नेपाली परम्परा र संस्कृतिका नाममा सिर्जना भएका पुरातनवादी सोचले कसलाई कहाँ पु¥याउँछ पत्तो छैन । त्यसैको एउटा प्रतिनिधि पात्र बनेर यो समाजमा जिउनुको पिडा कस्तो हुन्छ भोग्नेलाई थाहा हुन्छ ।
एकदिन आमाले भान्सा कोठाबाट भन्नुभयो– ए ! छोरी हिजो बजारबाट ल्याएको साडी लगाएर बस है पाइट लाएर बस्यो भने हेर्न आउनेले संस्कारी नठन्ला भान्सा कोठाबाट आगो फुक्दै मैले नसुन्ला कि भनेर आमाले जोड्ले भन्नुभयो । मेरो मोबाइलमा लभ लेखेको रिङटोन बज्छ, लभ भनेको मेरो राज मैले माया गर्ने मान्छे, हत्तपत्त आफ्नो आँसु पुच्छु अनि रुञ्चे स्वरमा हेल्लो भन्छु । सानू ….उत्ताबाट पनि मेरो जस्तै रुन्चे स्वरमा आउँछ । म भक्कानिएर रुन्छु । कसैले सुन्ला की भनेर हत्तपत्त ढोका बन्द गर्छु । कान्छू म पनि यति बोल्छु । मैले मेरो राजलाई केटा हेर्ने आउने कुरा सुनाएँ, राज झन् बढी रुनुहुन्छ । सानू मैले मनाएँ भने मान्नु हुन्छ होला नि बाबा आमाले । सुक्कसुक्क आवाजसँगै राज बोल्नुहुन्छ । ए ! आम्मा हैन के गर्दै छेस् यो माथि बसेर ? यहाँ आएर मलाई सघाउनु नि ! आमा तलबाट कराउनुहुन्छ । म पनि फोन काटेर आमासँग जान्छु अनि मन नलागी नलागी आमालाई सघाउँछु । काम सकेपछि फेरि कोठामा गएर बस्छु । त्यही बेला राजको फोन आउँछ । राज रुँदै सोध्नुहुन्छ– के तिमी मलाई छोडेर जान सक्छौ ? म पनि रुँदै भन्छु– तपाई र मेरो औकत मिल्दैन रे, तपाईं सानो जातको मान्छे रे, मेरा बाबा आमाले भनिसेको तपाईसँग बिहे गरे म कहिले यो घर नआउँदा हुन्छ भन्नुहुन्छ । बाबाले उहाँको इज्जतमा दाग लाग्छ । कान्छू म सुक्कसुक्क गर्दै सकिनसकी बोलें । तिमीलाई बस्न मिल्ने घर छ सानू तिमीलाई आफ्नो बाबाआमाले जस्तो माया दिने बाबाआमा हुनुहुन्छ मेरो । सानू बस त्यही एउटा जात मात्रै फरक हो । मेरो जात भन्दा ठूलो मेरो मन छ सानू, राजले सधै जसरी सम्झाउन थाल्नु भयो । यहाँ मन ठुलो भएर नहुने रहेछ जात ठूलो हुने रहेछ । त्यसैमा त छोरी दिने बाउको इज्जत अडिएको रहेछ । राजले अब हामी भागेर जाउँ हँुदैन र ? राजले भन्नुभयो तर मेरो मनले मान्दैन । किनकी म बाबाआमाको एक्ली छोरी हँु । छोरा भने नि छोरी भने म एक्लै थिएँ । त्यही भएर बाबाआमाको खुशीमै जान्छु भनेर मनमनै सोचें म केही बोलिनँ राजसँग राज भक्कान रोएको सजिलै अनुमान लगाउन सक्छु म । छोरी बाहिरबाट ढोका ढकढक गर्दै आमाले बोलाउनु हुन्छ । म हत्तपत्त फोन कटाउँछु, आँसु पुछ्दै समालिएर बाहिर आमासँग खाना पकाउन सघाउँछु । खाना तयारी पछि फेरि आफ्नो कोठातिर जान्छु, बिस्तारमा लभको रिङटोन बच्न बन्द हँुदैन । फेरि ढोका चुकुल लगाएर फेरि फोन रिसिभ गर्छु । म भन्दा अगाडि नै राज बोलाउनुहुन्छ, किन फोन काटेको सानु ? उहाँको रुन्चे स्वरमा मैले केही परिवर्तन देखिन कान्छो आमाले बोलाउनु भएको छ । एक बजेतिर मलाई हेर्न आउँछन् रे । अहिले भान्सामा काम छ, त्यही भएर हो । मलाई छोडेर बिहे गर्छौ सानु राज भक्कानिएर बच्चा जस्तै गरी रुनुहुन्छ । भगवान्ले हामीलाई एक हुन दिन्न कान्छू ! मेरो इनगेज्मेन्ट हुँदैछ कान्छू ! अरु कोहि आएर तपाईले छोएको चुमेको औंलामा औँठी लगाईदिने छ अनि हामीलाई सधैंका लागि टाढा गराईदिने छ । मैले पनि रुन्चे स्वरमा भनी । अनि सानू म चाहिँ के गरु सानू तिमी अर्कैकी हुन्छ बिस्तारै बानी परौली