भेष बहादुर दनुवार
२०७१ साल बैशाख २५ गते मन्त्रिस्तरीय निर्णय बाट पारित भए अनुरुप स्थापना भएका पांचखाल नगरपालिका एक नगरपालिका हो । यस नगरपालिकाको संरचना निमार्णको क्रममा जिल्लाको तत्कालिन पांचवटा गा.वि.स.हरु समेटिएको छ । नगरपालिकाको संचना निमार्ण गर्दा पांचखाल नगरपालिकामा साविक गा.विस.हरुमा पांचखाल, होक्सेबजार, वालुवा, अनैकोट, र साठिघर भगवति गा.वि.स.हरु समावेश गरीएको थियो । पछिल्लो काभ्रे जिल्लाको नया संरचना निमार्ण गर्ने क्रममा २०७३ चैत्र २७ गतेको नेपाल सरकारको निर्णय अनुसार थप साविक गा.वि.स. खरेलथोक र कोशिदेखा गा.वि.स.हरु मिलाएर संघियता पश्चातको पांचखाल नगरपालिकाको संररचना बनाएको छ । पांचखाल नगरपालिकाको कुल क्षेत्रफल १०३ वर्ग कि.मि. रहेको छ । यस नगरपालिकाको कुल जनसंख्या महिला २११२२ पुरुष २०८२१ गरी जम्म ४२०११ रहेको छ । पांचखाल नगरपालिकामा पछिल्लो तथ्यांकको आधारमा ९३८१ घरधुरी रहेको छ । पांचखाल नगरपालिकाको १३ वटा वडामा विभाजन गरिएको यस नगरपालिका काभ्रे जिल्लकै दोस्रो ठुलो भौगोलिक क्षेत्रफल रहेको नगरपालिकामा रहेको छ ।
पांचखाल नगरपालिका को पुर्वि सिमानामा भुम्लु गाउपालिका, पश्चिममा धुलिखेल र बनेपा नगरपालिका, उत्तरमा मण्डनदेउपुर नगरपालिका, दक्षिणमा तेमाल गाउपालिका, नमोबुद्ध नगरपालिका, र धुलिखेल नगरपालिका रहेको छ । पांचखाल नगरपालिका पहाडि भुगोलको खाद्यय भण्डार उत्पादन हुने उत्पादनशिल भुमिको रुपमा परिचति रहेको छ । आराध्य देव को रुपमा पलाञ्चोक भगवतिको मन्दिर हिमवत खण्डको ईतिहास सगै जोडिएको छ । पर्यटन आर्कषणको लागी अनैकोट भ्यू टावर, भमरकोट भ्यू टावर, सुनकोशि नदि किनार, सहित तिर्थस्थल, दुग्धेश्व्र मन्दिर सहित अन्य स्थान समेत सम्भावना नै सम्भावना बोकेको क्षेत्र रहेको छ ।
चिनारी तथा नामाकरण
काभ्रे पलाञ्चोक जिल्ला को नगरक्षेत्रको मभ्ये भागमा नगर पांचखाल नगर रहेको छ । पांचखाल नगरापकिला जिल्लाकै नगरपालिका मध्ये तराईको भुगोल संग मिल्ने हावापानी देखि उच्च पहाडि भुगोल संग मिल्ने हावापानी संग भुगोल रहेको छ । नगर क्षेत्रको समथर भूगोलमा तराईको हावापानीको महसुस गर्न सकिन्छ भने पहाडि भुगोलमा पहाडि भुगोलको हावापानी एकै समयमा महसुस गर्न सकिने भुगोल पांचखाल नगरपालिकामा रहेको छ । काठमाडौं बाट १० कि.मि. तथा धुलिखेल नगरपालिका बाट १५ किलोमिटर टाडाको दुरीमा अवस्थित पांचखाल नगरपालिका जिल्लाको बेशि भुगोमा सबैभन्दा बढि समथर भूगोल रहेको क्षेत्रको रुपमा परिचित छ । अरनिको राजमार्ग उपत्यकाको विचबाट बाट जोडिएको छ जसले उपत्यकाको उर्वर भुमिलाई खण्डित गर्ने सिमानाको रुपमा देख्न सकिन्छ । समुन्द्रि सतहबाट ९३७ मिटर उचाईमा रहेको छ भने नगरपालिकाको उच्च भुभाग १५०० मिटरको उचाईमा अवस्थित रहेको छ । नगर क्षेत्र भित्र रहेको समथर भुगोलमा कृषि उत्पादन रहनुको साथै पहािड भुगेलमा पशुपालन साथै शहरको कोलाहलबाट मन शान्त बनाउन पर्यटनको रुपमा आन्तरीक तथा बाह्य पर्यटकको समेत ध्यान खिच्ने बाताबरण रहेको छ । शाखा राजमार्गको रुपमा पांचखाल नगरपालिकाको तिनप्लिे बोहोरे दोभान, तामाघाट बोहोरे दोभान, लामीडाडा पलाञ्चोक तेमालबेशी, लामीडाडा ज्यामिरकोट अनैकोट, पांचखाल रविओपि सहायक मार्ग पनि रहेको छ । यस नगरपालिकाको मुख्य नदिमा झिकु खोला र डाफे खोला रहेको छन । यि खोला सदाबहार बहने खोला भने हैनन ।
