Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मरण होस् त यस्तो ! नोटमाथिको ओछ्यानभन्दा खुल्ला आकाशमाथिको ओछ्यानमै सन्तुष्टि

प्रभातफेरी अनलाइन १००१२ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन १३, मंगलबार (५ साल अघि)
मरण होस् त यस्तो ! नोटमाथिको ओछ्यानभन्दा खुल्ला आकाशमाथिको ओछ्यानमै सन्तुष्टि

पैसाको बिटोमाथि ओछ्यान लगाएर सुत्नेहरुको मरण पनि देखिएको छ जो सर्वहारा छन् । साँच्चै सर्वहाराकै लागि बलिदान दिन चाहन्छन्, त्यहाँ कुनै बाधले छेक्दैन भन्ने उदाहरण स्व. महेश केसीको श्रद्धाञ्जली सभामा गत बुधबार देखियो ।
नपत्याउँदो किसिमले श्रावण महिनालाई बिर्साउने गरी साउने झरी बर्सिरहेको थियो । कार्यकर्ता भन्दा पनि नेतृत्वपंक्तिहरु मलिन मुद्रामा तत्कालिन गैरीगाउँमा रहेको आधारभूत विद्यालयको प्रांगणमा एकपछि अर्काे गरी जम्मा हुने क्रम बढ्दै थियो । यसैबीच उक्त प्रांगणमा एक होनहार योद्धा काभ्रेली कम्युनिष्ट आन्दोलनमा आफूलाई अग्रदस्तामा उभ्याउने अकल्पनीय मृत्यु वरण स्वीकार्न विवश धरोहर स्व. महेश केसीको तस्वीर कुर्सीमा सजिन पुग्छ !
अविरल वर्षाको पर्वाह नगरी जुट्न पुगेको नेतृत्वले श्रद्धाञ्जलीलाई ढिलासुस्ती नगरी शुभारम्भ गर्न आग्रह गर्दछन् । उक्त श्रद्धाञ्जली सभामा यस किसिमको उपस्थिति रहन्छ भन्ने स्थानीयहरुले कल्पना पनि गरेका रहेनछन् । जब पानीको वर्षा अनवरत रुपमा बढ्दै जान्छ, नेतृत्वहरु एकपछि अर्काे गर्दै प्रवेश गर्दै जान्छन् । केन्द्रदेखि प्रदेश हुँदै जिल्ला र स्थानीय तहसम्मका नेतृत्वहरुको बाक्लो उपस्थिति हुँदै जान्छ, मञ्चमा राखिएको तस्वीरमा मालार्पण र पुष्प गुच्छाले भरिँदै जान्छ । यो दृश्यले स्थानीय र श्रद्धाञ्जली सभामा सहभागी सबैलाई भावव्हिल हुन बाध्य बनाउँछ । कोहि कसैको मुखबाट कुनै शब्द निस्कन सक्दैन । उहि अनवरत रुपमा वर्षा मात्र झरिराख्छ । यहि वर्षाको बिचमा कार्यकर्तादेखि नेतृत्वसम्मले एउटा होनहार योद्धाको तस्वीरमा मालार्पण र पुष्प गुच्छाले श्रद्धाञ्जली व्यक्त भइरहन्छ । करिब २५ मिनेटको त्यो निरन्तरता वडा अध्यक्ष श्रीधर पाध्याय कुईंकेलको सम्बोधनपछि स्थगन हुन पुग्छ । सबैको एउटै स्वर थियो “यो सबै उसले कमाएको सम्पत्ति हो ।” हो, मृत्यु शाश्वत सत्य हो तर त्यसले छाड्ने सकारात्मक, नकारात्मक र दीर्घकालिन प्रभावका बारेमा कमैले मात्र अर्थ राख्दछ । जो ३१ वर्षको जलजलाउँदा उमेरमै मृत्यु वरण स्वीकार्न पुग्यो । जसले यति छोटै अवधिमा तमाम परिवर्तनकामीहरुको मन मष्तिष्कमा डेरा जमाउन पुग्यो । जसले राजनीतिकलाई गलत रुपमा परिभाषित गर्दथे, उनीहरुका लागि एउटा गतिलो झापड दिन पुग्यो ! हो तिनै घटना परिघटनालाई नियाल्ने क्रममा उक्त श्रद्धाञ्जली सभामा श्रद्धाञ्जली व्यक्त गर्न पुगेका अधिकांश व्यक्तित्वमध्ये पनौती नगरपालिकाका प्रमुख नेकपाका नेता भिम न्यौपानेको कथन थियो– मरण होस् त यस्तो ! मर्न त अरबपतिहरु पनि मर्छन्, गल्लीको कुकुर पनि मर्छ तर महेशजीको मरणले हामीलाई आघात पु¥याएको छ । यति भनिरहँदा उहाँको मरणले यो समाजमा ल्याएको राजनीतिक चेतनाका बारेमा चर्चा गर्ने शब्द छैन । जसले राजनीतिक धर्म, सिद्धान्त र मान्यतालाई फेरि एकपटक नमन गर्न बाध्य बनाएको छ । उहाँको पार्टीप्रतिको लगनशीलता नै उहाँको सम्पत्ति हो । उहाँले देखाएको बाटोलाई हामीले अझ भन्नुपर्दा नयाँ पिढिँले भुल्ने छैनन् ।
यसैगरी आफ्नो सहयात्री गुमाउँदाको पिडा व्यक्त गर्ने शब्द नभएको युवा नेता ईश्वर बञ्जाराको टिप्पणी थियो– राजनीतिक रुपमा फरक कित्तामा रहेता पनि सहयात्री भनेको सहयात्री नै हो । जसका प्रत्येक क्रियाकलापले सकारात्मक या नकारात्मक भूमिकामा प्रभाव पार्दछ । हिजो सुरुवाती दिनमा एउटै कित्तामा थियौं, परिस्थितिले मलाई तत्कालिन एमालेतर्फ डोहो¥यायो । महेशजी उही माउ पार्टीमै अडिग रहेर निरन्तर राजनीतिक यात्रालाई कायम राख्नुभयो । जसले कम्युनिष्ट आन्दोलमा एउटा इतिहास को¥यो । राजनीतिमा यि क्षणहरु अविस्मरणीय हुँदा रहेछन् । जसले जति नै असहज परिस्थिति सिर्जना गरेपनि ति सकारात्मक पक्षहरु मनमष्तिष्कमा डेरा जमाइराख्दो रहेछ ।
