Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राष्ट्रपतिको ओजस्वी

प्रभातफेरी अनलाइन १२८६९ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ३, बुधबार (५ साल अघि)
राष्ट्रपतिको ओजस्वी

सुभद्रा दाहाल
नेपाली जनताले इतिहासको कालखण्डमा लामा संघर्ष गरेर ल्याएको अर्थात् अर्काे शब्दमा भन्नुपर्दा आम नेपाल जनताको ठूलो संघर्ष र बलिदान स्वरुप ज्यान बलि चढाई ल्याएको आजको नेपालको लोकतन्त्र कमजोर बनिरहेछ दिनानुदिन । सत्तामा पुग्ने सत्ताधारीहरु पनि हिजो त्यही संघर्षमा होमिन पुगेका थिए । उनीहरुको पनि ठूलो हात थियो, जसरी आम नेपालीले उनीहरुलाई साथ दिएर राजसंस्था हट्न पुगी लोकतन्त्रको वृक्षारोपण भयो । आम जनता खुशी भए केही परिवर्तन होला भन्ने आशामा, उता नेताहरु पनि आफ्नो दौरान पूरा भएकोमा खुशी थिए ।

राजसंस्था खारेज भयो । उनीहरु नै सत्तामा पुगी शासन गर्न थाले । समयको माग अर्कै थियो तर उनीहरुले बुझेर पनि बुझ पचाएझैं मेरो गोरुको बाह्रै टक्का भनेझैं आफ्नै तालले शासन गर्न थाले । आम नेपाली जनताको इच्छा र चाहनाको ख्याल गरेनन् । लोकतन्त्रको दुरुपयोग हुँदै गयो । हिजो आन्दोलनमा कयौं लामा संघर्ष गरी आफ्नो अधिकारको लागि लडेका नेपालीको कुनै चासो पनि छोडेका छन् नेतृत्वकर्मी र सरकार पक्ष । आफू रदा सत्तामा लिप्त भई टिकिरहनुपर्ने, आफ्नो मात्र वर्चस्व होस् भन्ने ठान्नु मात्र उनीहरुको स्वार्थ रह्यो । जनतालाई सेवा–सुविधा प्रदान गर्नु त कता कता उल्टै अनेकौं उच्च कर समेतको बोझ थपी सर्वसाधारण जालोमा जेलिएझैं जेलिन पुगका छन् । सरकार र नेतृत्व वर्ग भने अमूर्त भई सत्ता तानातान वा लुडाचुँडीमा व्यस्त भइरहेछन् । सदा सर्वदा आफैं सत्तामा टिकिरहनुपर्ने, एउटै व्यक्ति धेरै पदमा अट्नुपर्ने जसता लालचमा ¥याल काढेर आसिन भइरहेका छन् । विकासका नाममा बाटोघाटो बनाउने निहुँमा जताततै डोजर वा जनश्रमदानबाट गाउँबस्तीमा बाटो त बनाए तर ति बाटाहरु पेलेर मात्र छोडिदिँदा जतातौ बाधा, अड्चन भई पहिरो जाने, बालीनाली नष्ट हुने साथै पहिरोबाट क्षति बढ्दै गएको छ । उता सत्ताधारी र नेतृत्व वर्ग आफ्नै कुर्सीको होडबाजीमा व्यस्त छन् भने विपक्षी वर्गमा रहनेहरु पनि विरोध गर्नमा नै व्यस्त देखिन्छन् । देश दिनदिनै रुग्ण बनिरहेछ । विकासका नाममा आएका बजेट राम्रो कार्यान्वयन हुन नसक्दा विकास ठप्प भइरहेछ । ठूला चर्का भाषण र प्रतिबद्धता ढोंगी आदर्शमा सीमित बन्न पुगेका छन् । सरकारलाई केवल कुर्सीको मात्र लालचा रहेको छ ।