धरातलिय अवस्था
पांचखाल नगरपालिका बेशी वरीपरी पलाञ्चोक, अनैकोट, रविओपि, जैसिथोक, पात्लेखेतका डाडाहरुले घेरीएको छ । पांचखाल नगरपालिकाको तापक्रम सरदर ३२ डिग्री देखि ३३ डिग्री सम्म रहने गरेको छ । झिगु खोलाहरु द्धारा सिंचित यो बेशी मलिलो भएतापनि पहिला यस ठाउमा औंलो लाग्ने भएकाले यहा बस्ती थिएन । उपत्यकाको बेशी भुगोलमा रैथाने दनुवार जातीहरुको मात्र बसोबास रहेको ईतिहासमा तथ्य जग जाहेर छ । बेशी भूगोलमा दनुवार समुदाय औलो रोग संग निरन्तर लडेको र आफ्नो । पहिचान कायम गरि बेशीमा लामो समय स्थायि बसोबास गर्ने समुदायमा नै एक मात्र समुदाय देखिन्छ । पछिल्लो अरनिको सडक सञ्जालको विकास संगै अन्य जात जातीहरुको आकर्षण बढदै गएको छ । पांचखाल उपत्यका भित्रमा चैत्र महिना देखि असोज महिना सम्म गर्मि हुने र असोज देखि फागुन सम्म जाडो हुने भएकोले पांचखाल उपत्यकाको हावापानी मौसम अनुसार विविध किसिमको रहेको छ । भौगोलिक विषमता रहेको छ । यहाको हावापानी मौसम अनुसार विविध किसिमको रहेको छ । भौगोलिक विषमतायुक्त नगरपालिका भएकाले यहाको उचाई र भौगोलिक अवस्था फरक फरक रहेको पाईन्छ । ग्रीष्म र वर्षा ऋतुमा मनसुनी वर्ष हुने गर्दछ । मनसुनी वायुको प्रभावले २००० मिलिलिटर सम्म वर्ष हुने गरेको पाईन्छ । उपत्यका दक्षिण पूर्वी मनसुन प्रभावित क्षेत्रमा पर्ने हुनाले असार देखि भाद्र सम्ममा प्रशस्त पानी पर्दछ । जिल्लाका मुख्य दुई जलाधार क्षेत्रहरु बागमती र रोशी क्षेत्र हुदै न्युनचापीय वायु जाने हुनाले यस क्षेत्रमा बढी वर्षा हुने गर्दछ । यी दुवै जलाधार क्षेत्रहरु महाभारत क्षेत्रको वृष्टि छायामा पर्ने गर्दर्छ ।
सडक सञ्जाल र विकास
पांचखाल नगरपालिकाको पहिलो विकास क्रम अरनिको राजमार्ग बाट शुरु गरीएको देखिन्छ । अरनिको राजमार्गको विकास क्रम संगै बेशी क्षेत्रमा बसोबास गर्ने नागरीकमा बृद्धि भएकै आधारमा बर्तमान नगरपालिकाको वडा नंं ४ मा बाक्लो बस्ती र वडाको क्षेत्रफलको आधारमा जनघनत्व समेत बढि देखिन्छ । यसको साथै पलाञ्चोक तेमालबेशी सडक सञ्जालको विकास भएको देखिन्छ । तेमाल जाने पैदल मार्गको विकास सडकको रुपमा पछिल्लो विकास तिनपिप्ले बोहोरे दोभान सडक सञ्जाल विकासको क्रम संगै थप सडक सञ्जालको विकास भएको देखिन्छ । र क्रमस तामाघाट बाहोरे दोभान सडक, समाजकल्याण अनैकोट सडक, सहित वडागत बस्ति बस्ति सडकको विकास भएको देखिन्छ । यस विकास क्रम संगै बस्ति बस्ति सम्मको सडकलाई उच्च स्तरको सडक सञ्जाल विकास गर्नु पर्ने आवश्यक्ता देखिन्छ । यदि सडक सञ्जाल विकास नगरीएको खण्डमा बेशी क्षेत्र तथा कृषि योग्य भूमिमा धना बस्ती चाडै हुनेमा दुईमत छैन ।
पांचखाल नगरपालिकामा रहेको सहकारीको अवस्था
