Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ५, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सरल, सुन्दर र जीवनयापन गर्ने तरिका

प्रभातफेरी अनलाइन १२४१५ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन ६, मंगलबार (५ साल अघि)
सरल, सुन्दर र जीवनयापन गर्ने तरिका

सुभद्रा दाहाल

पनौती–७, काभ्रे

प्राणीहरुमध्ये सर्वश्रेष्ठ रुपमा चिनिएको प्राणी मानव हो । मानिसमा विवेक, ज्ञान प्रशस्त छ । त्यसको अनुपातमा पशुहरुमा विवेकको कमीले गर्दा मानवले सधैं पशुहरुलाई जितिराखेको हो । मानव सभ्यताको इतिहासदेखि आजसम्म आइपुग्दा मानवले आफ्नो साम्राज्य विश्वभर फैलाउँदै आर्थिक उत्पादन बढाउँदै शक्तिशाली बन्न पुग्यो ।
आज मानिसले आफ्नो प्रभुत्व जमाउन विवेक र ज्ञानलाई भने लत्याउँदै छ । जसको कारण मानिस नर–पशु बन्दै गएको छ । आजको मानव कर्तव्यतर्फ भन्दा अकर्तव्यतिर उन्मुख भईरहेको छ । शान्ति प्राप्तिको चाहनाभन्दा कसरी धन कमाउने, कसरी आफू अरुभन्दा माथि पुग्ने वा अरुलाई कसरी उछिन्ने आदि कुरातिर लागेर केवल आफ्नो मात्र सुख र आनन्द भएको हेर्ने उसको उद्देश्य हो । एकोहोरो रुपले जसरी भएपनि धन कमाउने मात्र अभिलाषाले अन्धो जस्तै भइसकेको छ । कारण ऊ अकुत सम्पत्ति कमाएर पनि आज सुखी र सन्तुष्ट छैन । किनकी त्यस्ता मानिसहरु सदा गरिब वा दरिद्र हुन्छन् । उनीहरुको मानसिकता नै दरिद्रपन हुन्छ । त्यसैले सधैं चिन्ता, अहंकार र घमण्ड छाएको हुन्छ । त्यस्ता मानिसहरुको जीवनलिला हविगत भई मरेका उदाहरणहरु प्रशस्त भेटिन्छन् । तसर्थ, धन, वैभवको व्याकुलतामा मात्र भौतारिने व्यक्तिले कहिल्यै सुख प्राप्त गर्न सक्दैन । सुखको मूल आधार नै सन्तोष हो भने दुःखको मूल कारण लालसा, तृष्णा, लोभ, ईष्र्या, द्वेष आदि हुन् । त्यसैले धन कमाउने कलाभन्दा पनि शान्त, सुन्दर र सफल जीवन जिउने कला जान्नु आत्म सन्तोषले मात्र सम्भव भई मन स्थिर र नियन्त्रित हुन्छ । मनले नै सम्पूर्ण इन्द्रियहरुलाई वशमा पारेको हुन्छ । मनकै आदेशद्वारा सम्पूर्ण इन्द्रियहरु परिचालित हुन्छन् ।
मानव शरीरको भाग शीरमा शुद्ध मष्तिष्कका तन्तुहरु हुन्छन् । जसले बुद्धिको काम गर्छ । त्यही मष्तिष्कको बिच भागम प्राणशक्ति (आत्मा) विराजमान भएको हुन्छ भने यसैको तेजले मन गतिशील हुन्छ । यही प्राणशक्तिले बुद्धिद्वारा मनलाई नियन्त्रणमा राखेको हुन्छ । यदि मन स्थिर भयो भने कर्म पुण्यतिर परिचालन गराउँछ तर मन स्थिर नहुने हो भने या मन आत्मारुपी तेजभन्दा बाहिर पुग्यो भने मन चञ्चल र स्वच्छन्त भई मोहभित्र रुमलिएर बासनामा परिणत हुन्छ । त्यसैबाट मान्छे आशक्ति हुँदै लोभी, लालची, अभिमानी बन्न पुग्छ । सौ उसभित्र क्रोध, ईष्र्या उत्पन्न भई बुद्धि भ्रमित हुन थाल्छ । त्यही भ्रमित मनलाई प्राणरुपी उर्जाले प्रज्वलित गरेर सचेत र चलायमान गर्नु जरुरी छ । नत्र भने भ्रमित मनबाट आवेग, उत्तेजना, बासना, नकारात्मक सोच आदि विकृति उत्पन्न गराइ मानवको रक्त शुद्धिमा समेत प्रभाव पार्दछ । यी नै कुरा वा विकृतिलाई नियन्त्रणमा राख्नको लागि योग, प्राणायामको अभ्यास क्रमिक रुपबाट लाग्नाले मानसिक विकास हट्दै जान्छन् । विकारहरु नष्ट भएपछि बुद्धि तिक्ष्ण भई आत्मा प्रज्वलित हुन पुग्छ ।
प्रज्वलित आत्माले सत्कर्म, ज्ञान र भक्तितर्फ उन्मुख भई मन मन्दिरको ईश्वर हाँस्न थाल्छ अनि राष्ट्र ब्रम्हको नाद हुन पुगी महाज्ञानको आँखा खुली ईश्वरको दर्शन मिल्छ वा मोक्ष प्राप्ती हुनुका साथै मानव जीवन चुस्त, दुरुस्त, निरोगी, दीर्घजीवि र चरित्रवान् बन्न सक्दछ । त्यसैले सरल, सुन्दर, स्वस्थ र दीर्घ जीवनयापन गर्न योग, प्राणायामको अभ्यास गर्नुपर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

    एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

  • प्रचण्डलाई जनमुक्ति सेनाका कमाण्डरको पत्र

    प्रचण्डलाई जनमुक्ति सेनाका कमाण्डरको पत्र

  • Post Thumbnail

    धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ २८ गते बुधबार

    २०८२ साल माघ २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0