Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बालबालिकाको स्वास्थ्यमा जंकफुडले पार्ने प्रभाव

प्रभातफेरी अनलाइन ६७६६ पटक पढिएको प्रकाशित मिति: २०७७ जेष्ठ ७, बुधबार (५ साल अघि)
बालबालिकाको स्वास्थ्यमा जंकफुडले पार्ने प्रभाव

आर.एल.श्रेष्ठ
आजकाल हाम्रा बालबालिकाहरूले चकलेट, चाउचाउ, बिस्कुट, केक, कुरमुरेजस्ता जंकफुड खान रुचाउँछन् । हामी अभिभावकले माया गर्ने नाममा हिजोआज बालबालिकालाई अधिक मात्रामा घरबाहिरको खानेकुरा दिँदै आएका छौं ।

यसले हाम्रा बच्चालाई बेफाइदा गर्छ भन्ने कुरा धेरै अभिभावकले वास्ता गरेका छैनौं । माया देखाउने नाममा अभिभावकले चाहिनेभन्दा बढी लोलोपतो गरिरहेका हुन्छौं । जंकफुड तथा घरबाहिरको दुषित खानेकुराले बालबालिको शारीरिक तथा मानसिक विकासमा ठूलो असर गर्ने गरेको छ । उनीहरुको बढ्दोे उमेरका बच्चाहरूलाई पर्याप्त मात्रामा प्रोटिनको आवश्यकता पर्दछ । जस्तै कि, ३–४ वर्षको बच्चाको तौल ३० केजी छ भने झन्डै ४ गुणा ग्राम प्रोटिनको आवश्यकता पर्दछ । यसरी हेर्दा ३० केजीको बालबालिकालाई दैनिक १ सय २० ग्राम प्रोटिनको आवश्यक पर्छ ।

आजकाल बजारमा पाइने विभिन्न जंकफुडमा प्रोटिन तत्व पाइँदैन । त्यस्ता खानेकुरा धेरैजसो शरीरका लागि घातक सावित भइसकेको मैदाबाट बनाइएको हुन्छ । त्यसकारण सानैदेखि बच्चालाई कब्जियत सुरु हुनुको मुख्य कारण पनि यही हो ।

पछिल्लो समय बालबालिकामा मोटोपनले जरा गाड्दै गएको छ । मोटोपनको प्रमुख कारण पोष्टिक तत्व नभएको तर, धेरै बोसोजन्य पदार्थ खानेकुरा खानु हो । यसमा नुन पनि बढी हुने गर्दछ । जसले गर्दा कलिलो मिर्गाैलामा असर पर्न जान्छ र पछि गएर मिर्गाैलाले कामै गर्न छाड्छ । यो कारणले अहिले अधिकांश बालबालिकाहरु मिर्गाैला सम्बन्धी समस्याले ग्रसित हुँदै गएका छन् ।

अध्ययन अनुसार आजका बालबालिका १५/१६ वर्षको हुँदा नै उसको तौल ७०÷८० केजी हुने गरेको पाइन्छ । यस्ता धेरै तौल हुने बालबालिकामा डायबिटिज हुने खतरा पनि अधिक हुने गरेको चिकित्सकहरु बताउँछन् ।

गाउँमा भन्दा शहरी क्षेत्रका बालबालिकाले खाजाको रुपमा जंकफुड खाने प्रचलन धेरै देख्न सकिन्छ । यसले बच्चाहरूमा दीर्घकालीन असर पर्न जान्छ । अभिभावकहरू माया गरेर बच्चाहरूले जे माग्यो त्यही दिने गर्दछन् । त्यसको असर अहिले तत्कालै नदेखिइ पनि उमेर बढ्दै जाँदा असर देखिने गर्छ ।

