काभ्रे । नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो छवि प्रस्तुत गर्न सफल सामुदायिक साकोसको २६औं साधारण सभालाई सम्बोधन गर्ने क्रममा बागमती प्रदेश सांसद बसुन्धरा हुमागाईंले आफूले प्राप्त गरेको ख्यातिलाई जीवन्त दिन यो साकोसले कुनै किसिमको कसर बाँकी राख्ने छैन भनी सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा सांसद हुमागाईले सामुदायिक जिल्लामा मात्र नभै देश र विदेशमा समेत उत्कृष्ट रहेको उल्लेख गर्नुहुँदै एकिकरणको अभियानमा जिल्लामै अग्रणि भुमिका प्रस्तुत गर्दै सहकार्य र सदस्य सेवामा उत्कृष्ट कार्य गर्न सफल भएको चर्चा गर्नुहुँदै आगामी दिनमा पनि यो ख्यातिलाई कुनै किसिमको तुस आउन दिने छैन भन्ने विश्वास राख्नुभएको थियो । पछिल्लो समय सहकारीहरुले सेवाको नाममा अव्यवहारिक क्रियाकलापहरु बढेर सहकारीहरुप्रति प्रश्न चिन्ह उब्जाउने गतिविधितर्फ इंकित गर्दै सामुदायिक साकोसले त्यस किसिमको गतिविधिका विरुद्ध सशक्त रुपमा आफूलाई प्रस्तुत गर्नेछ भन्ने अपेक्षा समेत सांसद हुमागाईंले राख्नुभएको थियो ।
उक्त समापन कार्यक्रमलाई पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले सहकारी सम्बन्धमा नगरपालिकाले अख्तियार गरेको नीतिहरु अक्षरसतः पालना हुनेमा विश्वास व्यक्त गर्दै विदेशबाट फर्किएका बेरोजगार जनशक्तिको लागि रोजगार उपलब्ध गराउने कुनै पनि कार्यक्रममा सामुदायिक साकोस समर्पित हुने अपेक्षा राख्नुभएको थियो । नगरपालिकाद्वारा प्रस्तुत सहकारीसम्बन्धी नीति तथा विधिमा सञ्चालन भएको संस्थाले स्थानीय तहसँग सहकार्यमा सामाजिक कार्य लगायत कृषि तथा पशुपालनमा हातेमालो गरेर अगाडि बढेको आफूले पाएको तर्क राख्नुहुँदै स्थानीय तहमा कृषिजन्य उत्पादनमा अतुलनीय योगदान पुर्याउने अपेक्षासमेत प्रमुख न्यौपानेले राख्नुभएको थियो । संस्थाको आर्थिक सामाजिक स्तर उन्नतिको कार्यहरुमा अभियानकै रुपमा अगाडि बढाएको यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नु भएको थियो ।
कार्यक्रममा पनौती नगरपालिकाका बरिष्ठ प्रमुख प्रशासकिय अधिकृत तथा स्थानिय सहकारी रजिष्ट्रार इन्द्र प्रसाद अधिकारीले समयको गतिलाई बुझेर नीति, विधि अनुरुप अगाडि बढेकोले नै एकिकरण अभियान मार्फत बृहत हुँदै गएको विचार ब्यक्त गर्नुभयो । अझै अभियानलाई अगाडि बढाउँदै सहकार्यका माध्यमवाट सर्वोत्कृष्ट संस्था बन्न सफल होस भन्ने कामना समेत ब्यक्त गर्नुभयो ।
वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष उद्धव सापकोटाले एकीकरण अभियानको प्रशंसा गर्नुहुँदै यसले संस्थालाई जीवित राख्ने मात्र हैन दिर्घकालीन रुपमा सञ्चालनको अवसर पनि प्रदान गर्ने उल्लेख गर्नु भएको थियो ।
नेफ्कुनका अधिकृत गणेश प्रसाद तिमल्सिनाले सामुदायिक साकोसले गरिरहेको सदस्य हित तथा प्रदान गरिरहेको आर्थिक, गैर आर्थिक कृयाकलाप उत्कृष्ट रहेको उल्लेख गर्नुहुँदै अवस्था र विकासले अवका दिनमा प्रविधियुक्त सेवामा जोड दिनुपर्ने समेत उल्लेख गर्नुहुँदै संस्थाको एकिकरण अभियान र समग्र संस्थाको प्रगतिको कामना गर्नुभएको थियो ।
