Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समस्यासंग जिउन सिक्नुनै महानता हो-रशिका

प्रभातफेरी अनलाइन १०३१४ पटक पढिएको प्रकाशित मिति: २०७७ जेष्ठ २७, मंगलबार (५ साल अघि)
समस्यासंग जिउन सिक्नुनै महानता हो-रशिका

जन्मँदाको साइत, धर्तीमा पाइला टेक्दा परिवारमा मुस्कानको सीमा रहेन ! रसुवाको साविक कालिका स्थानमा बुवा बलरामा लामिछाने तथा आमा जानुका लामिछानेको कोखबाट यो धर्तीमा पाईला राख्न सफल रशिका नाम जस्तो काम उस्तै गर्न समयले साथ दिदै आएको छ । तत्कालिन पण्डितहरुको भनाइलाई स्मरण गर्दै आमाले पटक पटक भनेको कुरा रशिका लामिछानेकोे मानसपटलमा अहिले पनि ताजै छ ।

कृषि व्यवसायिक घरानामा जन्म भयो, पुर्खौ देखिको कृषि पेसामा रमाउंदै गरेको घरपरिवारमा रशिकाको जन्म हुंदा सपरिवारमा छ्ट्टै ढंगको रौनकता छाउनाको साथै स—परिवारको सोच उनलाई शिक्षाको क्षेत्रमा अग्रसर बनाउने लक्ष सवैको एकै साथ रह्यो । त्यसमा पनि कृषक परिवारमा जन्म लिएकोले सवैकको एउटै चाहना कृषि विज्ञनै वनाउने रह्यो । अन्तत परिवार सहित नातागोताको सपना पुर्ण गराउन निरन्तर रुपमा पाइला अगाडी बढ्दै छ ।

स्कूले जीवनमा पनि सुभ चिन्तकहरुको सोचको बारेमा निकै दृडताको साथमा सोच राख्दै आफ्नो लक्ष्यलाई चुम्नको लागि कृयाशिल ढंगबाट अध्ययनलाई अगाडी बढाउन सफल हुनुभयो । जसको कारण मलाई आज उचाईमा पु¥याउने काम मेरा अग्रजहरुले चर्चा गरेको अहिले पनि स्मरणमा आउँछ । सधै परिवारको साथ र मायाको कारणले गर्दा यथार्थमै मैले अभाव झेल्नु परेन । जीवनमा यति धेरै माया पाउने सौभाग्य मैले प्राप्त गरेजस्तो लाग्छ, मेरो तुलनामा सायद कसैले पनि यति धेरै माया पाएका छैनन् होला !

म आफुलाई धेरै भाग्यमानि ठान्दछु, म आफ्ना जन्मदिने माता पिताको काखमा रमाउंदै उहाँहरुले देखाएको मार्गलाई पहिल्याई रहेको छु । यात्राकै क्रममा स्कूले जीवन अत्यन्तै सु—खद सुरुवात भएका ति पलहरु कहिल्यै भुल्न सक्दिनँ । विद्यालयमा अध्ययन गर्ने क्रममा सधै उत्कृटताको दर्जामै विद्यालय जिवन पार गर्न सफल हुनाको पहिलो कारण मेरा शुभ चिन्तककै हौसलाले गर्दा हो । “जननि जन्मभूमिश्च, स्वर्गादपि गरियसे” श्योलकमा उल्लेख भए अनुसार मेरो लागि जन्म भूमि र जन्म दिने माता पिता स्वर्ग भन्दा पनि प्यारो भएकोले यि बिषयमा बर्णन गर्न सक्ने सामर्थ मसंग अभाव भएको महसुस भएको छ ।

कृषि कर्ममा रहेको परिवारमा जन्म लिएतापनि शिक्षाको क्षेत्रमा मेरो परिवार त्यति धेरै अन्धकारमा थिएन । मेरो वाल्यकालमा मात्रै नभई यौवना अवस्था सम्म पनि घरमा मेरा जन्मदाताहरुले दुध तताएर नभई फत्काएर खुवाको मेरो मानस्पटलबाट सायद कहिल्यै निस्कदैन होला । व्यक्तिगत फाईदालाई भन्दा पनि समाजिक हितको खातिर कार्य गर्दै सामाजिक विषिष्टता हाशिल गर्ने बिषयमा मेरा अग्रजहरुले प्रदान गरेको हौसलालाई साथ लिएर अगाडी बढ्दै छु ।

