Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विश्वको उत्कृष्ट संविधान बनाउने प्रयास भएको हो ः संविधानविद् देवकोटा

प्रभातफेरी अनलाइन ६१३८ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ २८, बुधबार (५ साल अघि)
विश्वको उत्कृष्ट संविधान बनाउने प्रयास भएको हो ः संविधानविद् देवकोटा

बनेपा । शनिबार माक्सवादी अध्ययन प्रतिष्ठानद्वारा आयोजित संसद विघटन, संवैधानिक संकट र यसको निकास विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सहभागीहरुको जिज्ञासा मेटाउँदै संविधान सभा सदस्य एवं संविधानविद् खिमलाल देवकोटाले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधानभित्र पर्ने बताउनुभएको छ ।

माक्सवादकै बारेमा प्रष्ट भएन भने भ्रम पैदा हुन्छ, जो अहिले राष्ट्रियस्तरमा चरमबिन्दुमा पुगेको छ । तसर्थ भ्रम चिर्नका लागि पनि माक्सवादको अध्ययन हुनु जरुरी छ । माक्सवाद द्वन्द्व रुपान्तरणको अर्काे रुप हो । माक्सवाद दर्शन हो भने कम्युनिष्ट पार्टी साधन हुन् । माक्सवादलाई गैर कम्युनिष्टले पनि अध्ययन गर्न सक्छ । माक्सवाद एउटा खुल्ला किताब हो । जसले विश्व दर्शनलाई पछ्याउन सक्छ आफूलाई रुपान्तरण गर्नुछ भने र समाजप्रति बफादार बन्नुछ भने माक्सवादको अध्ययन गर्नुस् । माक्सवाद एउटा दर्शनको रुपमा लिनुहोस्, तब तपाईंमा रुपान्तरण कसरी गर्ने भन्ने साधन र साध्य भेटाउनुहुनेछ भन्नुहुँदै संविधानविद् देवकोटा थप्नुहुन्छ– अहिले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक छ । त्यसैले न्यायालयले संविधानले टेकेर निर्णय गर्दछ । नेपाली जनतामाथि न्यायालयले न्याय गर्नेछ भन्ने विश्वास लिन आग्रह गर्नुहुँदै यो संकटबाट मुलुकको निकास न्यायालयबाटै हुनेछ भन्दै आफ्नो तर्क अन्त गर्नुभएको थियो ।

अन्तक्र्रियामा राजनीतिक विश्लेषक दिनेश शर्माको कथन थियो– यो व्यवस्थाले शोषित, पिडित जनताको पक्षमा काम गर्दैन भन्ने उदाहरण यि घटनाक्रमले पुष्टि गरेको धारणा राख्नुभएको थियो ।

अबको आवश्यकता तेस्रो जनआन्दोलन हो । त्यसको विकल्प छैन । नेपाली जनतालाई जस्तोसुकै भ्रममा अल्मल्याउन खोजे पनि अब नेपाली जनता अल्मलिने छैनन् । जुन भ्रमको खेती भएको छ, यो सबैको कारक भनेको प्रायोजित संविधानकै कारण हो । निमुखा जनतालाई यो संविधानले के दियो ? दियो त उही हिजोका सामन्तहरुलाई दियो । जसको एउटा उदाहरण चर्चाको शिखरमा छ, ७० करोड तर पर्दा पछाडि अनगिन्ती गन्हाएका सामन्तहरु छन् । अहिलेको यो मञ्चन संवैधानिक राजतन्त्र ल्याउने योजना सहित आएको छ । हजारौं योद्धाहरुको बलिदानलाई कुल्चने काम नेतृत्वहरुबाटै भएका कारण आज मुलुक यो अवस्थामा पुगेको छ । त्यसैले यो सबैको दोष यहि व्यवस्थाले लिनुपर्छ । यो षड्यन्त्रको सहमतिकर्ताका रुपमा पूर्व राजा ज्ञानेन्द्र र खड्गप्रसाद ओली हुन् । यो पश्चगामीहरुको चंगुलमा नेपाली जनतालाई कुहिरोभित्रको काग बनाइएको छ । खबरदार ! नेता हो, नेपाली जनतामाथि षड्यन्त्रपूर्वक ढंगबाट अवाञ्छित गतिविधि हुन्छ भने हामी चुप लागेर बस्नेछैनौं भन्नुहुँदै विश्लेषक शर्माको थप कथन थियो– संविधानको कुन धारामा टेकेर संसद विघटन भयो ? के ओलीलाई यसको बारेमा थाहा छैन ? यहाँ कुनै तुक छ ? यो यथास्थिति धारले जुन गल्ती गरेको देखाइएको छ, यसभित्र गम्भीर षड्यन्त्रका गन्धहरु आइरहेका छन् । यो अवस्थामा नेपाली जनताहरु जाग्नुको विकल्प छैन ।

त्यसैले अबको बाटो संघीय जन गणतन्त्रको कोर्नुछ । यसको विकल्प पनि अब नेताहरुले दिनसक्ने छैनन् । त्यसका लागि नेपाली जनता आन्दोलन गर्न तयार छन् तर नेतृत्वकर्ताको खाँचो छ । संसदीय व्यवस्थाबाट निकास दिँदैन भन्ने महसुस नेपाली जनताले गरिसकेका छन् । दलालहरुको सत्ताले उन्मुक्ति दिँदैन भन्ने जिकिर राजनीतिक विश्लेषक शर्माको कार्यक्रममा थियो ।

उक्त अन्तरक्रियामा वाम विश्लेषक नरेन्द्रजंग पिटर, नेकपाका नेता तेजबहादुर मिजार, कान्छाराम तामाङ लगायतका वक्ताहरुले अहिलेको जटिल अवस्थाको टिप्पणी गर्दै आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष दिनेश चौलगाईंले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सहसचिव कुमार दाहालले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0