Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रहरी मेरो साथी र लकडाउन

प्रभातफेरी अनलाइन ७१३७ पटक पढिएको प्रकाशित मिति: २०७७ बैशाख १७, बुधबार (५ साल अघि)
प्रहरी मेरो साथी र लकडाउन

प्रल्हाद शर्मा हुमागाई
धुलिखेल/मान्छेले मान्छेलाई गर्ने व्यवहारमा चाकडीवाद हाबी हुन पुग्छ तब त्यहाँ कुनै पनि मानवीयता भेटिँदैन । हो, त्यस्तै संस्कार र चरित्रले छियाछिया भएको नेपाल प्रहरीको सांगठनिक संरचनाबाट गुम्दै गएको विश्वासलाई ब्युँत्याउने जमर्काे सहित आएको हुनुपर्छ “प्रहरी मेरो साथी” । यसको परिकल्पनाकारले पक्कै पनि समाजमा प्रहरीप्रति हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न सकिन्छ भनेर नै ल्याएका हुन् तर आजका मितिसम्म पनि त्यो व्यवहारिक बन्न सकेन किन ? यसका बारेमा गहिरोसँग खोजी भएको पाइँदैन ।

होस् पनि कसरी ! लगाम लगाएको घोडाले के गर्छ ? हो, त्यही निर्देशनमा हुर्किएको नेपाल प्रहरीमा परम्परादेखि चलिआएको संस्कार आज पनि ज्यूँकात्यूँ छ । त्यो संस्कारलाई पहिला रुपान्तरण गर्न आवश्यक छ । तब मात्रै प्रहरी मेरो साथी नामक नाराले न्याय पाउँछ । अनि मात्रै नेपाल प्रहरीको व्यवहारिकतामा परिवर्तन हुन्छ भन्ने निचोड सोसँग सरोकार राख्ने सरोकारवालाहरुको राय पाइन्छ । अन्यथा नेतृत्वको लोकप्रियताको लागि आएका नारा ! नारामा मात्र सीमित हुन्छ भन्ने तथ्य अहिले आएर देखिएको छ ।

यि हरफहरु कोरिरहँदा मान्यवरहरुले त बुझिसक्नुभयो होला, यि अभिव्यक्ति किन र कसरी आए भनेर । फेरि पनि केही कुरा पाठक सामु राख्ने जमर्काे गर्दैछु । प्रहरी मेरो साथी नारा आएको पनि वर्षौं बित्यो भन्दा पनि हुन्छ । अझै पनि प्रहरीबाट टाठाबाठाले स्वार्थ लुटिरहेको हालिमुहाली चलाइरहेको सहज रुपमा देख्न सकिन्छ । जसको प्रतिनिधि पात्र स्वयं यो पंक्तिकार पनि हो । सोझा, सिधा, निमुखा, असहायले प्रहरीसँग सिधा हेर्ने हिम्मत पनि राख्न सक्दैनन्, यो कठो यथार्थता हो । यो अवस्थामा पिडितले न्याय पाउँछ भनेर के कल्पना गर्न सकिएला ? यो पंक्तिकारको झण्डै ३० वर्षको पत्रकारिताको अनुभवले पनि पुष्टि गरेको छ की गरिब, निमुखा, असहायले सहज ढंगबाट न्याय पाउँदैनन् । यो यथार्थलाई चिर्ने हिम्मत कसको ? कागजमा, भाषणमा चिरेर हुँदैन, व्यवहारमा चिर्न सक्नुपर्छ । खै ! यो जटिल परिप्रेक्ष्यमा निम्तिएका अनुत्तरित प्रश्नहरुले कति गरिब, असहाय, निमुखालाई मृत्युको मुखमा धकेलेको ज्वलन्त उदाहरण अनगिन्ती छन् ।

चुल्ठे, मुन्द्रे, गौंडे, लाउकेहरुको चाप्लुसीमा न्याय मूर्ति न्याय दिनबाट चुकेको छ । अझै भन्नुपर्दा सुरक्षा निकाय प्रमुखहरुको सरुवा, बढुवामा हुने चलखेलले त स्वयं सुरक्षाकर्मीमा पनि हिनताबोध छाएको तथ्य दिनप्रति दिन सार्वजनिक भएको छ । यो संगिन अवस्थाको अन्तको अपेक्षा नेपाली जनताले अब कसबाट गर्न सक्लान् ?

शोषण दमनका विरुद्ध यो मुलुकमा विद्रोहको ज्वारभाटा नउठेका होइनन् तर ति ज्वारभाटाहरु सम्झौतामा गएर टुंग्याउने परम्पराले शोषित, पिडितको न्यायका खातिर हुने जनविद्रोहको अब कुनै अर्थ रहेन । अर्थ रह्यो त केवल भ¥याङ । त्यसैले अबको निकास के ? प्रत्येक शोषित, पिडित, असहायका सामु यो प्रश्नले पोलिरहेको छ । शान्तिपूर्ण आन्दोलन देखि बन्दुकसम्म बोकेको उपलब्धी उहि हुने खानेका लागि मात्रै सीमित रह्यो । त्यसैले यो निराशाले थिलथिल्याएको मनहरुमा मलमपट्टिको खाँचो छ । यो निराशाका बारेमा सोचिएन भने यसले भावी दिनमा गम्भीर खालको संकट निम्त्याउन सक्छ । हिजोको सम्झौताले जस्तै राजनीतिमा हात आउला भनेर सोच्नु अर्थहिन हुनेछ ।

