Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ऐतिहासिक धार्मिक नगरी पनौतीमा नौ फिट अग्लो गणेश मुर्ति अनावरण हुने

प्रभातफेरी अनलाइन ५६२८ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ ४, आईतबार (५ साल अघि)
ऐतिहासिक धार्मिक नगरी पनौतीमा नौ फिट अग्लो गणेश मुर्ति अनावरण हुने

काभ्रे । उत्तरप्रयागको रुपमा परिचित यस ऐतिहासिक धार्मिक नगरी पनौतीस्थित गोखरनाथ परिसरमा स्थापना गरिएको पञ्चधातुद्वारा निर्मित ९ फिट अग्लो गणेश मुर्ति स्थापना गरी प्राणप्रतिष्ठा गर्ने कार्य सम्पन्न हुँदैछ ।

आसन्न १२ वर्षे मकरमेलाको पूर्वसन्ध्यामा स्थापना गरिएको उक्त मुर्तिले आन्तरिक पर्यटकको क्षेत्रमा अनुकरणीय फड्को पार हुने विश्वास स्थानीय श्रद्धालुहरुले लिएका छन् ।
उक्त मूर्तिलाई विधिवत् रुपमा बाजा गाजा सहित स्वागत गर्दै पनौती बजार परिक्रमा गराई पनौती न.पा. ६ गोरखनाथ मन्दिरको परिसरमा पु¥याई स्थापना गरिएको छ । स्थापना भएको ९ फिट अग्लो गणेशमुर्ति मुर्तिकार सहित पनौती प्रवेश आगमन हुंदा स्वागत कार्यक्रमको लागि पनौती ४ दुधमिलबाट गोरखनाथ जाने पुलमा स्वागत गरिएको थियो ।

स्वागत कार्यक्रममा पनौती नगरपालिका नगर प्रमुख भिम न्यौपाने, संघिय बाग्मती अञ्चल प्रहरी प्रमुख गुल्मपति प्र.नि ज्ञान ब.लामा, पनौती चौकी इन्चार्ज प्र.ना.नि अशोक महत्व, लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरका पदाधिकारी एवं शुभेच्छुकहरु, पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य इश्वरी ओझा, प्रभातफेरि साप्ताहिका सम्पादक प्रल्हाद शर्मा हुमागाई, पनौती च्यानलका जीवन थापा, तपाई हाम्रो साप्ताहिकका प्रधान सम्पादक रोहित श्रेष्ठ, सगरमाथा टि.भि का सुमन चापागाईं, नागरिक दैनिक काभ्रेका सम्वाददाता तथा पनौती उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पत्रकार मधुसुदन गुरागाई, एस.पि.आर क्रियशनका प्रतिनिधि जीवन खड्गी, गोरखनाथ संरक्षण संस्थाका सचिव गिता सापकोटा तथा प्रतिनिधिहरु, गोरखनाथ राम भजन समितिका अध्यक्ष गोबिन्द बस्नेत, लायन्स क्लबका प्रतिनिधिहरु, भु.पु सैनिक संघ काभ्रे, विश्वहिन्दु महासंघ काभ्रे, पनौती शाखा अध्यक्ष मोहन कुमार बस्नेत, मुक्तिनाथ मन्दिर निर्माण समिति पनौती ५ प्रतिनिधि राजेन्द्र थापा, माइतीवृद्ध आश्रामका प्रतिनिधि, भालेश्वर मन्दिर संरक्षण समितिका प्रतिनिधि अर्जुन के.सी., पशुपति नाथ धर्मशाला निर्माण समितिका सत्य ब. श्रेष्ठ, जगत ब. श्रेष्ठ, एमनेष्टि ७२ पनौतीका प्रतिनिधिहरु, आरम्भ समूह दुधमिल, भागवत÷धर्म प्रचार प्रसार समिति पनौतीका अध्यक्ष ओत ब. खड्का, स्थानिय, पत्रकार, प्रहरी र श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थितमा बजार परिक्रमा गरिएको थियो ।