पछिल्लो समय गाउँघरमा पनि जंकफुडको प्रचलन पनि ह्वात्तै बढ्दै गएको छ । उनीहरूलाई घरमा पाइने मकै, भटमास, गहुँ, गेडागुडी, रोटी, दही, दाल, भात, फापरको रोटीजस्ता खानेकुरा नदिएर अभिभावकले चाउचाउ, कुरमुरेजस्ता जंकफुड दिने गरेको पाइन्छ । यो समस्या नेपालमा मात्र नभई छिमेकी देशहरुमा पनि समस्याको रुपमा विकराल बन्दै छ ।

जंकफुडकै कारण अमेरिकामा मुटुरोग डायबिटिजजस्ता रोगबाट धेरै बालबालिका ग्रसित छन् । त्यहाँका २५ प्रतिशत बालबालिका मोटोपनको सिकार भएका छन् । त्यसको मुख्य कारण नै कुरा गलत प्रकारको खानपान हो । जहाँका बालबालिका पिज्जा, केकजस्ता जंकफुडको अधिक प्रयोग गर्दछन् । यो समस्या नेपालका बालबालिकामा पनि देखिँदै आएको छ । पोषणको काम शरीर स्वस्थ्य राख्नु हो । शरीर विकासमा पनि यसले ठूलो भूमिका खेलेको हुन्छ । घरमा पाइने खानेकुरामा पोषण तत्व धेरै पाइन्छ ।

मकै, भटमास, गहुँ, गेडागुडी, दाल, भात, रोटी, दूध, दहीबाट शरीरलाई कार्बोहाइडेट प्राप्त हुन्छ । तर, अहिलेका बालबालिकाले यी कुरा खान मन नगर्ने हुँदा उनीहरूमा कुपोषण बढ्दै गएको छ । जंकफुड खानाले स–साना बालबालिका मोटोपनको पनि सिकार भइरहेका छन् ।

२१औं शताब्दीका बालबालिकामा सेवा–सुविधा माग बढ्दै गएको छ । पहिला मानिसहरू पढ्नको लागि घन्टाँै हिँडेर जाने गर्दथे भने अहिले गाडी, मोटसाइकलमा पु¥याउने गरिन्छ । जसले गर्दा उनीहरूलाई आवश्यक पर्ने शारीरिक परिश्रमको कमी भइरहेको हुन्छ । श्रम नहुँदा उनीहरूको शरीरको तौल बढी हुने गरेको अध्ययनले देखाएको छ ।

हामी अभिभावकले घरमै बनाएको खानेकुरा नपठाई बालबालिकालाई बाहिरको खानेकुरा दिएर वा विद्यालयकै क्यान्टिनमा खानका लागि पैसा दिएर विद्यालय पढाउने गरेका छौं । विद्यालयले पनि पैसा कमाउने नाममा बालबालिकाको स्वास्थ्य बिगारिरहेको छ । विद्यालयले चिल्लो पदार्थ, चाउमिन, समोसाजस्ता स्वास्थ्यलाई असर गर्ने खानेकुरा खुवाइरहेको छ ।

अध्ययनअनुसार ८० प्रतिशतभन्दा बढी बालबालिकाले चाउचाउ, कुरमुरे, चिप्स जस्ता जंकफुड खाने गरेको पाइएको छ । परम्परागत रूपमा खाइँदै आएको मकै, भटमास, चिउराजस्ता खानेकुरा अहिलेका नयाँ पुस्ताका बालबालिकाले खानै छाडेका छन् । अभिभावकले बुझ्न जरुरी छ कि बालबालिकालाई घरको खानेकुरा बढी खुवाउनुपर्दछ र बाहिरका जंकफुड खानबाट विस्तारै बञ्चित गर्नुपर्दछ ।

