Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्यको लागि कुखुराको अण्डा कति उपयुक्त ?

प्रभातफेरी अनलाइन ८५५१ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र २, मंगलबार (२ साल अघि)
स्वास्थ्यको लागि कुखुराको अण्डा कति उपयुक्त ?

आर.एल.श्रेष्ठ
आज समाजमा दैनिकी उपभोग्य खानेकुरामध्ये कुखुराको अण्डा सामान्य भएको छ । यसभित्र रहेका स्वास्थ्यवर्दक गुणहरुको कारण दिनप्रतिदिन यसको माग बढ्दै गएको छ । सोही बमोजिम उपभोग पनि असन्तुलित ढंगबाट हुँदै आएको छ । त्यसैले यसको उपयोगिता बारे केही कुराहरु राख्ने जमर्काे गरेको छु ।

अध्ययनअनुसार चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिने गरेका छन् । यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ । आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ । बेलायतका डाइटिसियन डा. फ्र्यांकी फिलिप्सका अनुसार एक दिनमा एक या दुइ अण्डामात्र खान सकिन्छ । उहाँका अनुसार ‘धेरै अण्डा खाँदा डराउनुपर्दैन । तर के ध्यान दिनुस् भने कुनै पनि खानेकुरा बढी खानु भनेको अरु खानेकुुराबाट प्राप्त हुने पोषकतत्वबाट बञ्चित हुनु हो ।’

चिकित्सा विज्ञानअनुसार दैनिक भोजनमा अन्य खालका प्रोटीन पनि हुन्छन् । खानामा आवश्यकभन्दा दुई या तीन गुणा बढी प्रोटीनको उपभोगले मिर्गौलामा खराब असर गर्ने डर हुन्छ । त्यसैले अण्डामा कोलेस्टेरोल हुन्छ भन्ने प्रमाणित भएपछि ब्रिटिश हार्ट फाउण्डेसनले गरेको अनुसन्धानमा उल्लेख भएअनुसार हप्तामा तीनवटा अण्डामात्र खाने सल्लाह दिएको थियो । नेशनल हेल्थ सर्भिसका अनुसार अण्डामा केही कोलेस्ट्रोरोल त हुन्छ तर हाम्रो रगतमा पाइने कोलेस्टेरोलभन्दा कम हुन्छ । अर्को हिसाबले भन्ने हो भने अण्डामा पाइने कोलेस्टेरोल ठूलो समस्या होइन तर स्याचुरेटेड फ्याट बनेको कोलेस्टेरोल चाहिँ मानवको लागि ठूलो समस्या हो ।

मुटुसम्बन्धी बेलायती संस्थाका अनुसार एउटा अण्डामा ४.६ ग्राम अर्थात् एक चम्चा बोसो हुन्छ । तर यसको एक चौथाई भागमात्र स्याचुरेटेड हुन्छ । यसको मतलब अण्डाकै कारण शरीरको कोलेस्टेरोलमा ठूलो असर भने पर्दैन तर अण्डासँग मख्खन या क्रिम खानाले अर्को नतिजा भने पक्कै निस्किन्छ ।

एक अध्ययनअनुसार बेलायतका पूर्व स्वास्थ्यमन्त्री एडिविना कुरील सन् १९८८ को डिसेम्बरमा बेलायतमा उत्पादन भएका अधिकांश अण्डामा साल्मोनेला ब्याक्टेरिया हुने बताएकी थिइन् । यो ब्याक्टेरिया स्वास्थ्यका लागि खतरनाक मानिन्छ । स्वास्थ्यमन्त्रीको यो भनाईपछि त्यतिबेला बेलायतमा निकै हलचल मच्चिएको थियो । केही समयपछि एडविनाले राजीनामा नै दिनुपरेको थियो । तर साल्मोनेलाको मामलामा बेलायतको अण्डा आजकाल विश्वकै सुरक्षित मानिन्छ । बेलायती बजारमा पाइने अण्डामा लायन चिन्ह छ भने त्यसको अर्थ कुखुरालाई साल्मोनेलाबाट बच्ने इन्जेक्सन दिइसकिएको छ । यसले गर्भवती र बच्चाका लागि सुरक्षित रहेको घोषणा विश्व स्वास्थ्य संगठनले गरेको छ ।

विशेषज्ञ भन्छन्, अण्डामा खतरनाक ब्याक्टेरियाको खतरा निकै कम हुन्छ, यसैले यसको सेवनका लागि डराउनु भने पर्दैन । डाइटिसियनका अनुसार अण्डा खानुछ भने सादा तरिकाले उमालेर खानुपर्छ । अमलेट बनाइएको या फ्राइ गरिएको अण्डामा कोलेस्टेरोलको मात्रा बढ्छ ।

हामीले अण्डाको बोक्रा चर्किएको छ भने त्यस्तो अण्डा किन्नुहुँदैंन । किनभने त्यसमा ब्याक्टेरिया हुने खतरा हुन्छ । यसलाई सुरक्षित ढंगबाट ढाकेर राख्नुपर्छ । अण्डाको सेतो भागलाई बट्टामा राखेर तीन हप्तासम्म फ्रिजमा राख्न सकिन्छ भने पहेंलो भागलाई तीन दिनसम्म राख्न सकिन्छ ।

अत्यन्तै ध्यान पु¥याउनुपर्ने पक्ष भनेको अण्डा ताजा हो कि होइन भन्ने जान्न एउटा कचौरामा चिसो पानी लिनुपर्छ । त्यसमा अण्डा हाल्नुपर्छ । यदि अण्डा डुब्छ भने त्यो ताजा हो, डुब्दैन भने त्यो ताजा होइन । कुखुराले अण्डा पारेको दिनदेखि २८ दिनसम्म खान योग्य हुन्छ ।

अध्ययन अनुसार केही व्यक्तिलाई अण्डाको एलर्जी हुन्छ । खासगरी ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई यस्तो समस्या हुन्छ । मुख वरिपरी रातो हुनु या सुन्निनु, पेट दुख्ने, बान्ता हुने जस्ता अण्डाको एलर्जीका लक्षण हुन् । यसले ज्यान लिने खालको नभएपनि एलर्जी भए तत्काल डाक्टरको सल्लाह लिनुपर्छ । चिकित्साका अनुसार एलर्जी नभएका व्यक्तिले कुनै पनि प्रकारले अण्डा खान सक्छन् । तर अण्डा कसरी बनाउने भन्नेमा पनि ध्यान दिनुपर्ने सोसँग सरोकार राख्ने विज्ञहरुको सुझाव छ । यदि हामीले सामान्यतयाः यति मात्र विधि अपनाउन सक्यौं भने कुखुराको अण्डा सहज रुपमा उपयोग गर्न सक्छौं ।

  • स्वास्थ्यको लागि कुखुराको अण्डा कति उपयुक्त ?
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • गोडा सुन्निने समस्या र समाधान

    गोडा सुन्निने समस्या र समाधान

  • कोभिड र मानसिक रोगको लक्षण मिल्दोजुल्दो

    कोभिड र मानसिक रोगको लक्षण मिल्दोजुल्दो

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0