निर्माण कार्यलाई चुस्त दुरुस्त पारदर्शी ढंगबाट अगाडि बढाउनका लागि पनौती ६ वडा कार्यालय र पनौती नगरपालिकाले समिति गठन गरी नगरका सामाजिक व्यक्तित्वहरुले धार्मिक तथा पर्यटन विकास र प्रवद्र्धनको लागि गरिएको कार्यमा साथ र सहयोग निरन्तरताका लागि पनौती ६ वडाका वडा अध्यक्ष सुधिर सापकोटा, पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेको विशेष पहलमा थप सहयोगहरु आइरहेको निर्माण समितिका अध्यक्ष ई. राम कुमार बस्नेतले जानकारी दिनुभएको छ ।


अध्यक्ष बस्नेतले निर्माण कार्य निरन्तर भईरहेको हुंदा हालसम्म सहयोग गर्नुहुने सम्पूर्णमा समितिको तर्फबाट हार्दिक धन्यवाद दिँदै इच्छुक श्रद्धालु भक्तजनहरुको थप सहयोगको अपेक्षा समेत राखेको बताउनुभएको छ ।
सो मुर्ति स्थापना कार्यको लागि गत वर्ष गोरखनाथ मन्दिर संरक्षण संस्था र स्थानीय समाजसेवी, धार्मिक व्यक्तित्व, राजनीतिक ब्यक्तिको उपस्थितमा यज्ञ मुल आयोजक समारोह समितिको गठन गरी श्रीमद्भागवत ज्ञान माहायज्ञ लगाई संकलित रकम र पछि निरन्तर चन्दा सहयोगबाट निर्माण कार्य अगाडि बढिरहेको समितिका सचिव हरिशरण कार्कीले बताएका छन् ।
समितिका सचिव कार्कीले भक्तजनहरुको चाहानाअनुसार उक्त मुर्ति स्थापनाको लागि एक वर्ष अघिदेखि आजको दिनसम्म निर्माण समितिका पदाधिकारीहरु अहोरात्र खटिई गणेश मुर्ति पनौती गोरखनाथ मन्दिर परिसरमा स्वागत गर्न पाउँदा समिति हर्षित भएको कुरा कार्कीले व्यक्त गर्नुभएको थियो । उहाँले अब बाँकी कार्यलाई पनि निरन्तरता दिई २०७८ बैशाख महिनामा प्राण प्रतिष्ठा गरि भक्तजनहरुमा सार्बजनिक गरिने र हाल कपडाले छोपिराखिने जानकारी गराउनुभएको थियो ।

समितिका कोषाध्यक्ष कुमार बोगतीका अनुसार भागवतमा भएको खर्च कटाई बाँकी संकलित रकम रु. २२ लाखबाट सुरु गरिएको उक्त कार्य प्राविधिक लगत स्टमेटबाट पैंतालीस लाख भन्दा माथि खर्च हुने, रकम श्रद्धालु भक्तजनहरु संघ, संस्था, नगरपालिका र वडाहरुसँग सहयोग मागि सम्पन्न गर्ने समितिको निर्णय भएको र आम्दानी खर्चको विवरण यहि माघ महिनाभित्र भक्तजनहरु माझमा सार्वजनिक गरी पब्लिक अडिट रिपोर्ट बनाउने छौं । कुनै आर्थिक रकम सम्बन्धी कार्य बुझ्नु परेमा प्रत्येक हप्ताको मंगलबार हुने बैठकमा उपस्थित भई बुझ्न सकिने कुराको जानकारी पनि बोगतीले सो अवसरमा खुलासा गर्नुभएको छ ।

अनुगमन समितिका संयोजक हरिकृष्ण बस्नेत र बजार खरिद संयोजक मोहन कुमार बस्नेतले निर्माण कार्य पारदर्शिता, कुशलताका साथ भईरहेको र हामी दैनिक निर्माण कार्यका लागि उपस्थित भई समितिको लक्ष्य अनुसार कार्य सम्पन्न गर्न समर्पित रहेको भेटमा बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0