यतिखेर सम्मको यात्रामा आईपुग्दा मेरा अग्रजहरुले देखाएको बाटो पहिल्याउंदै आउने क्रममा रामपुर कृषि क्याम्पसमा स्नाकोत्तर (डिग्री) सम्मको यात्रा गर्न सफल भएको छु । त्यसैले नेपाली महिला आफ्नै खुट्टामा उभिनसक्ने हुँदैनन् तबसम्म कानून बन्दैमा केही हुँदैन । जबसम्म परनिर्भरतामै गुज्रिन्छ दैनिकी, त्यसले कुनै अर्थ राख्दैन । दासत्वमै सीमित हुन्छ जीवन । नेपाली महिलाहरुलाई स्वतन्त्रताका नाममा जति नै कानून बनेर आएपनि व्यवहारमा उतार्न स्वयं महिला नै क्रियाशील हुन जरुरी छ । सधैंभरि चुलोचम्कोमै सीमित रहेर महिलाहरु स्वतन्त्र हुन सक्दैन । “हामी महिला, महिलाकै खुट्टा तान्ने काममा बढी अग्रसर भएका छौं ।” यस्ता बिषयलाई होसियारीका साथ अगाडी बढ्दै अन्त्य गर्न जरुरी छ । यदि महिला अडिग हुने हो भने महिला हिंसा आफैं न्यूनिकरण भएर जान्छ । महिला हिंसालाई मलजल गर्ने काम हामी महिलाबाटै भएको छ । जे जति विकृति विसंगतिहरु मौलाएको छ, त्यसमा भन्नैपर्दा ८० प्रतिशत हिस्सा महिलाकै कारणले हुन टेवा मिलेको छ । नेपाली महिला समाज अझै पनि पुरातन शैलीमा रुमलिएको छ । एउटी महिलाले पहिलो प्राथमिकताका रुपमा परिवारका सदस्यको आवश्यकतामा हातेमालो गर्नु अनिवार्य हुन आउँछ ।

परिवर्तनका नाममा अहिले अधिकांश महिलाहरु अपनत्व र नैतिकताको बिषयमा केही रुमलिएको जस्तो महसुस भएको छ । त्यो नेपाली महिलाको लागि पक्कै पनि सकारात्मक पक्ष होइन । आफ्ना बालबालिकालाई राम्रो संस्कार दिनु नै एउटी आमाको दायित्व हुन आउँछ । आफ्नो परिवारलाई खुशी राख्न कस्तो भूमिकामा रहनुपर्ने हो त्यसका बारेमा पूर्वज्ञान हुन जरुरी छ । जीवनमा समस्या आउँछ, दुःख नहुने कोही मानव पनि हुन्न ! समस्या आउँछ त्यसको गहिराइसम्म पुगेर चुरो कुरो पत्ता लगाउन जरुरी हुन्छ । त्यसपछि समाधानतर्फ लाग्नुपर्छ, सफलता आफैं हात लाग्छ । मानव जीवनमा आएका समस्या कुनै सहजै समाधान हुन्छन् त, कुनै हुन सक्दैन । समाधान हुन नसकेका समस्यासँग जिउन सिक्नुपर्छ । हरेक मानवको महत्वपूर्ण पक्ष भनेकै स्वस्थ जीवन हो । त्यसको पक्षमा ख्याल पु¥याउन जरुरी छ । जीवनमा जतिसुकै व्यस्तता भएता पनि प्रत्येक दिन आफ्नो स्वास्थ्यका लागि १÷२ घण्टा छुट्याउनु पर्छ । “स्वस्थ मानिसले मात्र परिवार, समाज र राष्ट्रका लागि केही योगदान पु¥याउन सक्छ ।”

