्यवस्था गर्न लागेको बताउनु भयो ।

कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष शुन्दर तामाङले कृषि नगरीको रुपमा अगाडी बढेको नगरवासिहरुको प्रमुख आम्दानिको स्रोत तरकारी खेती भएकोले कृषकहरुलाई सक्षम बनाउने कार्यको लागि नगरपालिका निरन्तर रुपमा अगाडी बढेको बताउनुभयो । नगरको सोचलाई लवग्रीन नेपाल नामक संस्थाले साथ दिएको बताउनु भयो । लवग्रीन नेपालले सञ्चालन गरेको कृषक पाठशालाका कारण कृषकहरु खेतिको लागि दक्ष भएको बताउनु भयो । हाल सम्म पाँचखालमा संञ्चालन भएको कृषक पाठशालामा वास्तविक कृषकहरु समावेस भएको, जस्ले गर्दा पाँचखालमा उत्पादन हुने तरकारीहरु आइ.पिंएमएम तरिकाले उत्पादन हुने ठोकुवा गर्दै कृषकहरुको चेतना उकास्ने कार्यमा लवग्रीन नेपालको ठुलो भुमिका रहेको बताउनु भयो ।

समापन कार्यक्रममा लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालीले पाँचखाल नगरपालिकाले सहयोग गर्दा नगरवासिहरुको साथमा रहेर पाँचखालमा उत्पादन हुने तरकारी खेतिमा बिषादी न्युनिकरण गर्ने अवसर पाएको बताउनु भयो । कार्यक्रमको सुरुवातिबाट ५ सय २५ जना अगुवा कृषकहरुलाई आईापिाएम सम्बन्धि तालिम दिएर सक्षम बनाएको बताउनु भयो । पाँचखालमा सञ्चालन भएको कृषक पाठशालाबाट कृषकहरुको क्षमता अभिबृद्धि भएको बताउंदै कृषकहरुको हौसलाको लागि निरन्तर रुपमा सघाउने बताउनु भयो । ज्ञावलीले भन्नुभयो “कृषकहरु मध्य कोही एक दुई जनाले अझै बिषादी प्रयोग गरेको होलान बिस्तारै बिषादीको असरको बारेमा ज्ञान हासिल गरिसकेका छन्, अव पाँचखाल आईापिाएम मय हुदैछ ।”

तामाघाट आइ.पिं.एम. कृषक पाठशालाका अध्यक्ष भोला दनुवारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विमला दनुवार र सर्मीला दनुवारले पाठशालाबाट हासिल गरेको उपलब्धीहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा कृषक तरिका र आईापिाएम तरिकाले गरेको खेतिको बिश्लेसन गरिएकोमा कृषक तरिकाले गरेको खेती भन्दा आईापिाएम तरिकाले गरेको खेतीमा आम्दानी राम्रो भएको प्रमाण प्रस्तुत गरिएको थियो । पाठशालाका प्रशिक्षक पिचन्द्र बुडाले प्रतिवेदन प्रस्तुतको लागि सघाउनु भएको थियो ।

पाँचखालमा बिषादी रहित ढंगको तरकारी उत्पादन साथै राम्रो आम्दानि भएको खुसियालीमा पाँचखाल नगरका उप—प्रमुख लक्ष्मी दनुवार, पाँचखाल वडा नं ४ का वडा अध्यक्ष शुन्दर तामाङ, प्रशिक्षक दिपचन्द्र बुडा, प्रशिक्षार्थीहरु छमछमी नाचेर खुःसि साटासाट गरिएको थियो । जनप्रतिनिधिहरु छमछमती नाचिरहेको दृश्य हेर्दे लवग्रीन नेपालका सम्पुर्ण टिमलाई थप हौसला मिलेको थियो ।

 

  • पाँचखालका छोरीहरुले ज्वाई पाल्न सक्षम छन् -उप—प्रमुख लक्ष्मी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0