Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पिसाब संक्रमण हुनुको कारण र समाधानको उपाय

प्रभातफेरी अनलाइन १०४९४ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन ११, मंगलबार (४ साल अघि)
पिसाब संक्रमण हुनुको कारण र समाधानको उपाय

आर.एल.श्रेष्ठ

मिर्गौलाबाट पिसाबको थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा किटाणुले हुने संक्रमण नै पिसाब संक्रमण हो। यौनअंगको सरसफाई नगर्दा वा शरीरको कुनै भागमा भएको संक्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने संक्रमण हुन्छ ।

मिर्गौला हुँदै पिसाबको थैली, पिसाबको नली वा पिसाब आउने बाटोमा कहीँ पनि समस्या भयो वा अवरोध भयो भने पनि पिसाब जमेर संक्रमण हुन्छ । पिसाब संक्रमण सबै उमेर समूहका मानिसलाई हुनसक्छ । पुरुषमा पिसाब थैलीबाट पिसाब फर्केर माथि जान्छ, पिसाब राम्ररी निख्रेको छैन वा पिसाब नली साँघुरो छ भने संक्रमण हुने जोखिम हुन्छ ।

पुरुषलाई भन्दा महिलालाई पिसाबको संक्रमण बढी हुने गर्छ । महिलाको पिसाब नली सानो हुन्छ भने पुरुषको नली लामो हुने भएकाले बाहिरी संक्रमण पुरुषलाई कम हुन्छ । महिलामा नली सानो हुने, पिसाब नली, महिनावारी हुने नली र दिसा गर्ने नली सँगसँगै हुने भएकाले बाहिरी संक्रमण छिटो हुने सम्भावना हुन्छ । महिलालाई बाहिरी संक्रमण बढी हुनुको कारणमा कुनै एक नलीमा भएको इन्फेन्सन अर्कोमा सजिलै सर्नु पनि हो ।

महिलालाई एक पटक संक्रमण भएपछि पुन दोहोरिरहन सक्छ । महिलामा नली सँगसँगै रहेका गन्थ्रीमा संक्रमण बसिरहन्छ । औषधि खाँदा ती गन्थ्रीमा किटाणु सुषुप्त अवस्थामा बस्छन् र बिस्तारै औषधिको काम कम हुन थालेपछि ती किटाणु फेरि सक्रिय हुन थाल्छन्। त्यसैले मिर्गौलामा रहेको पिसाब सरासर थैलीमा गई बिना अवरोध बाहिर निस्कियोस् भनेर सरसफाइमा धेरै ध्यान दिनुपर्छ ।
पिसावमा सक्रमण हुने लक्षणहरु- पिसाब गर्दा पोल्ने, घरिघरि पिसाब जान मन लाग्ने, पिसाबको धारा मसिनो हुँदै जाने,पिसाब गर्दा कोखा दुख्ने,पिसाबमा रगत जाने, पिसाब नलीबाट पिसाबसँगै पिप देखिने, उच्च तापमानको ज्वरो आउने, शरीर काप्ने,पिसाब गरेपछि पनि तल्लो पेट भारी हुने, दुख्ने,बच्चालाई ज्वरो आइरहने, पेट दुख्ने आदि ।

