Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आलोचनाले कार्यक्षेत्रप्रति अझ निखारता दिन मदत गर्दछ

प्रभातफेरी अनलाइन ११३४० पटक पढिएको प्रकाशित मिति: २०७७ अषाढ १६, मंगलबार (५ साल अघि)
आलोचनाले कार्यक्षेत्रप्रति अझ निखारता दिन मदत गर्दछ

संगिता आले मगर
महिला स्वास्थ्य स्वयं सेविका
गैंडाकोटा न.पा. वडा नं. १८
“तल्लो पेट दुख्छ, के गर्ने होला कान्छी ? होइन, पिसाब पो चुहिन्छ, नानीले राम्रोसँग दुध नि चुस्दैन । टाउको दुख्छ कान्छी, कम्मर दुख्छ कान्छी, मेरो नियमित रोकिएको छ कान्छी !” यस्ता अनगिन्ती वाक्यहरुले सताइरहँदा मभित्रको व्यस्तता खुशीमा परिणत हुन पुग्छ । खाँदा खाँदैको गाँस छाडेर जुठै हात कति पटक भौतारिँदै कर्म क्षेत्रमा होमिँदाको क्षणका बारेमा मसँग शब्दै छैन । यता नि कान्छी, उसो भो पनि कान्छी भनिरहँदा आफूलाई आनन्दको अनुभूति भइरहन्थ्यो । थकान सबै बिर्सिन पुग्थे । यसरी कार्यक्षेत्रमा खट्दा खट्दै आलोचनाका पनि खात लाग्ने गर्थे । म ती आलोचनालाई सकारात्मक रुपमा लिने गर्थें । किनकी मलाई आलोचनाले नै निखारता भित्र बाँधेको अनुभूति हुन्थ्यो । दृढ विश्वासका साथ कार्यक्षेत्रमा खटिरहें । जसको फल आज सबैको हाइ हाइको पात्र भएको छु । पर्दा पछाडि कसले के भन्छ, त्यो मेरो सरोकारको विषय रहन्न । मात्र प्रत्येक आमा, दिदीबहिनीको स्वस्थ जीवनको लागि समर्पित हुनु मेरो लक्ष्य हो तर कहिलेकाहिँ कुन दिनको साइतमा यो सेवा होमिएँ भन्ने हिनताबोध पनि हुन पुग्छ भन्नुहुन्छ तत्कालिन कोटथार गा.वि.स. वडा नं. ९ चर्तिकोट हालको बुलिङटार गाउँपालिकामा बुबा टेकबहादुर थापा र आमा हेमन्ती थापाको कोखबाट आजभन्दा २९औं बसन्त अगाडि यो धर्तीमा पाइला टेक्न पुग्नुभएकी महिला स्वास्थ्य स्वयं सेविका संगीता आले मगर ।

घरका कति काम बितेका हुन्छन् ! धन्न घरपरिवारले कुनै प्रतिक्रिया दिएका छैनन् । “मानो रोपेर मुरी फलाउने” चटारोमा सिंगो बस्ती लागिरहँदा आफू भने दायित्व, कर्तव्य र जिम्मेवारीको ख्याल गर्दै स्वास्थ्य चौकी हुँदै अस्पतालसम्म आमा, दिदीबहिनीसँगै हुन पुग्छु ।
बिडम्बना ! भौगोलिक बनावटले ठगिएको हाम्रो भूमिमा आजसम्म सहज रुपमा यातायातको पहुँच पुगेको छैन । जन्मँदाको साइतमा त सबैले त्यतिबेला भाग्यमानी छ भन्थे रे ! खै ! आफूलाई त विश्वास लागेन भन्नुहुन्छ स्वयं सेविका आले मगर । परिवारको कान्छो सन्तानको रुपमा सुन्दर, रमणीय भूमि कोटथार हुँदै रतनपूरसम्मको यात्रामा अत्यन्तै हौसला र उमंगमा बित्यो । बाल्यकालका बारेमा अग्रजहरुले भनेको सुन्दा आफूलाई अझै विश्वास लाग्दैन । अत्यन्तै शालिन र मेहेनती थिएँ रे । अझ गुरुहरुको भनाइअनुसार पढाइमा अब्बल थिएँ रे तर हाम्रो (मगर) समाज अहिले पनि छोरीलाई भन्दा छोराहरुलाई प्राथमिकतामा राख्ने चलन छ । अहिले पनि छोराहरुलाई सम्भव भएसम्म ब्रिटिश लाहुरे नभए इण्डियन लाहुरे हुँदै नभए नेपाल आर्मी बनाउनुपर्छ भन्ने संस्कार अझै जीवित छ । छोरीलाई भने चूलोचौकोमै सीमित हुनुपर्ने, सीमित देखियो भने व्यवहारिक मानिन्छ । ममा चेतनाको विकास भएसँगै यो संस्कारलाई स्वीकार्ने मनै थिएन ।

