Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकारदेखि प्रजिअसम्म संक्रमित

प्रभातफेरी अनलाइन ७५२७ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक १८, मंगलबार (५ साल अघि)
पत्रकारदेखि प्रजिअसम्म संक्रमित

धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभे्रका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल लगायत जनप्रतिनिधि र सञ्चारकर्मी समेत कोभिड संक्रमितमा रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले पुष्टि गरेको छ ।
प्रमुख जिल्ला अधिकारी संक्रमित भएपश्चात् जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवाहरु एक हप्ताको लागि स्थगित गरिएको छ तर जिल्ला प्रशासनबाट गर्नुपर्ने अति आवश्यक कार्य भने नरोकिने जिल्ला प्रशासन कार्यालयद्वारा एक विज्ञप्तिमार्फत् उक्त जानकारी गराएको छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार कार्यालयमा रहेका अन्य कर्मचारीहरुलाई समेत कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएकोले कार्यालयबाट नियमित हुने कार्यलाई स्थगित गरेको जानकारी गराइएको छ ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार कोरोना पुष्टी भए लगतै प्रजिअ सुरक्षीत ढंगबाट होम आईसोलेसनमा रहनुभएको छ । हिजो (मंगलबार) देखि कार्तिक २४ गते सोमबारसम्मका लागि कार्यालयबाट हुदै आएको नियमित सेवाहरुलाई स्थगित गरेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई (खतिवडा) ले हस्ताक्षर गरी जारी गर्नुभएको विज्ञप्तिमा जनाएको छ ।
यसैगरी राजनीतिक व्यक्तित्व नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व जिल्ला सभापति शिवप्रसाद हुमागाईं, जिल्लामा क्रियाशील सञ्चारकर्मी, जनप्रतिनिधिहरु समेत संक्रमित हुन पुगेका छन् । पछिल्लो जानकारी अनुसार पत्रकार महासंघका पूर्व अध्यक्ष नारायण सापकोटा, जनप्रतिनिधि बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, लगायतमा संक्रमण देखिएको कारण उहाँहरु होम आइसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
यता पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेले कोरोनालाई पराष्त गर्नुभएको छ । मंगलबार जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार प्रमुख न्यौपानेको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । नेगेटिभ रिपोर्टसँगै नगर प्रमुख न्यौपानेले कार्यपालिकाको जिम्मेवारीलाई छिट्टै निरन्तरता दिने जानकारी गराउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0