पांचखाल नगरपालिकामा विभिन्न प्रकारको सहकारीको तथ्यांक हेर्दा १५५ वटा सहकारी रहेको पाउन सक्छौ । पाचखाल नगर स्तरीय सहकारी महासंघ समेत गठन भएको छ । सहकारीको नितिगत व्यवस्था अनुसार सहकारी ऐन कानुन र नितिको आधारमा सेवा क्षेत्र तथा स्थानिय सरकारले तोकेको क्षेत्रमा लाभांशको ५ प्रतिशत सामाजिक उत्तर दायित्वको काम गर्नु पर्ने देखिन्छ । यस कार्यमा पांचखाल नगरपालिकामा कुन कुन सहकारी ले तथा नगर सहकारी महासंघ को सकृयतामा पांचखाल नगरपालिकामा बार्षिक सहकारीको मुनाफा कति रहेको छ र कति सहकारीले कति रकम बरावरको सामाजिक उत्तरदायित्वको कार्य भए यस विषयमा नागरिक चासो र विषयमा हो । नागरीक र नियमक स्थानिय सरकार विच समन्वय र सहकार्यमाका साथ सहकारीलाई स्थानिय पालिकामा सहकारी एैन निमार्ण गरी थप कार्यमा अभियानमा लाग्नु पर्ने देखन्छ । यसो गर्न सकिएको खण्ठमा पनि १५५ वटा सहकारीले सरदर २० लाख मुनाफा बरावर राख्दा पनि ३१ करोड हुन आउछ । ३१ करोडको ५ प्रतिशत १ करोड ५५ लाख सामाजिक उत्तर दायित्व बजेटमा आउने देखिन्छ । सहकारीहरुलाई सामाजिक उत्तर दायित्मा स्थानिय सरकारले सहकारी संग सम्बन्धित कानुनी प्रावधान अनुसार नितिगत व्यवस्थामा सहकारीलाई नियमन गर्न पर्ने आवश्यक्ता देखिन्छ । सहकारीलाई सामाजिक दायित्वमा ल्याउने असल अभ्यास काभ्रेको पनौति र रोशी गाउपालिकामा विगत दुई वर्ष देखिनै गरीएको छ ।
जनसंख्या तथा मतदाता
पांचखाल नगरपालिकाको जनसंख्याको हेर्ने हो भने १७९४३ पुरुष २००५४ महिला गरी जम्मा ३७९९७ रहेको छ । यसै गरी मतदाताको संख हेर्ने हो भने पुरुष ११४७४ महिला ११७०४ गरी जम्मा २३१७८ रहेको देखिन्छ । जनसंख्याको आधारमा पांचखाल नगरपालिकामा ब्रामण क्षेत्रि पहिलो बहु संख्यक समुदाय रहेको छ । दोस्रोमा दनुवार, तेस्रोमा तामाङर अन्य समुदाय रहेको छ । बसोवासको आधारमा ब्रामण क्षेत्रिको बसोवास सबै वडामा उपस्थिती रहेको देखिन्छ । दनुवार समुदाय वडा नं. ३,४,६,८,९,१२ मा बसोवास रहेको देखिन्छ । तामाङ समुदाय वडा नं. १,५,८,१३ मा रहेको छ र अन्य समुदायको बसोवास विभिन्न वडामा न्यून संख्यामा रहेको छ । मतदाता र जनसंख्याको आधारमा वडा नं. २, ६ र १२ नं. वडा अन्य वडाको तुलनामा बढि देखिन्छ । संबैधानिक व्यवस्था अनुसार पांचखाल नगरपालिकाको मतदाताको आधार मा ३ वटा वडालाई पुन पुनर संरचना गरी नगरपालिकाको संरचना गर्नु पर्ने देखिन्छ । बर्तमान अवस्थाको बजेट बिनियोजन प्रकृया हेर्ने हो भने समानुपातिक वितरण प्रकृयाको कारण वडामा प्रत्यक्ष परोक्ष रुपमा प्रभाव परिरहेको छ । यस अवस्थामा प्रत्यक्ष रुपमा वडा नं. ६ र वडा नं. १२ को आम जनता प्रत्यक्ष मारमा परिरहेको छ । यस कार्यमा स्थानिय वडा जनप्रतिनिधिमा विशेष रुपमा रणनैतिक योजना निमार्ण गर्नु पर्ने आवश्यक्ता रहेको छ । यस कार्यमा बजेट कै कारण प्रत्यक्ष परोक्ष असर पर्ने वडामा रहेको नागरीक साज नागरीक सस्था नागरीक सस्था प्रतिनिधि को भूमिका बृद्धि गर्नु पर्ने आवश्यक्ता रहेको देखिन्छ । पांचखाल नगरपालिकाको बजेट विनियोजन प्रकृयामा अन्य केहि स्थानिय तहमा भएका असल अभ्यास बजेट विनियोजन प्रकृया वडालाई समानुपातिक वितरण प्रकृयालाई निरुत्साहित गरी माग, योजना, आवश्यक्ता सहित पांचखाल नगरपालिकाको सामरिक महत्वको आधारमा विनियोजन गर्नु पर्ने देखिन्छ । यो अभ्यास मा साथ र सहयोगको लागी तहगत सरकारको समेत महत्वपुर्ण भूमिका निभाउनु पर्ने आवश्यक्ता रहेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |