Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नगदेबाली उखुको विकल्पमा वनबाली प्रवद्र्धन गर्ने सोच

प्रभातफेरी अनलाइन ६७५७ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ ४, आईतबार (५ साल अघि)
नगदेबाली उखुको विकल्पमा वनबाली प्रवद्र्धन गर्ने सोच

टीकाराम गैरे
परासी । जिल्लाका उखु किसानको समस्यालाई मध्यनजर गरि डिभिजन बन कार्यालय नवलपरासीले ति किसानलाई कृषि बन तर्फ उत्प्रेरित गर्ने खालका योजना ल्याउने सोच बनाएको छ । उखुु क्रसिगँ सिजन तिन महिना वितिसक्दा पनि चिनी उद्योग सञ्चालनमा नआउदा निरास बन्दै गएका किसानलाई नगदेबालीको विकल्पमा बनबालीको योजना अगाडी बढाउने सोच रहेको डिभिजन बन कार्यालयले जनायो ।

उखुको विकल्पमा कृषकलाई सरकारले अनुदान उपलब्ध गराई कृषि बन बनाउन लगाएमा कृषकलाई पनि राहत हुने र घटदै गएको बन क्षेत्र विस्तार हुन सक्ने बनले जनाएको छ । छिटो भन्दा छिटो बढन सक्ने प्रजातीका रुख विरुवा ति खेतमा रोप्न लगाउने र विरुवा हुर्काएको आधारमा अनुदान सरकारले बर्षेन किसानलाई दिदै जाँदा किसानलाई राहत हुने र ति बनले बन वातावरणमा सहयोग पु¥याउने बन कर्मचारीले जनाएका छन । यसबारे डिभिजन बन कार्यालयल पश्चिम नवलपरासीले सोच बनाएका छ । ति क्षेत्रका किसानसँग समन्वय गरेर सहमती जनाएमा डिभिजन कार्यालयले कार्यक्रम बनाई मन्त्रालयसँग योजना पेश जनाएको छ । बढिमा १० बर्ष भित्रै बनबालीको रुपमा उपयोगमा ल्याउन सक्ने कदम, लहरेपिपल, बकाईनो, इपिल जस्ता बन प्रजातीको विरुवा किसानलाई निशुल्क उपलब्ध गराउने र किसानलाई राहत स्वरुप जिवन यापन गर्नका लागि रुख विरुवा हुर्केको आधारमा अनुदान उपलब्ध गराउन सकिन्छ ।

यस्तो योजनाले वातावरणिय क्षेत्रमा ठूलो योगदान पुग्ने बन कर्मचारीले बताए । उखु पनि नगदेबाली हो भने, एक बर्षमा तयार हुन्छ, चिनी उद्योगले उधारोमा किनेका छन् । यता नेपालमा बर्षेनीबन क्षेत्र ह्रास हुने अवस्थामा छ, त्यसको विकल्पमा बन क्षेत्र विस्तारका लागि सरकारी बन क्षेत्रको संरक्षणसँगै निजी बन तथा कृषि बनको विस्तार गर्न सकिन्छ । यो उखु किसानलाई ठूलो राहत पु¥याउन सक्छ । बन नहुर्केसम्म सो खेतमा बन भित्रै बेसार, अदुुवा, ओल जस्ता घुसुुवाबाली पनि घुसाउन सकिन्छ । यसबारे कृषि र बन डिभिजन कार्यालयको समन्वय आवश्यक रहेको बनले जनाएको छ ।
अहिले नवलपरासी जिल्लाको पुर्वि क्षेत्रमा किसानका उखु खेतमै फुलेको र सुक्ने अवस्थामा पुगेका छन् । सरकारले उखुको मुल्य समेत तोकि सकेको छ । तर पनि विभिन्न बहानामा चिनी उद्योग सञ्चालनमा ल्याएका छैनन् । यसले किसान निरास बनेका छन् । अहिले पनि अर्बौको काष्टजन्य समाग्रि विदेशबाट आयात भई रहेका छन् ।

उखु किसानले बनबालीलाई अंगिकार गरेर अगाडी बढेमा उखुको विकल्प बन्न सक्ने आधार रहेको छ । बलौटे माटो रहेको जिल्लाको पुर्वि क्षेत्रमा सिचाईको अप्रयाप्तताले अन्नबाली विकल्प बन्न समस्या छ, उनले भने, त्यो भएर बनबाली किसानका लागि उत्तम बिकल्प बन्न सक्छ । पर्यावरणिय रुपमा पनि फाईदा हुने र किसानलाई पनि राहत हुने देखिन्छ । यसको प्रवल सम्भावना पनि छ ।

जिल्लामा ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा उखु खेती हुदै आएको छ जसबाट अनुपातमा २० लाख क्वीन्टल मात्र उखु उत्पादन हुने गरेको छ । जिल्लामा हुने साढे ७ हजार हेक्टर क्षेत्रफलको उखु खेतीमा करिब १४ हजार घरपरिवार आवद्ध छन् । उखुको विकल्पमा अब किसानले बनबाली अंगिकार गरेमा डिभिजन बन कार्यालयले किसानका लागि राहतमुखी कार्यक्रम ल्याउन सक्ने कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0