Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बालबालिकाहरुप्रतिको दायित्व थपिएको छ

प्रभातफेरी अनलाइन ६५६४ पटक पढिएको प्रकाशित मिति: २०७७ जेष्ठ २१, बुधबार (३ साल अघि)
बालबालिकाहरुप्रतिको दायित्व थपिएको छ

आर.एल.श्रेष्ठ

कोरोना भाइरसका कारण बालबालिकाहरुप्रति अभिभावकको जिम्मेवारी थपिएको छ । गत वर्षको तुलनामा यो वर्ष बालबालिकाहरुमा त्यति समस्या आएको देखिँदैन । कोरोना भाइरसका कारण अहिले देश लकडाउनको अवस्था छ । बालबालिकाको स्कुल सञ्चालन हुन सकिरहेको छैन । यो अवस्था कहिलेसम्म लम्बिने हो, यकिन गर्न सक्ने अवस्था पनि छैन । यसैका बाबजुद अभिभावकहरुले बालबालिकाप्रति गम्भीर चासो राखेकै कारण तुलनात्मक रुपमा गत वर्षको दाँजोमा यो समयमा बालबालिकाहरु बिरामी भएर अस्पताल आउने समस्या नरहेको बाल विशेषज्ञहरुले बताएका छन् ।

नेपालमा केही बालबालिकामा कोरोना भाइरसबाट संक्रमित हुन पुगेको पुष्टि भएको देखिन्छ । यस्तो अवस्थामा अभिभावक झनै सचेत भई कोरानाको संक्रमणबाट बच्ने सुरक्षाका उपायहरु अवलम्बन गरिरहन जरुरी छ । लकडाउनसँगै मौसम परिवर्तन भएर गर्मी बढ्दै गएको छ । बालबालिकाको प्रतिरोधात्मक शक्ति त्यसै पनि कमजोर हुने हुँदा मौसम परिवर्तनसँगै चाँडै संक्रमण देखिने गर्छ ।

अहिले बालबालिकाहरु घर–कोठामै थन्किन बाध्य भएका कारण गत वर्षहरुझैं बाहिर घुमफिर गर्न पाएका छैनन्, जसका कारण बजारमा उपलब्ध हुने विभिन्न जंकफुड तथा खानेकुरा खान पाएका छैनन् । त्यसैले उनीहरुलाई हिजो–आजका दिनमा मौसमी समस्या लाग्नु स्वभाविक हो । मौसम परिवर्तन पश्चात बालबालिकालाई झाडापखाला, ठेउला, दादुरा तथा विभिन्न एलर्जीका समस्या देखा पर्न सक्छ । यो मौसममा औलो, मस्तिष्क ज्वरो तथा तराई क्षेत्रमा मलेरिया, डेंगु जस्ता रोगले आक्रमण गर्न सक्छ ।

झाडापखाला लाग्दा उचित ध्यान नपु¥याउँदा जलवियोजन भई समयमा उपचार भएन भने बालबालिकाको मृत्युसमेत हुनसक्छ । त्यसैले झाडापखाला लाग्दा जंकफुड खुवाउनु हुँदैन, झोलिलो खानेकुरा खुवाउने बहानामा कोक, फेन्टा, फ्रुुटी जस्ता पेय पदार्थ खुवाउनु हानिकारक सावित हुन्छ ।

लकडाउनले हामी सबै फुर्सद दिएको छ । आजकाल युट्युबको माध्यमबाट सिकेर विभिन्न परिकार बनाउँदै खाँदै गरेको पाइन्छ । तर यसले एकातिर फाइदा र समयको सदुपयोग गरे पनि उचित मात्रामा शारीरिक व्यायामको अभावका कारण बालबालिकामा मोटोपन बढ्दै गएको छ र त्यसले भविष्यमा नकारात्मक असर पार्ने बाल विशेषज्ञहरुले बताएका छन् । यस्ता विषयमा अभिभावक बढी चनाखो हुनपर्छ र बालबालिकाको खानपानमा विशेष सावधानी अपनाउनु पर्छ । यो मौसममा लामखुट्टे, झिँगा तथा अन्य किराफट्याँग्रा बढी सक्रिय हुने हँदा त्यसबाट बच्न झुलको प्रयोग तथा घरवरिपरि एवं भान्सा कोठाको सरसफाइमा ध्यान दिन जरुरी छ ।

त्यस्तै यो समयमा नवजात शिुशहरुलाई पंखा वा एसीको हावा सिधा पर्ने गरी राख्नु हुँदैन । गाउँघरतिर भए सित्तल ठाउँमा वा रुखको छहारीमुनि राख्नुपर्छ । प्रशस्त मात्रामा झोलिलो (दाल, तरकारीको रस, गेडागुडी आदि) खुवाउने गर्नुपर्छ । पानी प्रशस्त मात्रामा पिउने बानी बसाल्नुपर्छ । अझ सकेसम्म उमालेको मात्र पानी पिउने गर्नुपर्छ ।

सजिलोको लागि अभिभावकहरुले डायपर लगाउने संस्कार हाबी भएको छ । तर यसबाट बालबालिकामा पर्ने असरका बारेमा हामी अभिभावक अनविज्ञ छौं । यो लकडाउनको समयमा आफैंले घरमा तयार गरिएको कपडाको न्याप्किन प्रयोग गर्ने बानी बसाल्न सके व्यवहारिक ठहरिने छ । यो समयमा सम्भव भएसम्म आफ्नै घर छेउमा सहज रुपमा प्राप्त हुने ताजा मौसमी फलफूल खुवाउने गर्नुपर्छ । स्तनपान गर्ने बालबालबालिकालाई बारम्बार आमाको दूध खुवाउनुपर्छ । धेरै तारेको, भुटेको, मसालेदार, बासी खानेकुरा खुवाउनु हुँदैन । एकै पटक धेरै खाना नखुवाई आवश्यकता अनुसार थोरैथोरै गर्दै दिनको ४–५ पटक खुवाउँदा हुन्छ ।

ज्वरो आउँदा वा रुघाखोकी लागेमा स्थानीय जडीबुटीलाई पहिलो प्राथमिकता दिनु उपयुक्त हुन्छ । जस्तैः तुलसीको पातको रस खुवाउन सकिन्छ । कहिलेकाहीँ दहीलाई मोही बनाएर वा कागतीको रस र पानी सर्वत बनाएर खुवाउन सकिन्छ । कागतीको सेवनले रोग प्रतिरोधात्मक शक्तिमा वृद्धि गर्छ । बालबालिकालाई दैनिक वा एक दिन बिराएर नुहाइदिनुपर्छ । बेलाबेलामा साधारण मालिस गरिदिएमा रक्तसञ्चारको सन्तुलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

काँक्रो, गाँजर, मुलालाई राम्रोसँग धोइपखाली गरी सलादको रुपमा सेवन गर्ने ।   बिहान–बेलुका एक कप मनतातो पानीमा मह हालेर खुवाएमा ऊर्जा प्राप्त हुन्छ ।

  • बालबालिकाहरुप्रतिको दायित्व थपिएको छ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • गोडा सुन्निने समस्या र समाधान

    गोडा सुन्निने समस्या र समाधान

  • कोभिड र मानसिक रोगको लक्षण मिल्दोजुल्दो

    कोभिड र मानसिक रोगको लक्षण मिल्दोजुल्दो

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0