काठमाडौं । नेपाल पत्रकार महासंघले प्रकाशित समाचारको विषयलाई लिएर पश्चिम नेपाल डटकमका सम्पादक गोविन्द केसी र पत्रकार गणेश विशुलाई रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद गैरेले स्पष्टीकरण लिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।
विज्ञप्तिमा भनिएको छ, नागरिक दैनिकमा २०७७ कात्तिक २८ गते ‘कर्मचारीको ढिलासुस्तीले सेवाग्राहीलाई समस्या’ शीर्षकमा प्रकाशित समाचारलाई लिएर अनुसन्धान समिति गठन गरी पत्रकारद्वयसँग स्पष्टीकरण सोधिएको थियो ।
प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचारको बाटो खोजिनु पर्नेमा जिल्लाका जिम्मेवार अधिकारीबाट पत्रकारलाई यस किसिमले स्पष्टीकरण सोधिनु आफैंमा निन्दनीय र हास्यास्पद छ । महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका कार्य नदोहो¥याउन सम्बन्धित अधिकारीको ध्यानाकर्षण गराएको भनी महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |