प्रभातफेरी अनलाइन७९५३ पटक पढिएको प्रकाशित मिति: २०७७ पौष २९, बुधबार (४ साल अघि)
धनी राम काेरी
कपिलवस्तु/जिल्लाकाे नगरपालिका वडा नं २ कुदान स्थितमा खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको अबैध समान प्रहरीलेद्वारा बरामद गरिएको छ ।
प्रहरी टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरि नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा छाडेको सुट कपडा ८० मिटर , पायन्ट ४४ मिटर , चिनी २०० के.जी , तेल २३ लिटर , ग्यास चुलो ५ थान , बिस्कट , सुर्ती , बनारसी आसिक ३४ प्याकेट गरी जम्मा अनुमानित मुल्य रु १,२५,००० ।– (एकलाख पचिस हजार ) बराबरको अबैध समानहरु नियन्त्रणमा लिएको कपिलवस्तु का एस. पी. नवराज अधिकारीले जानकारी दिनु भयो ।
अबैध समानहरु आवश्यक कार्वाहीको लागि सुठौली भन्सार कार्यालय मा पठाइएको प्रहरीले जानकारी दिइएको छ ।