Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २१, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एशियाकै अग्लो गणेश मूर्ति प्रतिस्थापन गर्ने अभियानमा सफल भएका छौं ः ई. बस्नेत

प्रभातफेरी अनलाइन ४७४० पटक पढिएको प्रकाशित मिति: २०७७ माघ १, बिहिबार (५ साल अघि)
एशियाकै अग्लो गणेश मूर्ति प्रतिस्थापन गर्ने अभियानमा सफल भएका छौं ः ई. बस्नेत

पनौती । ऐतिहासिक, धार्मिक मन्दिरै मन्दिरको सहर भनेर चिनिने प्रयाग नगरी पनौतीमा अर्काे एउटा धार्मिक आस्थाको स्तम्भ ठडिने भएको छ । उक्त स्तम्भका लागि लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरको तर्फबाट परिकल्पनासहितको प्रस्तावना पेश गरिएको थियो । सोही प्रस्तावना बमोजिम आज अभियानले मूर्त रुप लिएको गोरखनाथ गणेश मूर्ति निर्माण समितिका अध्यक्ष एवं क्लबका संस्थापक अध्यक्ष लायन इ. रामकुमार बस्नेतले बताउनुभएको छ ।

२०७६ साल पौष २८ गते श्रीमद्भागवत् महापुराणको आरम्भ गरी नौ फिट अग्लो गणेश मूर्तिको प्रतिमा स्थापना गर्ने अठोट सहित शुभारम्भ गरिएको यज्ञबाट आर्थिक पक्षको श्रीगणेश गरिएको थियो । सोही अभियान अन्तर्गत श्रद्धालु भक्तजनहरुको अपार श्रद्धाबाट अभियान सुरु गरिएको १ वर्षभित्र लक्ष्य प्राप्त गर्न सफल भएको सो अभियानमा अहोरात्र खटिनुहुने सामाजिक अभियान्ता अध्यक्ष इ. बस्नेतले बताउनुभएको छ ।

इ. बस्नेतको थप कथन छ– धार्मिक हिसाबले एशियाकै अग्लो गणेश मूर्ति प्रतिस्थापन गर्ने लक्ष्य अनुरुप आज मूर्तिलाई पनौती ल्याइपु¥याएका छौं । सोही क्रममा चन्दादाताहरुको अपार सहयोग र सद्भावकै उपज आज हामी बोलेको समयमा भक्तजनबीच आफ्ना अभिव्यक्तिहरु पूरा गर्न गइरहेका छौं । जसको कारण सामाजिक क्षेत्रमा हामीले जे–जति गर्ने अठोट लिएका छौं, त्यो चन्दादाताको अपार माया र सद्भावबाट पूरा भएको छ भन्दा फरक पर्दैन भन्नुहुन्छ इ. बस्नेत ।

पनौतीको गोरखनाथ डाँडामा गुरु गोरखनाथ मन्दिरसँगै प्रतिस्थापन हुन लागेको श्री गणेशको ९ फीट अग्लो पञ्चधातुको मूर्ति नगरक्षेत्रमा आज भित्र्याइएको छ । यस कार्यका लागि अहोरात्र खटिनु हुने सम्पूर्ण शुभेच्छुक पदाधिकारीहरूका साथै यस अभियानमा विशेष योगदान दिनुहुने पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने लगायत अग्रज सल्लाहकारहरुप्रति आभार व्यक्त गर्दै यो अभियानलाई सार्थक रुपमा यहाँसम्म ल्याइपु¥याउन महत्वपूर्ण भूमिका र खटाईप्रति साथ सहयोग दिनुहुने संरक्षण समितिप्रति आभार व्यक्त गर्दछु । यसबाट आगामी २०७८ को मकरमेलालाई थप आकर्षण हुने अपेक्षा समेत राखेको इ. बस्नेतको तर्क थियो । यसैबीच गणेशसम्बन्धी उपासनाका लागि पनि बस्नेतले आग्रह गर्नुभएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत हुनै लाग्दा थपिएको अर्काे एउटा धार्मिक धरोहरबाट धार्मिक पर्यटकको सँगसँगै आन्तरिक पर्यटकको पनि सुरक्षित गन्तव्यका रुपमा गोरखनाथ परिसरलाई लिन सकिने उहाँको तर्क थियो ।

।। उपासना ।।
वक्रतुंड महाकाय सूर्यकोटिसमप्रभ ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।।
गजाननं भूतगणादिसेवितं कपित्थजंबूफलचारुभक्षणम् ।
उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजम् ।।
सुमुखश्चैकदंतश्च कपिलो गजकर्णकः ।
लम्बोदरश्च विकटो विघ्ननाशो गणाधिपः ।
धूम्रकेतुर्गणाध्यक्षो भालचन्द्रो गजाननः ।
द्वादशैतानि नामानि यः पठेच्छृणुयादपि ।
विद्यारंभे विवाहे च प्रवेशे निर्गमे तथा ।
संग्रामे संकटे चैव विघ्नस्तस्य न जायते ।।
शुक्लाम्बरधरं देवं शशिवर्णं चतुर्भुजम् ।
प्रसन्नवदनं ध्यायेत् सर्वविघ्नोपशान्तये ।।
मूषिकवाहन् मोदकहस्त चामरकर्ण विलम्बित सूत्र ।
वामनरूप महेश्वरपुत्र विघ्नविनायक पाद नमस्ते ।।
ॐ गणानां त्वा गणपतिं हवामहे कविं कवीनामुपमश्रवस्तमम् ।
ज्येष्ठराजं ब्रह्मणाम् ब्रह्मणस्पत आ नः शृण्वन्नूतिभिःसीदसादनम्
ॐ महागणाधिपतये नमः।।
ॐ तत्पुरुषाय विद्महे वक्रतुण्डाय धीमहि ।
तन्नो दन्ती प्रचोदयात् ।।
अगजानन पद्मार्कं गजाननं अहर्निशम् ।
अनेकदंतं भक्तानां एकदन्तं उपास्महे ।।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0