Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कालाबजारियाहरु मौलाउँदै छन्, प्रहरी दरिद्र मानसिकतामा जकडिएको छ

प्रभातफेरी अनलाइन ४८२४ पटक पढिएको प्रकाशित मिति: २०७७ बैशाख ३०, मंगलबार (५ साल अघि)
कालाबजारियाहरु मौलाउँदै छन्, प्रहरी दरिद्र मानसिकतामा जकडिएको छ

                           प्रल्हाद शर्मा हुमागाई

विश्वलाई नै कोरोना नामक भाइरसले थला पारिरहेको संगीन अवस्थामा हामी पनि त्यो समस्याबाट अछुतो रहनसक्ने सम्भव नै भएन । यस किसिमको अवस्थामा कालाबजारियाहरुले ब्रह्मलुट गरिरहेको उपभोक्ताहरुको गुनासो एकातिर छ । बजारमा १४ सयमा पाउने चामल यो संकटको घडिमा १७÷१८ कतैकतै त दुई हजार सम्म लिएर कालाबजारियाहरु मौलाएका छन् । यो परिवेशमा राज्य सञ्चालकहरुको क्रियाकलाप हेर्दा नेपाली जनताले वहाँहरुबाट के अपेक्षा राख्न सक्लान् ? यो जटिल प्रश्न अहिले चैतको हुरीझैं फैलिएको छ । तिनै जनताले तिरेको करबाट जीविकोपार्जनसँगै विलासिताको जीवन बेथित गर्ने वर्गले जनतामाथि लादेको हैकमवादका बारेमा अहिले आएर प्रत्यक्ष अनुभूति गर्न पाइरहेको तथ्य हाम्रा अगाडि जगजाहेर छ ।

प्रसंग मंगलबारको हो । बिहान ८ः४५ बज्दैछ, यो पंक्तिकार बनेपा बजारमा रहेको एउटा पसलमा छिर्छ, केही सामानका लागि अनुरोध गर्छ, तत्कालै पसल मालिकले गोदाममा ल्याइदिने सहमति हुन्छ । त्यही बिचमा वर्दिधारी सुरक्षाकर्मी जसलाई नेपाली जनताको सुरक्षाको कवच भनेर सम्बोधन गरिन्छ, त्यो प्रहरी परैबाट पसल बन्द गर भन्दै नेपाली उक्ति अनुसार बध गर्न तयार गरिएको राँगोझैं भत्किलो पारामा अपशब्द प्रयोग गरिरहँदा यो पंक्तिकार स्वयं ढोकामा आएर साहुजी भित्र हुनुहुन्न, गोदाम जानुभएको छ, पसल बन्द हुन्छ भनेर भनिरहँदा अत्यन्तै अमर्यादित ढंगबाट प्रस्तुत हुनु र त्यो विवादको संवाद गोदामसम्म सुनिन पुगेपछि हतार हतार गर्दै पसलवाला आएर ढोका बन्द गर्नुहुँदै उहाँले यि दरिद्रहरुसँग किन दोहोरो संवाद गर्नुभएको ? यि मान्छेका नाउँका कलंक हुन् ।