आज २१औं शताब्दी प्रविधिको युग छ, यहाँ कसैले पनि कसैलाई अन्धकारमा राख्न सक्दैन । यदि कसैले त्यस्तो घमण्ड गर्छ भने त्यो मूर्खता हो । नेपाली महिलाहरु आर्थिक, सामाजिक, भौतिक रुपमा सक्षम हुने अवसरको खोजीमा जानुको विकल्प छैन । त्यसका लागि नेपाली महिलामा भएको सीपलाई बाहिर कसरी ल्याउने भन्ने बारेमा खोज अनुसन्धान हुन आवश्यक छ । नेपाली महिलामा अथाह क्षमता छ । त्यसलाई चिन्न सक्नुप¥यो र व्यवहारमा उतार्ने कोसिस गर्नसक्यो भने पनि केही मात्रामा नेपाली महिला बेरोजगारलाई राहत मिल्न सक्छ । भनिन्छ हजारौं माइलको यात्रा पनि एक पाइलाबाटै सुरु हुन्छ । हाम्रो संस्कार अचम्मको छ, समस्या पर्दा आत्तिने र सहजता हुँदा मातिने हुन्छ । कोभिड–१९ ले मानवलाई जिउन सिकाएको छ । मेरो बुझाइमा यो एउटा अवसर हो, कसरी जिउने भन्ने वातावरण सिर्जना गर्नका लागि प्रत्येक मानिसहरु संघर्षशील यात्रामा छन् । यो संकटले अवसर पनि नेपालीलाई दिएको छ ।

नयाँ पिडिलाई मेरो केही गुनासो छैन । अवसर पाइन भनेर होइन, अवसर खोज्ने हो । यहाँ धनी, गरिबका कुरा होइनन्, समानताका कुरा जोड्ने हो, श्रमका कुरा जोडिने हो । त्यसैले कुनै पनि युवाले समयको मागलाई चिन्न सक्नुप¥यो । पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने अब नेपालको प्रशासनिक क्षेत्रका लागि दक्ष जनशक्ति अभाव हुने देखेको छु । यो सबैको पछाडि राज्यको दूरदृष्टि र दीर्घकालिन सोच नपुगेको हो कि ? त्यसैलाई हेरेर युवाहरुले आफूलाई मार्ग प्रशष्त गर्न जरुरी छ । त्यसैमा मात्र पनि प्रचुर सम्भावना देखेको छु । यदि अवसर दिन्छ भने कुनै पनि नेतृत्व युवाले सम्हाल्नुपर्छ तब मात्र जिम्मेवारी र कर्तव्यबीचको संयोजन हुन सक्छ । एउटा पुरुष शिक्षित हुन्छ भने त्यो शिक्षा उसैमा मात्र सीमित हुन्छ तर एउटा महिला शिक्षित हुन्छिन् भने सिंगो परिवार, समाज र राष्ट्र शिक्षित बन्ने आधार हो । राम्रो गर्न नसके पनि नराम्रो नगरौं । यति मात्र लिन सक्यौं भने पनि महान् हुन्छौं । समाज परिवर्तनका लागि आलोचनाको सिकार हुनु नौलो होइन ! दृढ भएर कडा अठोटका साथ हिँड्न जानिएन भने पछुताउनुको विकल्प रहन्न । त्यसैले कुनै पनि व्यक्ति समस्यासँग जिउन सिक्नु नै उसको महानता हो । यति गर्न सक्यो भने पनि आफ्नो क्षेत्रमा केही रुपान्तरण देख्न सकिन्छ ।

  • समस्यासंग जिउन सिक्नुनै महानता हो-रशिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनको चौतारी सम्बन्धि थप
  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • के सिन्दुर मायाको परिचय हो ?

    के सिन्दुर मायाको परिचय हो ?

  • छाउपढी प्रथा ज्यूँका त्यूँ, सुदुरपश्चिममा महिला हिंसा चरम उत्कर्षमा छ

    छाउपढी प्रथा ज्यूँका त्यूँ, सुदुरपश्चिममा महिला हिंसा चरम उत्कर्षमा छ

  • आलोचनाले कार्यक्षेत्रप्रति अझ निखारता दिन मदत गर्दछ

    आलोचनाले कार्यक्षेत्रप्रति अझ निखारता दिन मदत गर्दछ

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0