भर्खर विवाह गरेका महिलालाई पनि पिसाब संक्रमण हुने जोखिम उच्च हुन्छ । शारिरीक सम्पर्कमा सक्रिय हुदाँ किटाणु बाहिरबाट भित्र पस्छन् र संक्रमण हुन्छ, जसलाई ‘हनिमुन सिस्टाइटिस’ पनि भनिन्छ । जस्ले गर्दा केही महिला अस्पतालमै भर्ना हुनुपर्ने अवस्थासम्म पुग्छन् । धेरै समयसम्म उपचार गरिएन भने मिर्गौलामा पिप जम्ने हुनसक्छ । यस्तो समस्या भएमा लामो समयसम्म उपचार गर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा लामो समय औषधि खानुपर्ने हुनाले युरोलोजिस्टसँग सल्लाह गर्नुपर्छ ।
मधुमेहका बिरामी, शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिस, अधवैंशे महिला, सेक्सवर्कर, पत्थरी भएका व्यक्ति आदि पिसाब संक्रमणको उच्च जोखिममा हुन्छन् । यसबाट बच्नका लागि हामीले गुप्तांगको सरसफाइमा ध्यान दिनुपर्छ । धेरै बेवास्ता गरेमा मिर्गौला नै खराब हुने खतरा बढ्छ । तसर्थ, हरेक ६ महिना वा १ वर्षमा आफ्नो पिसाबको जाँच गर्नुपर्छ ।
पिसाब चुहिने समस्या- अनियन्त्रित रुपमा पिसाब चुहिने वा नथामिने समस्यालार्ई चिकित्सकीय भाषामा युरिनरी इन्कन्टिनेन्स भनिन्छ । यो एउटा रोग होइन तर समस्या हो ।
स्ट्रेस इन्कन्टिनेन्स- पेटमा बल लाग्ने कुनै पनि कार्य गर्दा यदि पिसाब चुहिन्छ भने त्यो समस्यालाई स्ट्रेस इन्कन्टिनेन्स भनिन्छ । सबैभन्दा बढी मात्रामा देखिने पिसाब चुहिने प्रकार नै स्ट्रेस इन्कन्टिनेन्स हो । पिसाब थैलीबाट योनीसम्म एउटा नली हुन्छ, जसलाई युरेथ्रा भनिन्छ । कम्मर भित्रको मांसपेसी अर्थात् पेल्विक फ्लोर मांसपेसी कमजोर वा खुकुलो भयो भने युरेथ्रालाई राम्ररी बन्द गर्न सक्दैन । यो अवस्थामा हाँस्दा, उफ्रँदा वा भारी समान उचाल्दा पिसाब थैलीमा बल पर्छ र पिसाब चुहिन्छ ।
अर्ज इन्कन्टिनेन्स- यो समस्या पिसाब थैली अधिक सक्रिय हुने महिलामा पाइन्छ । छोटो अवधिमै पिसाब फेर्न हतार लाग्छ र रोक्न गाह्रो हुन्छ, जसका कारणले शौचालय नपुग्दै अनियन्त्रित रुपमा पिसाब चुहिन्छ । स्वयं पिसाब थैलीको रोग वा नशा रोगको कारणले र बढ्दो उमेरसँगै पिसाबथैली आधिक सक्रिय हुन्छ ।
मिक्स्ड इन्कन्टिनेन्स- कतिपय व्यक्तिहरुमा भने दुवै प्रकारको पिसाब चुहिने समस्या देखिन्छ । बढ्दो उमेर,वंशानुगत, गर्भावस्था,योनीद्वारा प्रसूति,पाठेघर निकालेपछि, रजस्वला रोकिएपछि, मोटोपना,स्नायु वा नशा रोग,मधुमेह,पिसाबको संक्रमण,आन्द्राका रोगहरु भएकाहरुलाई समस्या हुने संभावना प्रवल रहन्छ ।

प्राथमिक उपचार- कम्मर भित्रको मांसपेसी अर्थात् पेल्विक फ्लोर मांसपेसीलाई बलियो बनाउनु नै पिसाब चुहिने समस्याको प्राथमिक उपचार हो । पिसाब फेर्दै गर्दा बीचमा रोक्ने जसबाट बिरामीले आफ्नो पेल्विक फ्लोर मांसपेसीको खुम्च्याई पहिचान गर्नसक्छ । एकपटक पहिचान भइसकेपछि बिरामीले सो मांसपेसीलाई कम्तीमा १० सेकेन्ड खुम्च्याइराख्ने र छोड्ने गर्नुपर्छ । जति धेरै ग¥यो, त्यति चाँडो यो मांसपेसी बलियो हँुदै जान्छ । बिरामीको अवस्था हेरेर यो कसरत सुतेर, बसेर वा उभिएर जुन आसनमा पनि गर्न सकिन्छ ।

 

  • पिसाब संक्रमण हुनुको कारण र समाधानको उपाय
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0