यसै क्रममा संस्थाका प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठले स्थापनाकालको विगतलाई स्मरण गर्नुहुँदै जिल्लाभरि मात्र नभै देश विदेशमा समेत उत्कृष्टता हासिल गर्न सफल भएकोमा गौरवान्वित महशुस भएको विचार ब्यक्त गर्नुहुँदै एकिकरण अभियानले संस्थाको क्षेत्र, स्तर र अवस्था समेतको बृहत विकास हुने भएकोले अभियानमा साथ दिनुहुने सवैमा धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो । मन्तब्यकै क्रममा संस्थासंग एकिकरण घोषणा भएको पलाञ्चोक भगवति बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष यज्ञ प्रसाद सेंढाइले नीति विधि र सुशासनमा रहेको संस्थासंग एक भएर अगाडि बढ्ने अवसर प्राप्त भएकोमा खुसि ब्यक्त गर्नुहुँदै यसले परिपक्व भएको अनुभव भएको र सदस्य सेवामा उच्चता प्राप्त हुने समेत विचार राख्नु भएको थियो ।
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती ४, टौखालको २६ औं वार्षिक साधारण सभा विधिवत रुपमा समापन भएको छ । कार्यक्रममा स्वागत मन्तब्य राख्नुहुँदै संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछानेले २६ औ वार्षिक साधारण सभा मनाइरहँदा गौरवको महसुस भएको विचार ब्यक्त गर्नुहुँदै सवैको साथ, सहयोग तथा सहकार्यले आगामि दिनहरुमा अझै बृहत भब्य रुपमा संस्थालाई अगाडि बढाउने अवसर प्राप्त भएको बताउनुभएको थियो ।
कार्यक्रममा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती ४ टौखाल, पलाञ्चोक भगवती बचत तथा ऋण सहकारी संस्था लि. का.म.न.पा. ११, सुकेधारा, काठमाण्डौ, धुनीदेवी बचत तथा ऋण सहकारी संस्था लि. नमोबुद्ध न.पा. २, भकुण्डेवेशी, र लड्केश्वरी महिला चेतना बचत तथा ऋण सहकारी संस्था लि. पनौती ११ का पदाधिकारीहरुको ऐक्यद्धताका साथ संस्थाहरुको एकीकरण घोषणा समेत भएको थियो । यस एकिकरण घोषणा पछि संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक, काठमाडौ, भक्तपुर र ललितपुर गरि ४ जिल्ला हुने भएको कार्यक्रममा जानकारी गराइएको थियो । अब एकिकरणपछि सदस्य संख्या २८ हजार र कारोवार रकम २ अर्ब ५० करोड पुग्नेछ ।
विश्वभर फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमणकालिन अवस्थालाई मध्यनजर गर्दै सम्वन्धित निकायहरुको सूचना तथा निर्देशनको समेत पालनाका साथ भौतिक दुरी कायम हुने गरि सुरक्षा मापडण्ड पालना गर्दै २ हप्ताको साधारण सभा सञ्चालन गरिएको थियो । कार्यक्रममा आ.व. २०७६।०७७ को सचिव मुकुन्द शर्मा वाग्ले र कोषाध्यक्षको प्रतिवेदन सहित आ.व. २०७७।०७८ को कार्यक्रम तथा बजेट सम्बन्धी प्रतिवेदन संस्थाका कोषाध्यक्ष प्रताप ताम्राकारले प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समिति र लेखा परिक्षकको प्रतिवेदन लेखा संयोजक हरि प्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको थियो । संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गर्नु भएको कार्यक्रममा सञ्चालक समिति सदस्यहरु, उपसमितिका संयोजक तथा सदस्यहरु लगायत सेवाकेन्द्र सञ्चालन तथा ब्यवस्थापन उपसमिति संयोजक तथा सदस्यहरु र एकिकरण घोषणा भएका सहकारी संस्थाहरुको समेत उपस्थिती रहेको थियो । सभाको अध्यक्षता संस्थाका अध्यक्ष प्रकाश वन्जाराले गर्नुभएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |