Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राष्ट्रपति र प्रधानमन्त्रीको अलोकतान्त्रिक क्रियाकलाप

प्रभातफेरी अनलाइन ९०७६ पटक पढिएको प्रकाशित मिति: २०७७ पौष १४, मंगलबार (५ साल अघि)
राष्ट्रपति र प्रधानमन्त्रीको अलोकतान्त्रिक क्रियाकलाप

सुभद्रा दाहाल

२०७४ को निर्वाचन पछि नेकपाको दुई तिहाइ सरकार बन्यो । त्यसताका अन्यत्रबाट रुष्ट भएका नेपाली जनतालाई त्यो राहत चाहिएको जुन सरकारको बहुमत भई जनताको केही गरोस् भन्ने चाहना हो, नभन्दै त्यही भयो । अब त आम नेपालीले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार पाइएला भन्ने अपेक्षा राख्दै आश गर्दै थिए । केही समय अघि वाम एकता पनि भयो । पूर्व प्रधानमन्त्री कमरेड भनिने प्रचण्ड र खड्ग ओलिको एकताले अब त न्यानो पहार ताप्न पाइने कुरामा विश्वस्त हुँदै आएका नेपाली जनताले हिजो २०७७।०९।०५ का दिन प्रधानमन्त्री ओलिले संसद विघटन गरिनुले सम्पूर्ण नेपाली जनतामा निराशको बादल एकातिर छाएको छ भने अर्काेतिर प्रचण्ड रहेछ भन्ने सावितै भएर देखियो । त्यतिमात्र होइन, आज लोकतन्त्रमा बलात्कार भईरहेको हो भन्ने महसुस भइरहेछ । विश्व नै कोरोनाको कारणले त्रसित भइरहेछ एकातिर, अर्काेतिर आर्थिक पाटो सबैको ठप्प भइरहेको यो घडीमा सरकारको यस्तो कमजोरीपनको निर्णयले अबका दिनमा झन् नेपाली जनताले कस्तो समस्या भोग्नुपर्ने हो, त्यो ठूलो चिन्ताको विषय बन्न पुगेको छ सबैलाई । पार्टीभित्रका आन्तरिक कलह यथावत् हुँदा यसलाई सुल्झाउने प्रयास कति पनि बरु उल्टै एकआपसमा प्रचण्ड, ओलि, माधव नेपाल, बामदेव आदि शीर्षस्थ नेतामा भित्रभित्रै छिर्कि हाल्ने क्रम भने जारी नै रह्यो भने कोरा नारा लगाई पानी माथिको ओबानो हुन खोज्ने प्रवृत्ति एकातिर ओलिको यथावत् नै थियो भने अर्कातिर भ्रष्टाचार, अत्याचारको चरणबद्ध सिलसिला एकपछि अर्काे छरप्रष्ट छन् । प्रधानमन्त्री भएन पनि न त ति आन्तरिक कलह टुंग्याउन सके न त भ्रष्टाचार नै गर्न छाडे र रोक्न सके । उल्टै आम नेपाली जनताका अधिकार कुण्ठित गर्दै चरम दमन गर्न सफल भएका थिए । कुशल नेतृत्वको अभावको कारण अझ म हिच्किचाउँदिन, उनमा त्यो कुशलता भएको भए पार्टी आन्तरिक कलह टुंग्याउन पथ्र्याे र आम जनताको पनि विश्वाििसलो पात्र बन्न सक्नुपर्दथ्यो तर ति कुनै गुण प्रधानमन्त्रीमा छैन । त्यसैको परिणाम स्वरुप बिना कसैको सल्लाह, सुझाव, बैठक नभइकन आफ्नो खोक्रो आडम्बर र अहंकारले नियम विपरित कार्य गरी संसद विघटन गरे । त्यो कसैलाई मान्य छैन ।
२०४७ मा बाधा अड्काउ फुकाउ भनी कानूनमा संसद विघटन गर्ने प्रक्रिया थियो तर अहिलेको संविधानमा त्यो कुरा उल्लेख छैन । तसर्थ, कानूनमा नै नभएका अमान्य कुरालाई लिएर राष्ट्रपतिकहाँ सिफारिस गर्न लगाउनु र स्वयं राष्ट्रपतिले पनि अनुमोदन गरिदिने कार्यले कानून (संविधान) को दुरुपयोग भइरहेको कुरा सम्पूर्ण नेपाली जनताले बुझेका छन् । हो, मैले माथि नै भने क्षमताहिन व्यक्तिको अहंकार, अरुप्रतिको द्वेषभाव विवादित बोली आदिले गर्दा प्रधानमन्त्रीले देशलाई दुर्गतिको अन्यौलमा रुमलिदिए, त्यतिमात्र होइन अन्यायको चरमोत्कर्षमा पु¥याए । उनको क्षमताहिन आचरणले न कसैको सहमति लिए न विज्ञहरुसँग नै सल्लाह लिए, न नागरिक समाजसँग भिडे, न त मन्त्री परिषद्कै सल्लाह खोजे । यि माथिका सबैलाई नाघेर आफ्नो र राष्ट्रपतिको निर्णयले मात्र देशलाई अन्यौल पारिदिए । यदि मन्त्री परिषद् र अरु सबैका परामर्श भएको भए लोकतान्त्रिक हुनेथियो । अन्त्यमा मात्र राष्ट्रपतिकहाँ जाने विषयलाई अलोकतान्त्रिक बनाउनँदै समस्यामा जटिलता थपिदिएर अनुशासनहिन काम गर्नुले प्रधानमन्त्री अयोग्य सावित भएका छन् । साथसाथै उनको अकर्मण्डयता, असक्षमता आदिले देशलाई अराजकता र राजनैतिक अस्थिरताको गोरेटोतिर धकेली नेपालीका मन–मनमा दुःख संकट थपिदिएका छन् । अर्कातिर राष्ट्रपति संस्था भनेको गरिमामय, ओजस्वी हो भन्ने कुरा वा विषय मैले हिजोका दिनमा पनि यही विषयमा दुई चार शब्द कोरेकी थिएँ । ति दिनमा भन्दा राष्ट्रपतिले अझै गल्ती गर्दै गइरहेकी छिन् ।
उनी त नेपालको सम्पूर्ण भूगोलकी संरक्षितको हुनुपथ्र्याे, तटस्थ रहनुपथ्र्याे, भूगोल एकीकृत गर्नुपथ्र्याे, साझा बन्नु पथ्र्याे, विवेकले सोच्नुपथ्र्याे, कसैको वा कुनै पनि पार्टीको इशारामा चल्नु हुँदैनथ्यो तर बिडम्बना ! उनी ओलिको निर्णयलाई आँखा चिम्लेर सहमत हुँदै अनुमोदन गरिदिने, प्रधानमन्त्रीकै निर्देशनको कर्मचारीझैं बनिदिने उनको नियतले आज सम्पूर्ण नेपाली नारीहरु पनि बेइज्जतिको सिकार बनेको झैं मलाई महसुस हुन्छ । किनकी नेपालमा लामो निरंकुश राजतन्त्र चलेको देशमा जहाँ महिला ‘राष्ट्रपति’ हुनु भनेको गौरवको कुरा थियो तर आज ति सबै राष्ट्रपतिले गुमाइदिएकी छिन् भन्ने भान भइरहेछ मलाई आज । होला सायद ! मलाई मात्रै होइन सम्पूर्ण नेपाली महिला, पुरुष सबैले धिक्कारेका छन्, खिन्न व्यक्त गरेका छन् । उनी जताततै विवादित बन्दै गएकी छिन्, कारण उनको आँखा चिम्लेर समर्थन गर्ने बानी छैन न त कानूनविद्सँग सल्लाह नै छ न त अन्य पार्टीसँग नै सल्लाह लिइन् । उनले अन्धाधुन्ध संविधानको अवमूल्यन गर्दै अनुमोदन गरिदिनुलाई राष्ट्रपति पदको गरिमामय पदको बेइज्जती गरिदिइन् । जसले गर्दा देशले दुर्गतिको परिणाम भोग्नु सिवाय केही छैन । त्यसैले विद्यादेवी भण्डारी कुनै पनि हालतमा ठिक छैनन् भन्ने कुरा प्रमाणित भइसक्यो, त्यो सबै आम नेपाली जनताले महसुस गरिसके । यसरी हेर्दा विचारहिन, बुद्धिहिन भएर गतिहिन हुँदा लाज भन्ने कुरो हराउँछ भनेर बुढापाका भन्दथे, हो साँच्चै त्यही भएको छ । असल, दूरदर्शी व्यक्तित्व स्व. मदन भण्डारीकी पत्नीका हैसियतले रहनुपर्नेलाई सम्पूर्ण नेपाली सम्मान स्वरुप सम्माननीय गरिमामय पदमा विराजमान गराएको थियो तर त्यसको मूल्य र मान्यतालाई उनले भुलेर सदाको लागि नेपालीहरुको अयोग्य र कलुषित र विवादित पात्र बन्न पुगिन् । आज त्यो गरिमामय पद र नेपाली नारीको समेत उपहास भएको हो कि भन्ने मलाई लाग्छ । जसले गर्दा सम्पूर्णको मन दुखेको छ, आत्मग्लानी भएको छ, मनोबल गिरेको छ । जसको कारक तत्व विद्यादेवी भएकी छिन् ।
त्यसैले अब नेपालीहरुले बुझ्नुपर्छ कि क्षमतावान्, विवेकशील, योग्य व्यक्ति मात्र त्यो पदमा पुगी जसले सबैको विचार बुझोस्, साझा बनोस्, कसैको इशारामा नचलोस्, त्यस्तै व्यक्तिलाई मात्र राष्ट्रपति, प्रधानमन्त्री चुनौं । नत्र घोर विरोध गरौं । यदि त्यस्ता खराब व्यक्ति उपल्लो दर्जामा पुग्न लाग्दा हामी सम्पूर्ण नेपालीले ख्याल गरौं, त्यस्तालाई पदासिन हुनबाट रोकौं, आवाज बुलन्द राखौं, यि हामी सबैको अधिकार हो, अब सचेत बनौं, होस गरौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

    एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

  • प्रचण्डलाई जनमुक्ति सेनाका कमाण्डरको पत्र

    प्रचण्डलाई जनमुक्ति सेनाका कमाण्डरको पत्र

  • Post Thumbnail

    धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0