आज महेशजीको जन्मस्थलमा आइपुग्दा अतितलाई गम्भीर रुपमा मनन गर्न पुगें । म जुन भूगोलमा जन्में, जुन भूगोलको राजनीति गरें जसबाट भ¥याङ्ग बन्दै आउँदा महेशजीलाई पलपल सम्झिरहेँ । पछिल्लो घटनाक्रम स्थानीय चुनाव र संघीय चुनावमा आमुन्ने सामुन्ने थियौं । जुन वर्गको नेतृत्व हिजो सँगै गरेका थियौं । आज आउँदा हामी फरक फरक कित्तामा टेक्दै फेरि एउटै कित्तामा जोडिन पुगेका थियौं । हाम्रा ति अतितका सपनाहरुलाई सार्थक रुप दिन महेशजीले पाउनु भएन तर उहाँले छोडेर गएका ति अधुरा सपना पूरा गर्ने जिम्मेवारी हामी युवाको काँधमा छोड्नुभएको छ । त्यसलाई पूरा गर्नसक्यौं भने मात्रै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने विश्वास मैले लिएको छु । हुन त गएको चुनावमा जुन किसिमको जिम्मेवारी र भूमिका निर्वाह गरिएको त्यो नेतृत्वले क्षणिक सम्भिएको छ । यो अवस्थामा महेशजी जस्ता योद्धाहरुको त्याग र बलिदान साकार होला भन्न त सकिने ठाउँ त नहोला तर पनि जुन किसिमको मार्ग प्रशस्त गर्नुभएको छ, त्यसलाई पछ्याउनु प्रत्येक युवाको कर्तव्य, दायित्व र जिम्मेवारी हुनेछ भन्ने विश्वास मैले लिएको छु भन्छन् युवा नेता बञ्जारा ।
उक्त अद्भूत सम्मानका बारेमा श्रद्धाञ्जली स्थलमा भेटिएका स्थानीयवासीको तर्फबाट प्रतिनिधित्व गर्दै आफ्नो नाम नभन्ने शर्तमा केही तर्क राख्न अनुरोध भएअनुसार यो पंक्तिकारले उहाँका अभिव्यक्तिलाई जस्ताको तस्तै पस्कने जमर्काे गरेको छ– राजनीतिक भनेको अपरम्पार रहेछ । यो अविरल वर्षाका बाबजुद नेतृत्वले देखाएको यो अद्भूतपूर्ण सम्मानबाट मेरो मन मष्तिष्कमा सिर्जना भएको राजनीतिक सम्बन्धी नकारात्मक चित्रणहरुले मेटिएका छन् । राजनीतिक यात्राको महत्वपूर्ण पक्षको रुपमा यस श्रद्धाञ्जली सभालाई बुझ्ने अवसर पाएँ । महेशलाई केहीले फन्टुससम्म भन्थे, आज उनीहरुले राम्रोसँग देखे यो लावालस्कर । जसले यो बस्तीलाई नै चकित पारिदिएको छ । ऊ मरेर गयो न की उसले समाजलाई राजनीतिक चेतना दिएर गएको हामी गाउँलेले पाएका छौं । मेरो जीवनयात्रामा यस किसिमको राजनीतिक जमघटबाट एउटा निम्न सामान्य परिवारको सदस्यलाई सम्झँदा कता–कता हामी गलत रहेछौं, हाम्रो विश्लेषण गलत रहेछ भन्ने यथार्थता आज पाएका छौं । यथार्थमै भन्नुपर्दा राजनीतिक मेरो घृणाको पात्र भइसकेको थियो तर यसले यति ठूलो अर्थ राख्छ भन्ने हामीले कल्पना पनि गरेका थिएनौं । अस्तिको त्रिवेणीघाटको पनि कुरा सुनेको थिएँ, रातको १२/१ बजेको समयमा पनि सयौंको संख्यामा राजनीतिक शुभचिन्तकको उपस्थिति थियो रे ! आज १३औं पुण्य तिथिमा पनि मुसलधारे पानीको पर्वाह नगरी घरसम्म रुझ्दै सयौंको संख्यामा उपस्थिति हुनु सामान्य अर्थ राख्दैन भन्दै यसबाट राजनीतिक वृत्तचित्रमा कोरिएका काला बादलहरु चिरेको महसुस मैले गरेको छु भन्न पछि पर्नु भएन उहाँ ।
उक्त श्रद्धाञ्जली सभामा स्व. महेश केसीका मातापिता, पूर्वमन्त्री संघीय सांसद, संविधान सभाका सदस्य, बागमती प्रदेशका सांसदहरु, नेकपा जिल्ला अध्यक्ष रुकु चौलागाईं, पनौती नगरपालिकाका नगर प्रमुख लगायत सयौंको उपस्थितिमा स्वर्गीय महेश केसीप्रति माला, खादा, पुष्प गुच्छा र अबिरद्वारा श्रद्धा व्यक्त गरिएको थियो । कार्यक्रमको सभापतित्व पनौती नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष श्रीधर पाध्याय कुईंकेलले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

    एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0