Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कतै लुट कतै मानवीय सेवा, सरोकारवाला निकाय मौन

प्रभातफेरी अनलाइन ४७४२ पटक पढिएको प्रकाशित मिति: २०७७ श्रावण ६, मंगलबार (२ साल अघि)
कतै लुट कतै मानवीय सेवा, सरोकारवाला निकाय मौन

बनेपा/मुलुकले अहिले पनि लकडाउन खेपिरहेको छ । लकडाउन शुभारम्भ भएको पनि आज एक सय २० दिन बिते । यो अवधिमा प्रायः कसैलाई पनि लकडाउनको महसुस छ भने जस्तो लाग्दैन तर गरिब, असहायहरुलाई भने बाह्र महिना लकडाउन छ ।

यो बिचमा कति आपत् विपद् आए लेखाजोखा रहेन । बिरामी पर्दा सिटामोल किन्ने अवस्था समेत रहेन । यो जर्जर अवस्था पार गर्दै आउँदा राज्यले लकडाउनलाई केही खुकुलो पारेको संकेत ग¥यो । त्यही खुकुलोलाई मानवीय सेवामा लगाए, कसैले कमाउ धन्दाको अवसरको रुपमा लिए ।

जे भए पनि चह्राएको घाउमा मलमपट्टि लगाउने काम भयो तर मानवीय भावना भने रहेन । यात्रामा सवार विहावर निवासी धरणीधर सापकोटाको कथन छ– २५÷३० लाख पर्ने सवारी साधनकै भाडा लिन्छन् रिक्साहरु पनि । त्यति मात्र कहाँ हो र ! २÷३ सिटमा ७ जना समेत कोचेर लान्छन् । मुख त्यस्तै छुच्चो छ, व्यवहार त्यस्तै दुष्ट छ । धन्य ! छ नेपालीजन । जे पनि सहनुपर्ने भन्दै गुनासो पोख्न पुग्नुहुन्छ ।

आफ्नो जीवनको लामो समयदेखि यातायातको सेवामा समर्पित हुँदै आएको बताउनुहुने राजाराम महर्जनको तर्क भने नितान्त फरक छ । यो संकटको घडीमा अत्याधुनिक भ्यान मार्फत् सेवा दिँदै आएको स्मरण गर्दै गाडिमा सेनिटाइजर, मास्क देखि निर्मलीकरण सम्मको सेवा सहित यात्रुको सेवामा समर्पित भएको बताउनुहुन्छ । त्यति मात्र होइन, ७०/७५ वर्ष माथिका वृद्धवृद्धाहरुलाई निःशुल्क सेवा समेत दिने गरेको व्यवसायी महर्जनको तर्क छ ।

किन नी ? ई–रिक्साको यस्तो व्यवहार छ ! तपाईं भने पूरै मानवीय सेवामा भन्न नपाउँदै महर्जन थप्छन्– जसको विवेकमा जति छ, त्यति नै गर्छ । यस्तो संकटको घडीमा सेवाको नाममा लुट्नु नै पर्छ ? मेरो भनाइ सुन्नुहुन्छ भने त्यो सरासर लुट हो । यस किसिमको आपत विपद्का बेला सहयोग गर्नु कता हो कता, लुट्ने किसिमले प्रस्तुत हुनु न्याय संगत होइन भन्ने लाग्छ । यस किसिमका गतिविधिका बारेमा सम्बन्धित निकायले चासो राखेर गलत क्रियाकलाप गर्नेहरुलाई कारवाही गर्नुपर्ने हो । कि उहाँहरुको कानसम्म यस्ता कुरा पुग्दैनन् कि वास्ता नगरेको हो खै बुझ्न सकिएन भन्नुहुन्छ महर्जन ।

महर्जनको थप कथन थियो– यो क्षेत्रमा मात्रै होइन, जताततै यस्तै छ । अझ बढी त बोर्डिङ्ग स्कूलले गरेको छ भन्छन् पेसेन्जरहरु । गाडिमा उनीहरुको कुरा सुन्दा अचम्म लाग्छ । उहिले–उहिले भन्ने गर्नुहुन्थ्यो बाआमाले निराजुको मुलुक होइन नि ! मलाई ति शब्दको याद आएको छ, यो बेथिति देख्दा । यो अस्तव्यस्त अवस्थालाई कसरी लिनुभएको छ त ? भन्ने सवालमा महर्जनको तर्क छ– खै ! मैले कसरी लिएको छु भन्दा नि ! ठूलाबडाले बुझ्नुपर्ने कुरा हो ।

आफ्ना जनतालाई कसरी सुविधा दिने भनेर ! मैले त के भनौं ? तपाईंको विचारमा यो समस्या कसरी आयो जस्तो लाग्छ ? खै ! म जान्दिनँ, त्यो ति नै नेताहरुलाई थाहा छ ! कसरी ल्यायो ? जे भएपनि हामीलाई काम गरेर खान दिनुप¥यो । दुःखको बेलामा झन् दुःखको अवस्था आउन दिनुभएन । यसरी महंगी बढ्न दिनुभएन । यस्तै त हो नि हामीले भन्ने कुरा । के के गर्ने हो माथिकै मान्छेले गर्छन् । हामीले भनेर केही हुन्न भन्दै दुखेसो व्यक्त गर्नुहुन्छ महर्जन ।

  • कतै लुट कतै मानवीय सेवा
  • सरोकारवाला निकाय मौन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0