Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्य संस्थालाई रोबोट हस्तान्तरण गर्दै रिकास्ट

प्रभातफेरी अनलाइन ५३२७ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ९, मंगलबार (५ साल अघि)
स्वास्थ्य संस्थालाई रोबोट हस्तान्तरण गर्दै रिकास्ट

काठमाडौं/संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यू.एन.डी.पी) नेपालले र व्यवहारिक बिज्ञान तथा प्रबिधि अनुसन्धान केन्द्र (रिकास्ट) ले गत सोमबार ७ ओटा रोबोटको विकास गरी किष्ट मेडिकल कलेज र टिचिंग अस्पताललाई सिस्टर रोबोट हस्तान्तरण गरेको छ । यूएनडीपी नेपालले यूएनडीपी एक्सेलेटर ल्याबमार्फत वित्तीय सहयोग प्रदान गरेको छ । जसले स्थानीय उत्पादनहरू, स्थानीय स्रोतहरू, घरेलु समाधानहरू र युवा टेक्नोप्रेनरलाई बढावा दिएर तीनवटा सिस्टर रोबोट बनाउनको लागि आर्थिक सहयोग गरेको हो । रिकास्टले ५ ओटा रोबोट निर्माण गर्न चार लाख ३० हजार आर्थिक सहयोगमा रोबोट तयार भएका हुन् । यसअघि सिस्टर रोबोटको निर्माण पश्चात त्यस रोबोटलाई टेकु अस्पताल, हेटौडा प्रादेशिक अस्पताल, ए.पी.एफ अस्पताल, बुटवल धागो कारखानामा हस्तान्तरण गरिसकेको छ ।

रोबोटिक्स एसोसिएसन अफ नेपाल (¥यान), कान्तिबिर, ओज्टेक तथा रोबोनट्सले चैत्र ३० मा खाना तथा औषधि बोक्ने रोबोट–सिस्टर रोबोटको पहिलो परीक्षण शिक्षण अस्पताल, महाराजगञ्जमा सफलतापूर्वक सम्पन्न गरेको थियो । सिस्टर रोबोट ३००–५०० मिटरसम्म ट्रान्समिटरको सहयोगमा आइसोलेसन वार्ड तथा सघन उपचार कक्षमा सञ्चालन गर्न सकिनेछ । यस रोबोटमा जडित क्यामराले कोरोना बिरामीको स्वास्थ्य अवस्था निरीक्षण गर्न सकिनेछ, कोभिड–१९ संक्रमित बिरामीहरूले आफ्नो हातलाई रोबोटमा जडित स्वचालित यन्त्रको माध्यमबाट सफा गर्न सक्नेछन् । साथसाथै यसमा राखिएको ट्याब्लेटको सहायताले नर्स तथा स्वास्थ्यकर्मीसँग कुरा गर्न सक्नेछन् र फोहोर व्यवस्थापनका निमित्त रोबोटमा राखिएको डस्टबिनको प्रयोग गर्न सकिन्छ ।

विकासकर्ता टोलीले हेटौँडा प्रादेशिक अस्पतालमा आफ्नो पहिलो सिस्टर रोबोट बागमती प्रदेशका माननीय मुख्यमन्त्री श्री डोरमणि पौडेललाई हस्तान्तरण गरिसकेको छ । पहिलो सिस्टर रोबोटको निर्माणको लागि नेपाल इन्जिनियर्स एसोसिएसनले आर्थिक सहयोग गरेको थियो । त्यस्तै दोश्रो सिस्टर रोबोट सशस्त्र प्रहरी बल विशेष अस्पताललाई २ लाख मूल्यमा बेचिएको थियो जसमा व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) को रु. ८६ हजार पाँच सय आर्थिक सहयोग रहेको थियो ।

रोबोनट्स समुहका पृथ्वी चौधरीले रोबोट कसरी सञ्चालन गर्ने र हरेक बेडमा खाना तथा औषधिहरू कसरी ढुवानी गर्ने भन्ने बारेमा एक डेमो प्रस्तुति दिएका थिए । ओज्टेकका रिचन जोशीले फष्र्ट पर्सन भ्यू (एफ.पी.भी) सेटको साथ रोबोट कसरी प्रयोग गर्ने, यसलाई कसरी सजिलैसँग नियन्त्रण गर्न सकिन्छ र कसरी स्वास्थ्यकर्मीहरूले यसलाई खाना तथा औषधि वितरणमा सञ्चालन गर्न सक्षम हुनसक्छन् भन्ने बारेमा नर्सहरूलाई विस्तृत जानकारी गराएको थियो । एफ.पी.भी सेटको सहायताले रोबोट चालकले रोबोटको नजरबाट रोबोट कसरी गुडिरहेको छ भन्ने जानकारी रोबोटमा राखिएको क्यामेराको दृश्य सहित हेर्न सक्छन् ।

पंकज जपरेलले सफलतापूर्वक रोबोटलाई आइसोलेसन वार्डमा चलाए पश्चात रोबोटले कसरी स्वचालित रूपमा आफ्नो तथा बिरामीको सरसफाइ गर्न सक्छ र बिरामी र स्वास्थ्यकर्मीहरू बिच संवाद कसरी गर्न सकिन्छ भन्ने विषयमा स्वास्थ्यकर्मीहरूका सुझाव तथा रोबोटको काम सम्बन्धी प्रतिक्रिया लिएका थिए । अनिल सिंहले रोबोटलाई चाहिने सामग्रीहरु ब्यबस्थापन देखि प्रोजेक्टलाई म्यानेज गर्ने काम गरेका थिए भने रोबोटको सहायताले नर्सहरू तथा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता बिना नै कोरोना आशंका लागेका तथा संक्रमित बिरामीहरूको उचित हेरचाह तथा उपचार निश्चित गर्न सकिने बताएका छन् ।

 

  • स्वास्थ्य संस्थालाई रोबोट हस्तान्तरण गर्दै रिकास्ट
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0