छोराले लिने लक्ष्य छोरीले पनि लिन सक्छ भन्ने सन्देश दिन चाहन्थें । बिडम्बना ! जीवनका यात्राहरु बढ्दै गए । मगर समाजको संस्कार अनुसार मेरा सपनाहरु सपनामै सीमित हुन पुगे । जुन उद्देश्य चुम्ने लक्ष्य थियो, ती सबै भताभुङ्ग भए र संस्कारको निरन्तरता स्वरुप वैवाहिक जीवनमा बाँधिन पुगें । विद्रोह गर्ने संस्कार छोरीसँग हुँदैन भन्ने परम्पराले मलाई आज यहाँसम्म पु¥यायो । जब जन्मघरबाट कर्मघरमा पाइला टेकेपछि मेरो समाजको यथार्थता चित्रण गर्ने अवसर मिल्यो । यहि बिचमा श्रीमान्को अनुमतिले केही सामाजिक कार्यमा खट्ने चाहनालाई सहज बनायो । निरक्षर बस्तीमा दुई÷चार अक्षर पढेकी बुहारी पाउँदा बस्ती नै प्रफुल्लित हुन पुगेको थियो । यही मौकालाई सदुपयोग गर्ने उद्देश्यसहित महिला स्वास्थ्य स्वयं सेविकाको भूमिका उपयुक्त देखें । म बाहेक अरु सक्षम पनि बनिसकेका थिएनन् । स्वास्थ्य नियमावलीभित्र रहेर हेर्दा त्यो समयसम्म । यसैलाई आफ्नो यात्राको लक्ष्य बनाई अगाडि जाने क्रममा आज सिंगो समाजको आँखाको राती गेडी बन्न पुगेको छु भन्नुहुन्छ स्वयं सेविका आले मगर ।

तर, बाहिर जति सहज छ, यो सेवाभित्र, भित्रभित्रै पिडाको जन्जिरमा बाँधिए जस्तै हुन्छ । हजारौं आमा, दिदीबहिनीका कथा, व्यथा, पिडासँग हातेमालो गर्दै अगाडि बढ्ने क्रममा नेपाली महिलाहरुको यथार्थ पिडाहरु पढ्ने अवसर पाएको छु । छोरीको घरबार किन बिग्रिन्छ ? श्रीमान् श्रीमतीबीच के कुरामा असहमति हुन्छ ? त्यसको मिलनबिन्दु के हुन सक्छ ? यावत् पक्षहरुको बारेमा पढ्ने अवसर पाएको छु, भन्नैपर्दा जन्मघरबाट कर्मघर गइन्छ तर कर्मथलोलाई निरन्तरता दिनु छोरीका लागि त्यति सहज भने छैन भन्ने पाठ सिक्ने अवसर मिलेको छ । हाम्रो समाजका बहुरुपी मानव अधिकारकर्मी हुन् या महिला सशक्तिकरणका अभियान्ता हुन्, उहाँहरुको दुई वटा रुप हुँदो रहेछ भन्ने पाठ पनि यो यात्रामा भोग्न पाएँ । त्यसैले अधिकारका कुरा कागजमा कोरिँदैमा सार्थक हुँदैन । व्यवहारमा उतार्न अझै पनि निकै संघर्षको खाँचो छ । आफ्नो प्रवेश एउटा उद्देश्य लिएर भएको थियो तर स्वयं सेवकीय माध्यमलाई साधन बनाएर फड्को पार गर्ने नै थियो तर कता–कता यसैमा बाँधिन पुगें । यसबाट माथि जाने सम्भावना नै देखिनँ । किनकी ती चह्राइरहेका घाउमा मलमपट्टि लगाउँदा खेरिको सन्तुष्टिले दायाँबायाँ हेर्नै नसक्ने बानी बसिसक्यो । त्यही भएर पनि अब यो सेवाबाट निस्कन सक्दिनँ भन्नुहुन्छ स्वयं सेविका आले मगर ।

यसैमा सन्तुष्टि मिलेको छ, मेरो संसार यहीँ छ । यसमा कसैले घुनपुतली लगाउने कोसिस गर्ने छैन भन्ने अपेक्षा राख्दछु भन्दै भावव्हिल हुन पुग्नुहुन्छ स्वयंसेविका आले मगर । जसले मलाई जिउन सिकायो, संस्कार सिकायो, दायित्व, कर्तव्य, जिम्मेवारी र नैतिकता सिकाएको छ भन्नुहुँदै उहाँको थप कथन छ– अहिले स्वतन्त्रताको नाउमा जुन किसिमको उत्श्रृंखलता भित्रिएको छ, त्यसले नेपाली महिलाको अस्तित्व समाप्त हुने हो कि भन्ने चिन्ता बढ्ने गरेको यात्राका क्रममा देखेका, भेटेका दृश्यहरुले चिन्तित बनाएको छ । अहिले प्रविधिले अपनत्व गुम्दै गएको महसुस गरेको छु । श्रीमान् श्रीमतीबीचका मनमुटाव चरम सिमामा पुगेको भेटेको छु । परिवारभित्र नैतिकता, दायित्व, कर्तव्य र जिम्मेवारी हराएको पाएको छु । मेरो अनुभवले अहिलेसम्म देखेका, भोगेका कथाव्यथा र उपलब्धी यिनै हुन् भन्नुहुन्छ स्वास्थ्य स्वयं सेविका आले मगर । समग्रमा नेपाली महिलाहरुको यथार्थ जीवनको चित्रण हुने किसिमका अभिव्यक्ति व्यक्त गर्नुभएकोमा महिला स्वास्थ्य स्वयं सेविका संगिता आले मगरप्रति हाम्रो साधुवाद छ ।

  • आलोचनाले कार्यक्षेत्रप्रति अझ निखारता दिन मदत गर्दछ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनको चौतारी सम्बन्धि थप
  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • के सिन्दुर मायाको परिचय हो ?

    के सिन्दुर मायाको परिचय हो ?

  • छाउपढी प्रथा ज्यूँका त्यूँ, सुदुरपश्चिममा महिला हिंसा चरम उत्कर्षमा छ

    छाउपढी प्रथा ज्यूँका त्यूँ, सुदुरपश्चिममा महिला हिंसा चरम उत्कर्षमा छ

  • छोरीले हिनताबोध मानसिकता त्याग्नुपर्छ

    छोरीले हिनताबोध मानसिकता त्याग्नुपर्छ

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0