एकातिर दलदलको यस्तो निकृष्ट अभिलाषा देखिन्छ भने अर्कातिर राष्ट्रपति जस्तो गरिमामय संस्था राजनीतिक फोहरी फोहरी खेलमा मुछेर त्यसको बेइज्जत गरिँदै छ । विभिन्न दल र नेताको विचार अनुसार राष्ट्रपति चल्दैछिन् । किन उनलाई महसुस छैन, “म यो देशको राष्ट्रपति हुँ, म सबैको साझा हुँ, मैले कसैको कुरा अनुसार चल्ने चलाउने नभई म त एउटा शासन सञ्चालनको बिना अधिकारको तटस्थ व्यक्तित्व हुँ,” भन्ने कुरा । अर्कातिर दलदलका शीर्ष नेताहरुको पनि कुरा मिलाउने माध्यम राष्ट्रपतिलाई बनाइरहेछन् । फरक–फरक समय दलीय नेताहरुलाई बोलाई सम्पर्क गरी सभा गर्ने राष्ट्रपति कार्यालय दलको सचिवालय वा सभा हल बन्नु के राम्रो कुरो हो ? त्यतिमात्र नभएर व्यापारीसँग पनि उनको भेट दिनु, यस किसिमका कुराले कस्तो सन्देश पुग्दछ नेपाली जनतामा किन विचार विमर्श छैन उनलाई । यी सबैकुरा आम नेपाली जनतामा छर्लङ्ग भइसक्यो । त्यसैले यो बुझ्नुपर्छ र बुझेका पनि छन् नेपालीले “राष्ट्रपति संस्था यस्तो हुनुपर्छ जो कुनै पार्टी वा व्यक्ति व्यक्तिबाट चलाइने हैन, यो त विशुद्ध नेपालको गरिमामय पवित्र संस्था हुनुपर्छ ।” यो आम नेपालीको भनाइ हो । हो, यही नहुँदा राष्ट्रपति आज विवादमा मुछिरहेकी छिन् । अर्काे पनि कुरा राष्ट्रपति स्वयं किन सोच्दिनन्, उनले राजनीति गर्ने थलो राष्ट्रपति भवन हैन, यदि राजनीति गर्नु नै थियो भने त किन ‘राष्ट्रपति’ बन्दा इन्कार गर्न सकिनन् ? उनी दलभित्रै बसेर राजनीति गर्नुपर्दथ्यो । यो आम नेपालीको भनाई हो । उनले पार्टीका नेताहरुलाई बेलाबेलामा बारबार भेटिरहनुले देशलाई एकातिर खण्डित बनाउँछ भने अर्कातिर दलीय विभाजनमा बल नपुग्ला भन्न सकिन्न । अर्कातिर राष्ट्रपति जस्तो ओजस्वी पदमा गरिमा घट्न जानेछ । यस विषयमा नेपालीहरु चिन्तित छन् । पार्टीभित्रका झगडाहरु राष्ट्रपतिकहाँ सुल्झाउने थलो हो र ? यो समस्या त आन्तरिक रुपमा दलभित्रै समाधान हुनुपर्दछ । किन सोच्दैनन् नेताहरु ! के कहिँ कतै संविधानमा उल्लेख भए संविधानको धारा कतिमा हो ? उनी त राष्ट्रको सिंगो प्रतिक भई सवा तीन करोड नेपालीको माझमा उभिन सक्नुपर्दछ । यहाँ अहिले गल्ती मात्र हैन, बेइज्जत भइरहेछ ‘राष्ट्रपति संस्था’ आज ।

देश अहिले रोग, भोक र शोकमा डुबिरहेछ । सरकार भने आफ्नै लुछाचुँडी र मोजमस्तीमा छ । मैले रोमको इतिहास पढ्दा पढ्दै याद आएको कुरा सम्झेँ । “प्राचिन इतिहासमा रोममा आगलागी हुँदा रोमका राजा लुई सोह्रौं नाचगानमा मस्त थिए रे” ठिक त्यस्तै भइरहेछ आज हाम्रो देशमा । हाम्रा प्रधानमन्त्रीज्यू यत्रो राज्यको जिम्मेवारी लिएको मान्छे आन्तरिक आफ्नै पार्टी मिलाउन सकेका छैनन् के यो सन्देश राम्रो हो त ? अर्कातिर लिपुधुरा, कालापानीको समस्या चर्किरहेछ । अर्काेतिर कोरोना जस्तो रोगबाट आक्रान्त बनेको बेलामा राजनेता जनतालाई बोली, वचन र सक्दो राहतको मलहम लगाउनुको साटो बेवास्ता गर्दै आफ्नै स्वार्थमा डुबिरहेछन् ? किन विज्ञहरुसँग सल्लाह लिँदैनन् ? आफ्नै मात्र कुरा राख्ने उनको जिद्धिपनाले देशलाई कसरी निकास होला ? चर्का भाषण र मीठा आश्वासनले मात्र व्यवहार चल्दैन के कुरा आम नेपालीले बुझिसके । यदि फेरि हिजोझैं नेपाली जनता उर्ले भने हिजो ज्ञानेन्द्र सरकारको गति झंै नहोला भन्न सकिन्न । त्यसैले अब राजनेताले सोच्ने बेला सोचेनन् भने फेरि भोलि देशमा दुर्घटना निम्तिन सक्नेछ ।

उता राष्ट्रपति पद कसैको चाकडीको प्रतिक, तानाशाहिकी प्रतिक नहुन् । यो कुरा लामो नगरौं । करौडौंको कार्पेटमा मुछिएर भन्नु परेको हो, यो भनाइ आम नेपालीको भनाई हो । अन्य देशका प्रधानमन्त्री, राष्ट्रपति सामान्य जीवनयापन गर्छन् । हिजो हामीले ओबामाकै व्यवहार थाह पायौं । हाम्रा भने हिजोका राजा महाराजाभन्दा ठूला ठान्ने प्रवृत्ति सामन्ती प्रवृतिले हालीमुहाली देखिन्छन् । तसर्थ यस्ता विचारहरु जबसम्म हट्दैनन्, तबसम्म देश अघि बढ्न सक्दैन । त्यसैले राज्य व्यवस्था सञ्चालन गर्नेहरु सच्चा देशभक्त र स्वाभिमान भई जनताका इच्छाअनुसार राज्य सञ्चालन गर्नुपर्दछ लोकतन्त्रमा । उनीहरु सुध्रिनै पर्छ । नत्र नेपाली जनता चुप लागेर बस्ने छैनन् । तसर्थ, नेपाल राष्ट्रको इज्जत, राष्ट्रपति संस्थाको इज्जत र गरिमा बढाउन स्वाभिमान, तटस्थ, ओजस्वी राष्ट्रपति र देशभक्त, त्यागी, लोकप्रिय नेतृत्व चाहिन्छ कोहि कसैको हातको खेलौना, गोटी बन्ने होइन ।

 

  • राष्ट्रपतिको ओजस्वी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

    एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0