तर मसँग त तिम्रो यादहरु मात्रै हुन्छ सानू । म जिउँदै मर्नेछु सानू, राज जान धेरै कमजोर भएको महसुस गर्न सक्छु म । कान्छू शरीर एउटै खाट नहोला तपाईको अगाडि म र मेरो अगाडि तपाई नहोला यो मन हाम्रो सधै नजिक हुन्छ । यो मनले त्यो मन कहिले बिर्सिने छैन मेरो स्वर बिचबिचमा रुवाई रोकिन्छ । तल गाडीको आवाज आउँछ म हत्तपत्त फोन काट्छु म तयार भएर भान्सामा पुग्छु । मलाई बाबाको इज्जत जोगाउनु छ । म आफुलाई पुर्ण रुपमा सम्हाल्छु, बाबाले भने जस्तै तयार भएर बसे इनगेज्मेन्टको बेला भयो त्यो टेबुलमा राखेको औंठीको बक्स खोली मेरो औंलामा लगाइदिनु भयो । सबैले ताली पिटे बेलुनहरु फुटालिए मलाई लाग्यो मेरो सपनाहरू यी बेलुन जस्तै गरि फुटे मैले पनि नयनको हातमा औँठी लगाएर दिए । उफ्फ ! यो कस्तो बत्यता माया एउटा सँग अनि बिहे अर्को कोहिसँग । नारीलाई साँच्चिकै भगवान्ले धेरै सहने शक्ति दिएर पठाएको हुनुपर्छ । नत्र यो पिडा कसरी सहनु बिहे १५ दिनको पछाडी राखिदिनुभयो, फोटोहरु खिच्यो र जबर्जस्ती हाँस्नु बनायो । यसरी सक्यो मेरो इनगेजमेन्ट । भन्छन् माया प्राप्ति मात्रै होइन त्याग पनि हो त्यो त्यागको पिडा कसरी सहने, मेरो आँसु साह्रै सस्तो भएको छन् । त्यसै खसिदिन्छन्, बगिदिन्छन् एकातिर आफ्नो जन्मथलो छोडेर पराई घर जानुछ, अर्कोतिर आफुले माया गर्ने मान्छे छोड्नुपर्ने ! कस्तो चलन हो कठै नारी ! मैले मनमनै सोचे कताकता लाग्यो कोहिकोहि आमाहरुले छोरी भनेर पेटमै मारिदिन्छ तर यसरी पलपल मर्नु भन्दा त एक पटकमै मरेको राम्रो होइन र ? बिहेको दिन मलाई माला र औँठी लगाई दिनको लागि बाहिर बोलाउनु भयो ।
म आफुलाई सम्हाल्दै निहुरिँदै नयनलाई जल छर्किदै घुमे अनि माला लगाईदिए औँठी पनि । सबैले ताली पिटे एकछिन पछि मलाई मण्डपमा बोलाउनु भयो, लाग्छ मलाई यो सबै सपना झैं लागिरहेको छ मण्डपको काम सकेपछि सबै जल खाने काम सुरु भयो । पालैपालो सबैले जल खानु भयो, मेरो बाबाआमाले पनि जल खाँदा उहाँहरुको आँसु पनि सजिलै देखें तर पनि मलाई रुन आएन । कन्यादानको बेला मेरो बाआमा भक्कानिएर रुनुभयो तर मलाई यस्तो लाग्थ्यो रोएर बिदा गर्ने छोरीलाई किन गएर रुनुपर्ने ठाउँमा पठाउनु भयो अनि फेरि मलाई मण्डपमा राखिदिनुभयो । सिन्दुर हाल्ने बेला भएछ म त पुरै अन्यौलमा छु सबथोक मलाई सपना जस्तै लाग्थ्यो सेतो कपडामा टेक्दै त्यो रातो सिन्दुर मेरो सिउँदोमा राखिदियो त्यो हात नयनको थियो कति गाडा थियोे त्यो सिन्दुरको रंग तर त्यो सिन्दुरभन्दा दोब्बर फिक्का थियो हाम्रो माया ।
के सिन्दुर मायाको परिचय रहेछ त ? सिन्दुरले दुई मनलाई एक मन गराउँछ भन्छन् तर होइन मलाई सकेन मेरो मन नयनले राखिसकेपछी पनि मेरो मन राजतिरै छ । बाबाले मलाई हात समातेर करेसासम्म पु¥याउनु भयो । मैले मेरो मनलाई सम्हाल्नै सकेन, म बाआमाको खुशी र आफ्नो मनभरिको पीडा बोकेर गए । म टाढा पुगुन्जेल बाआमाले हात हल्लाई रहेको देखें मैले पनि आँसु पुछ्दै हात हल्लाएँ । मलाई लाग्यो त्यो घरबाट मात्रै बिदाई होइन अब मेरो खुशी रहर अनि प्रेम सबैलाई बिदा गरेर जाँदैछु । बिहेपछि त्यो घर त खुशी भए ! तर म खुशी भइनँ … । त्यो खुशी केही दिनको लागि मात्रै भयो, त्यसपछि त घर परिवारको घृणाको पात्र बनें ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |