Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सावधान फेरि पनि डेंगु आउने छ

प्रभातफेरी अनलाइन ६९०५ पटक पढिएको प्रकाशित मिति: २०७७ बैशाख १०, बुधबार (६ साल अघि)
सावधान फेरि पनि डेंगु आउने छ

आर.एल.श्रेष्ठ
मौसम परिवर्तनसँगै अब नेपाली भू बनौट अनुसार विभिन्न किसिमका लामखुट्टेहरु देखा पर्छन् । यही प्रजातिभित्रबाट डेंगुको आगमन हुन्छ । गत वर्षझैं यो वर्ष पनि यसले महामारीको रुप नलेला भन्ने सकिन्नँ । त्यसैले समयमै डेंगु सम्बन्धी सचेतना फैलाउन आवश्यक छ ।
गत वर्षको अनुभवलाई हेर्ने हो भने डेंगु रोगको महत्वपूर्ण पाटो भनेको डेंगु देखा परिसकेको अवस्थामा पनि स्वास्थ्यकर्मीहरु अनभिज्ञ हुनु दुःखद पक्ष हो । जसले गर्दा स्वभाविक रुपमा गर्मी महिना भएकोले टाइफाइड वा अरुनै संक्रमणको शंका गरी उपचार गर्दै आईरहेका छन, जसमा फ्लेक्जोनको (दुखाइ कम गर्ने औषधि) अत्यधिक मात्रामा प्रयोग गर्ने गरेको देखिन्छ ।

धेरै डेंगु संक्रमित व्यक्तिहरु अस्पतालसम्म आइपुग्दा ब्रुसेट वा फ्लेक्जोन जस्ता अति दुखाइ कम गर्ने औषधिहरु व्यापक मात्रामा प्रयोग गर्दै आइरहेको पाइन्छ । चिकित्सकहरुको भनाइमा डेंगु अरु धेरै संक्रमण रोगहरुको तुलनामा घातक मानिँदैन । यद्यपि सतर्कता अपनाए र समयमै उपचार पाए यसबाट मृत्युदर एक प्रतिशत भन्दा पनि कम हुने गरेको तथ्य सार्वजनिक भइरहँदा यो समस्यासँग सरोकारवाला निकायले जुन किसिमले चासो राख्नुपर्ने हो तर त्यो पाइएको छैन । हामीले कतिपय कुराहरुमा सतर्कता नअपनाउँदा जटिलतातिर धकेल्ने गरेको पाइन्छ । यसको विशेष एन्टिभाइरल औषधि हालसम्म नभएकोले लक्षण वा यसबाट उत्पन्न हुने जटिलताहरुको आधारमा उपचार गर्दै जानुपर्छ ।
जटिलतातिर धकेल्ने कारणहरु मध्येमा रोगको पहिचान गर्न नसक्दा जथाभावी औषधिहरुको प्रयोग गर्न पुग्नु नै हो । विश्व स्वस्थ्य संगठनले एस्पिरिन, ब्रुसेट, फ्लेक्जोन जस्ता दुखाइ कम गर्ने औषधिहरुको प्रयोग नगर्न चेतावनी दिएता पनि चेतनाको अभावमा पिडितहरुले त्यो बारे अनभिज्ञता जाहेर गरेका छन् ।

यस्ता औषधिहरुको प्रयोगले यी संक्रमितहरुमा रक्तश्राव झन् तीब्र हुने गर्दछ र जटिलतातिर गए बिरामी बिहोस भई मृत्यु समेत हुन सक्छ । यस्तो समस्या विशेष गरेर अल्सर वा ग्यासट्राइटिस भएकाहरुलाई बढी खतरा हुन सक्छ । यसको सुरुको लक्षण भनेकै रगत बान्ता गर्नु, दिसा कालो हुनु वा शरीरका विभिन्न अंगहरुबाट रक्तश्राव हुनु हो ।नेपालमा अधिकतम संक्रमितहरुमा भने सुरुवातमा कडा टाउको दुख्ने, ज्वरो आउने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने भएकोले सोझै नजिकैको औषधि पसलमा जाने गर्छन् र त्यहाँ उनीहरुले कम्तीमा दुखाई कम हुने औषधिको अपेक्षा गरेको पाइन्छ । यसले गर्दा बिरामी यदि डेंगु संक्रमित भएको रहेछ भने रक्तश्राव झन् तीब्र भएर जाने गर्छ ।
डेंगु संक्रमितलाई चेतावनीमूलक लक्षणहरु नदेखिएसम्म भर्ना नै गरिहाल्नु भने पर्दैन, तर त्यस्ता लक्षण कसलाई देखिन्छ, कसलाई देखिँदैन भनेर पूर्वानुमान गर्न सहज भने छैन । एक पटक पहिले त्यो व्यक्तिलाई डेंगु संक्रमित भइसकेको र अर्को कुनै चार सेरोटाइपमध्ये फरक सेरोटाइपले दोश्रो पटक संक्रमण गरेमा त्यो व्यक्तिमा डेंगुले झन् कडा रुप लिन सक्छ ।

नेपालमा गरेका अनुसन्धानहरुमा संक्रमितमध्ये झन्डै १० प्रतिशतमा डेंगुले जटिलता गराउने गरेको पाइएको छ । यो अवस्थामा उपचार नै नपाए बिरामी “डेंगु सक सिन्ड्रोम” मा जानसक्ने र मृत्यु समेत हुनसक्छ । त्यसैले युवाहरु आफैं पनि डेंगु संक्रमित भए सजगता अपनाउनुपर्छ । चिकित्सकले पनि युवा उमेरका जो कोही संक्रमितको उपचार गरिरहेको भए विशेष स्वास्थ्य निगरानी बढाउनु पर्दछ ।
खासगरी केटाकेटी तथा जेष्ठ नागरिकमा बढी जटिलता आउने गरेको पाइन्छ । नेपालमा हाल देखिएको डेंगु महामारीलाई अलि नियालेर हेर्ने हो भने पनि केटाकेटी तथा ज्येष्ठ नागरिक बढी संक्रमित भई जटिलताको कारणले भर्ना भएको देखिँदैन ।
यसको विशेष एन्टी भाइरल औषधि नभएको र डेंगु विरुद्धको खोप पनि विकास नभइसकेको अवस्थामा जटिलताबाट बच्नु नै हाम्रो लागि मुख्य चुनौतीका साथै घर वरिपरि सफासुग्घर राख्नु नै बुद्धिमानी हुन्छ ।

  • सावधान फेरि पनि डेंगु आउने छ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0