Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महिनावारी निराकरणका १३ विकल्प

प्रभातफेरी अनलाइन ४९८९ पटक पढिएको प्रकाशित मिति: २०७७ श्रावण २७, मंगलबार (५ साल अघि)
महिनावारी निराकरणका १३ विकल्प

आर.एल.श्रेष्ठ
प्राकृतिक रुपमा महिलाहरुमा देखापर्ने रजस्वला वा महिनावारी प्रक्रिया एक पूर्णताको संकेत पनि हो । जसले महिलाहरुलाई सन्तान उत्पादनका लागि आवश्यक पर्ने एस्ट्रोजन हर्माेनको सुरुवाती संकेत हो भन्ने बुझाउँछ । युरोपेली मुलुकहरुमा जब आफ्ना छोरीमा रजस्वला हुन्छ उनीहरु खुशीयाली मनाउँद छन् । किनकी छोरीले परिपक्वता हासिल गरेको खुशीयालीमा गरिने एक किसिमको मनोरञ्जनका रुपमा पनि परिभाषित गरिन्छ । तर पूर्वीय दर्शन अन्तर्गत नेपालमा भने अलि फरक प्रकृतिबाट यसका बारेमा चर्चा हुँदै आएको छ । पछिल्लो पिढीले यसलाई विज्ञानसम्वत् रुपमा लिएको पाइन्छ । सोही क्रममा जीवनको उत्तरार्धमा हुने एउटा प्रक्रिया हो महिनावारी सुक्नु । यसका बारेमा चिकित्सा विज्ञानले बताएअनुसार लगातार १२ महिनाको अवधिमा १ पटक पनि महिनावारी भएको देखिँदैन, तब महिनावारी बन्द भएछ भन्ने बुझ्नुपर्छ ।

विशेषतः यो प्रक्रियालाई प्राकृतिक रुप दिएता पनि सर्जरी, रेडिएसन थेरापी अथवा केमोथेरापी जस्ता उपचारहरुको कारणले तलमाथि हुनसक्छ । महिलाहरुमा विशेषतः खानपान, रहनसहनले केही तलमाथि पार्छ । जसअन्तर्गत चित्किसा विज्ञानले प्रमाणित गरेअनुसार महिलाको औसत उमेर ४५ देखि ५५ सम्म तोकिएको छ ।

यो अवस्थामा महिलाहरुमा असामान्य किसिमका प्रतिक्रियाहरु देखा पर्दछन् । जसको कारण महिलाहरुमा मनोवैज्ञानिक असरहरु देखिन्छ । त्यसैले महिनावारी सुक्ने कारणहरुका बारेमा सामान्य जानकारी हुन उपयुक्त मानिन्छ । यति भयो भने पनि मनोवैज्ञानिक कारणले सिर्जना हुने नैराश्यताहरुको अन्त्य हुनेछ ।

किशोरीहरुमा विभिन्न किसिमका हर्माेनहरु उत्पादन हुने क्रममा एस्ट्रोजन नामक हर्मोन पनि उत्पादन हुन्छ । जसले यो सृष्टिलाई निरन्तरता दिने काम गरेको छ । यो यस्तो हर्मोन हो, जुन महिलाको डिम्बासयले उत्पादन गर्छ । जुन हर्माेनको कारण किशोरीहरुमा शक्तिको पूर्णता पनि देखाउँदछ । साथै उमेर बढेसँगै एस्ट्रोजनको उत्पादनमा विस्तारै कमी हुँदै जान्छ र महिनावारी सुक्ने लक्षणहरु क्रमशः देखा पर्न थाल्छन् ।

यसका लक्षणहरु पीडादायक हुन सक्छन् । तर प्रायः समयको साथै सुधार हुँदै जान्छ ।

लक्षण

– महिनावारी चक्रमा परिर्वतन

– निद्रामा समस्या

– उर्जामा (जाँगर/आलस्यता) परिवर्तन आउनु

– शरीर तात्ने, गर्मी महसुस हुने र पसिना आउने

– टाउको दुख्ने

– चिन्तित हुने

– योनीमा सुख्खापन

– यौन इच्छामा कमी हुने, सहवास गरेमा पीडादायी हुने

– छाला र कपालमा सुख्खापन

समाधान
– पसिना सोस्ने सुतीको खुकुलो सजिलो कपडा लगाउने ।

– कोठा र शरीरलाई शीतल बनाएर राख्ने ।

– गर्मीमा हलुका खाना खाने ।

– हरेक दिन कम्तीमा ३० मिनेट व्यायाम गर्ने ।

– तनाव घटाउने, आराम गर्ने, योग, ध्यान गर्ने ।

– नियमित एउटै समयमा सुत्ने र उठ्ने ।

– संयमता कायम राख्न मनपर्ने सामाजिक, परिवारिक गतिविधिहरुमा सहभागी हुने ।

– आवश्यक परेमा चिकित्सकसँग एवं मनोविज्ञसँग परामर्श सेवा लिने ।

– छाला÷कपाल धेरै सुख्खा भए, स्वास्थ्यकर्मीसँग सल्लाह गर्ने ।

– योनीको सुख्खापन वा यौन समस्या समाधानका लागि सम्बन्धित चिकित्सकसँग सल्लाह लिने ।

– महिलाले प्रत्येक महिना स्वयं स्तन जाँच गर्नुपर्छ । जसले समयमै स्तन क्यान्सरजस्ता डरलाग्दा समस्या पत्ता लगाउन मद्दत गर्छ ।

– ३० वर्ष पुगिसकेका महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गर्नुपर्छ ।

– क्याल्सियमको मात्रा पनि समय–समयमा हेर्नुपर्छ किनभने उमेर बढेसँगै क्याल्सियमको मात्रा कम हुँदै जान्छ र हड्डी कमजोर बनाउँछ ।

तसर्थ सामान्यतयाः अध्ययनअनुसार यी कुराहरुको ज्ञान लिन सके मात्रै पनि स्वस्थ जीवन जिउनका लागि उपयुक्त हुने चिकित्सकहरुले बताएका छन् । साथै पानी शरीरको आवश्यकतानुसार पिउनु नै बुद्धिमानी हुन्छ ।

  • महिनावारी निराकरणका १३ विकल्प
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0