पाठकलाई लाग्ला विषय उठान एकातिरबाट भएपनि गुदी कुरो अन्यत्रै मोडियो भन्ने लाग्न सक्ला । यथार्थता भने त्यहीँभित्र ठोकिन्छ “हुँदाखानेको लागि मात्रै हो लकडाउन ?” पछिल्लो समय कोरोना नामक कोभिड १९ ले विश्व नै आक्रान्त बनिरहँदा नेपाल पनि त्यसबाट अछुतो रहन सकेनन् । जसको कारण राज्यले लकडाउनको घोषणा ग¥यो, लकडाउनका कारण लाखौं हुँदाखानेहरु प्रत्यक्ष प्रभावित हुन पुगे । जसको बारेमा कमाउनिष्ट नामक सरकार बेखबर बन्यो । जसले गर्दा हुँदाखाने र हुनेखाने बिचको खाडल पुर्नै नसकिने गरी फाट्यो । यो अवस्थामा राज्यका हिमायतीहरुले जति पनि सुविधाको प्याकेज ल्याए ति सबै हुनेखानेमै सीमित भयो ।

राज्यका हिमायतीहरुले जो जहाँ छौ, त्यहीँ बस, सबै व्यवस्थापन हुन्छ भनेर भाषण गरिरहँदा सडकमा अलपत्र परेका मजदुरहरुले एक घुट्को पानी समेत पिउन पाएनन् । यो पिडादायी दृश्यले कसको मन कुँडिदैन होला । काठमाडौंदेखि इलाम र काठमाडांैदेखि कञ्चनपुरसम्मको पैदल यात्रा, काखमा ३ महिनाको नानी, झिटिझ्याम्टा बोकेर थाकथलो खोज्दै भौतारिएका ति मजदुरहरुको आत्माले पक्कै पनि अनगिन्ती प्रश्नहरु उब्जाएको हुनुपर्छ । महलमा बस्नेहरुलाई ति बटुवाको पिडा के थाहा ? दाल र भात पनि खान पाएनन् र ? भन्न पछि पर्न नपर्ने विलासितामा रुमलिएको नेतृत्वको अगाडि गोहीको आँसुभन्दा अरु केही रहन्न ।

त्यसैले चौबाटोमा उभिएर हेर्ने हो भने प्राडो, पजेरो बिना रोकतोक हुइकिन्छन् । सर्वसाधारणले वा हुँदाखानेहरुले उपयोग गर्ने साधनमा भने लकडाउन नामकको धज्जी उडाउने काम प्रष्टै देख्न पाइन्छ । योबाट प्रष्ट हुन्छ कमाउनिष्ट सरकारले कसको पक्ष पोषण गरिरहेको छ भन्ने बारेमा चर्चा गरिराख्नु नपर्ला ।

यो गम्भीर असन्तुष्टिलाई हेर्दा हुँदाखानेहरुको अवस्था झनै भयभीत हुन पुगेको छ । तसर्थ यो सरकार सक्छौ लकडाउनलाई ‘लकडाउन’ कै परिभाषा अनुसार लागू गर । होइन भने खुकुलोको नाममा पक्ष पोषण अन्त गर भन्दै गुन्जिएका आवाजहरुको सम्बोधन हुन आवश्यक छ । तब मात्र प्रहरी मेरो साथीको सार्थकता रहला, अन्यथा… ? त्यसैले सरकारको गराई र भनाईमा आकाश जमिनको अन्तर देखिएको अहिलेको परिवेशमा सडकमा हुइकिने चिल्ला गाडीहरुले कमाउनिष्ट सरकारलाई गिज्याइरहेको प्रष्टै देखिन्छ । अर्काेतिर नेपालीहरु कति धेरै अनुशासित छन्, उनीहरुले देखाउने क्रियाकलापले प्रष्टै हुन्छ । एफोर साइजको कागजमा दुई लाइन अक्षर कोरेर लकडाउनको दुरुपयोग गर्नेको पनि ठूलै भीड देखिन्छ भने गलामा परिचय पत्रको दाम्लो झुण्ड्याएर सुरक्षाकर्मीको आँखामा धूलो छर्कनेहरुको जमातमा पनि लकडाउनका विरोधी होइनन् ? यसर्थ, यि तमाम कुकृर्तेका विरुद्ध शान्ति सुरक्षाको ठेकेदारी जिम्मा बहन गर्न विवश सुरक्षा निकायको ध्यानाकर्षण हुन आजको पहिलो आवश्यकता भएको हुँदाखाने वर्गले महसुस गरेको छ । त्यसैले लकडाउन खुकुलो पार्ने नाममा विभेद अन्त हुनुपर्ने बौद्धिक व्यक्तित्वहरुको राय रहेको छ ।

 

  • प्रहरी मेरो साथी र लकडाउन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

    एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0