Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पैसासँग मात्र सम्बन्ध राख्नेहरुबाट बचौं

प्रभातफेरी अनलाइन ५८२५ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ११, बिहिबार (५ साल अघि)
पैसासँग मात्र सम्बन्ध राख्नेहरुबाट बचौं

यतिखेर कोरोनाले विश्व नै आक्रान्त भइरहेको छ । त्यसका छिट्टा नेपालमा पनि परेका छन् । जसका कारण नेपाल यो अवस्थामा इटाली हुने त होइन भन्ने चिन्ता प्रत्येक नेपालीमा परेको छ । नेपाली जनता यसैको पिरोलोमा रुमलिएका छन् । जुन पिरोलोलाई पुष्टि गर्न कोरोनाले आफ्नो भएभरको शक्ति प्रयोग गरेको छ । यो संगीन घडिमा हाम्रो देशलाई कोरोनाबाट मुक्त गराउने दायित्व हामी नेपाली र त्यसभित्र पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको विशेष दायित्व हुन्न र ? यो गम्भीर प्रश्न हामीबीच खडा भएको छ ।

यो संकटको अवस्थामा कालो बजारीयाहरुको चहलपहल पनि चर्कै रुपमा मौलाएको पाइन्छ । तरकारी, खाद्यान्न, औषधी आदि–आदि ढुवानी भनेर पोष्टर टाँसेर अवैध धन्दा सञ्चालन गर्नेहरुको जमात ठूलै छ भन्ने पुष्टि हुँदै आएको छ । मुलुक गम्भीर संकटमा परिरहेको अवस्थामा माफियाहरुले यसलाई लुट्ने अवसरको रुपमा लिएका छन् । सडकमा बिना रोकतोक हुइकिने चिल्ला कालो सिसाको गाडीभित्रको व्यवसायका बारेमा यतिखेर कसले चासो दिने ? कालो सिसाभित्र तिब्बतीयन नागरिक हो कि अफिम हो । ड्युटिमा रहेको सुरक्षाकर्मीलाई माथिको आदेशै काफी छ । भर्खरै प्रहरीले बेवारिसे अवस्थामा भेटिएको भनेको नगद र बरामद गरेको लागू पदार्थले माफियाहरुको क्रियाकलापलाई पुष्टि गर्दैन र ?

अर्काेतर्फ केही व्यवसायीहरुलाई कुनै किसिमको निषेधाज्ञाले छेक्दैन । उनीहरु निर्वाद रुपमा अति आवश्यक सामान खाद्यान्नका नाममा विभिन्न किसिमका निषेधित वस्तुहरुको कारोबार गर्न पनि पछि परेका छैनन् । उनीहरुका लागि कोभिड–१९ एक सुनौलो अवसर बनेर आएको छ । मात्रै उनीहरुलाई पैसासँग सम्बन्ध छ । कोरोनाको कुनै चासो छैन । त्यसैले पैसासँग मात्र नाता गाँस्नेहरुकै कारण आज यो मुलुकले यो अवस्थाको सामना गर्नु परिरहेको छ । त्यसैले अति आवश्यकताका नाममा हुने कारोबार नै आजको समस्याको मूल जड हो । जबसम्म अति आवश्यक सामानको ब्राण्ड राखेर राज गरिरहन्छन्, तबसम्म कुनै किसिमका बार बन्देजहरुले सार्थकता प्राप्त गर्न सक्दैन । तसर्थ, फेरि पनि आग्रह छ, पैसासँग मात्र सम्बन्ध राख्नेहरुबाट बचौं, तब मात्र यो भयानक महामारीबाट उन्मुक्ति प्राप्त हुनेछ भन्ने ठम्याई हाम्रो छ ।

  • पैसासँग मात्र सम्बन्ध राख्नेहरुबाट बचौं
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0