यिनीहरुले मानवीय के हो ? बुझ्दैनन् । तपाईंले शिष्ट भाषा प्रयोग गरेर जुन सवाल गर्नुभयो, त्यो नै उनीहरुले तपाईंको कमजोरी सम्झिए, त्यसैले यिनीहरुसँग विवाद गर्नु न्यायसंगत होइन भन्दै पसलको ढोका बन्द गर्नुभयो । समग्र, बनेपा क्षेत्रकै विवेकी र बौद्धिक व्यक्तित्वका रुपमा स्थापित व्यक्तित्व हुनुहुन्थ्यो पसलवाला । उहाँले मेरो नाम नै उच्चारण गरेर यस्ता विवेक नभएका दरिद्र मानसिकता बोकेका कमिशनभन्दा अरु केही नदेख्ने प्रहरीको सेवा कस्तो होला ? यो मुलुकमा, आफैं कल्पना गर्नुस् भन्नुहुँदै घडितिर हेर्दै नौ बज्दैछ, सभ्य शब्द प्रयोग गर्दा के बिग्रिन्थ्यो ? मानिसलाई त एकपटक सम्झाउँदा भईहाल्छ नि । सधैं भन्दै हिँड्नुपर्दैन । हामी आफैं सक्षम छौं, कति बजे खोल्ने, कति बजे बन्द गर्ने । टोलमा अनाहक रुपमा हो–हल्ला निम्त्याउन आवश्यक छैन, त्यसैले यिनीहरुसँग अनावश्यक रुपमा विवाद गरेर आफैंलाई तल्लो दर्जाको नागरिकको रुपमा दर्ज नगर्नुहोला भन्नुहुँदै साहुजीको टिप्पणी थियो– यदि बाटोमा बटुवा आउँदैनन् भने हामी ढोका खोलेर बस्नुको अर्थ छ ? यदि ग्राहकले पसलको सामान किन्दैनन् भने पसल किन खोल्ने ? कम्तीमा समयसीमा तोकिएको छ, त्यो भित्र रहेर दैनिकी अगाडि बढाउने सबैको दायित्व हो ।

अनावश्यक रुपमा बाटोमा हिँड्नु, भिडभाड जम्मा गर्नु अहिलेको परिवेशमा राम्रो होइन तर केही दिनदेखि बाटोमा पाइला टेक्ने स्थान छैन । यातायातले मारी पो हाल्छ कि भनेर पहिल्यै छेउ लाग्नुपर्छ । यो अवस्था कसले सिर्जना ग¥यो ? त्यही दरिद्र मानसिकताले होइन ? यदि होइन भने दिनप्रतिदिन भाइरसको कारण नेपाल नै भयावह अवस्थामा गइरहेको छ । यो जटिल परिवेशमा खुकुलोको नाममा जुन निर्णय गरिएको छ, त्यसले कुनै दिन नेपाल नामक मुलुक थियो रे भन्ने मात्रै इतिहासमा पढ्न पाउने हुन् कि ? शंका लागेर आएको छ । त्यसैले नेपालको बर्बादी निश्चित छ, हेर्दै जानुस् धेरै दिन लाग्दैन यहि अवस्था रहिरहे । हजारौं होइन, लाखौं नेपाललीले मृत्यु रोज्नुको विकल्प छैन ।

एकातिर कालाबजारियाहरुले नेपाली नागरिकहरुलाई आलो घाउमा नुनचुक लगाइरहेका छन् । त्यसतर्फ जिम्मेवार निकायको चासो गएको पाइएको छैन । सानोभन्दा सानो सामानमा कालाबजारियाको गिद्दे दृष्टि परिरहेको छ । यो समस्या कसका लागि ? हुनेखानेका लागि कि हुँदाखाँदाका लागि ? यसरी नै खाद्यान्न, तरकारी, फलफूल लगायत दैनिक अति आवश्यक सामानमा एक पसलबाट अर्काे पसलमा मूल्यको अन्तर सहजै पाइन्छ तर त्यसतर्फ जिम्मेवार निकाय मौन छ । यही संकटको घडिमा देखा परेका नयाँ अनुहारले हुनेखानेहरुलाई असुरक्षित महसुस हुनु स्वभाविक हो । यो अवस्थासम्म पु¥याउने काम कमिशनतन्त्रको हो । कात्रोमै कमिशन चाहिनेहरुले अरु के हेर्लान् ?
सडक अहिले हुनेखानेले भरिएको छ । हुँदाखानेहरु त सधैंभरि नै दास नै हुन् । यो सबैको पछाडि मुलुक सञ्चालनको ठेक्का पाएकाहरुको भूमिका रहेको सरोकारवालाको दाबी छ ।

  • कालाबजारियाहरु मौलाउँदै छन्
  • प्रहरी दरिद्र मानसिकतामा जकडिएको छ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

    एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0