पछिल्लो समय सरकारले केही विद्यालयमा न्यून आयस्रोत भएका परिवारका बालबालिकालाई दिवा खाजाको पनि व्यवस्था गरेको छ । तर, विद्यालय बालबालिकालाई पोषणयुक्त खानेकुरा खुवाउनुभन्दा पनि जंकफुड खुवाइरहेका छन् । जसले गर्दा सरकारको पैसा पनि खेर जाने र बालबालिकाको स्वास्थ्य पनि बिग्रिन गइरहेको छ ।
एकजना वयस्क मानिसले दिनमा ४ देखि ६ चम्चा चिनी खाँदा त्यसले हानि गर्दैन । तर, हामीले धेरै मात्रामा चिनीको सेवन गरिरहेका हुन्छौँ । जस्तो कि, हामीले कुनै केकको डल्लो खायौँ भने त्यो १० चम्चाभन्दा बढी चिनी खाए बराबर हुन्छ । फ्रुटी, जुसमा ८० प्रतिशत चिनी मिसिएको हुन्छ । चिसो पेय पदार्थ १ सिसीमा १० चम्चाभन्दा बढी चिनी रहेको हुन्छ ।

हाम्रो समाज परम्पराबाट आधुनिकता तर्फ अग्रसर बन्दै गइरहेको छ । पहिलाजस्तो फलामको भाँडामा पकाउने चलन अहिले छैन । रगतको कमी नहोस् भनेर सजग हुने हो भने फलामको भाडामा पकाउने गर्नुपर्दछ । जस्तो कि पे्रसर कुकरमा दाल पकाएर फलामको भाडामा खन्याएर तताउँदा पनि त्यसबाट आइरन तत्व प्राप्त हुन्छ । अमिलो अचार, कागती खाएपछि त्यसमा भएको आइरन तत्व राम्रोसँग शरीरमा पुग्छ ।

यी यावत् पक्षलाई हेर्दा बालबालिकालाई कुपोषण दुई प्रकारले हुने गर्दछ । पहिलो, शरीरमा पौष्टिक तत्व कम भएर । अर्को, खाएको पौष्टिक तत्व राम्रोसँग शरीरमा समायोजन हुन नसकेर ।
बालबालिका मोटो देखिए पनि धेरै मोटो हुनु भनेको पनि कुपोषण नै हुनु हो । यस्ता खानेकुराले शरीरमा क्यालोरी बढाउँछ र मोटोपन ल्याउँछ । अनि मोटोपनले उच्च रक्तचाप र मुटुको समस्या, मृगौलाको समस्या निम्त्याउने कुरा हामीले माथि नै भनिसकेका छौं ।

बच्चालाई जब कुपोषण हुन्छ, उसमा रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ । सानैमा शरीर कमजोर भएपछि बच्चामा बारम्बार ज्वरो आउने समस्या देखा पर्दछ र पछि गएर निमोनियाको सिकारसमेत हुने गर्दछन् । बच्चाहरूको स्वास्थ्यमा असर परेपछि उनीहरूमा नयाँ कुरा सिक्ने क्षमता पनि कम हुने गर्छ । थकित हुने, खेल्न जान नसक्ने, शारीरिक विकास नहुने तथा दिमागमा पनि असर पर्न गई समस्या सिर्जना भएको अधिकांश अभिभावकहरुको गुनासो स्वास्थ्यकर्मीसामु पोख्ने गरेको पाइन्छ ।

अध्ययन अनुसार कुपोषण भएका बालबालिकाको हड्डी कमजोर हुने गर्दछ । कुपोषित बच्चालाई बारम्बार झाडापखाला लाग्ने, निमोनियालगायत समस्या देखिने गर्दछ । यस्ता बच्चाको शरीरमा पानीको मात्रा ज्यादै न्यून रहेको हुन्छ र बच्चाहरू थप कमजोर बन्दै गएका हुन्छन् । कुपोषण भएका मानिसमा डिप्रेसन, हाइपोथर्मिया, रोग प्रतिरोधात्मक क्षमता कमी, थकान महसुस हुनेजस्ता समस्या प्रशस्तै देखिएका छन् । यो विकराल समस्याबाट उठ्नको लागि अभिभावकले आफ्ना बालबच्चाहरुलाई जंकफुडका बारेमा सुसूचित गराउनु आवश्यक छ ।

  • बालबालिकाको स्वास्थ्यमा जंकफुडले पार्ने प्रभाव
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0