Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पायल्स रोग, समस्या र समाधानको उपाय

प्रभातफेरी अनलाइन ९६७१ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन २५, मंगलबार (५ साल अघि)
पायल्स रोग, समस्या र समाधानको उपाय

आर.एल.श्रेष्ठ

 

पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ । दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।

पायल्स भएकाले खानुपर्ने कुराहरु

हरियो सागपात काँचै खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने, फलफुल को सेवन पनि प्रशस्तै गर्ने । खाना खाँदा मुला, काँक्रो, गाँजर खाने । नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरूलाई निकै फाइदा पुर्याउँछ । रेसादार खानाहरु धेरई खाने ।

पायल्सका बिरामीले के नगर्ने के नखाने

अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिने । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।

सावधानी

पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकता अनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ । हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने । यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहान बेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा पलाएको मासु बिस्तारै सुक्दै जान्छ र पायल्स पनि बिस्तारै कम हुँदै जान्छ ।

घरेलु उपचार

एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा रगत तथा पिप आउने जस्ता समस्या ठीक हुन्छ । कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ । नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ। मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउने गर्दा पनि कसैलाई राहत मिल्दछ। आफ्नो पिसाबले गद्द्वार धुने । नियमित रूपमा योग र शारीरिक व्यायाम गर्दा पनि सन्चो हुन्छ। यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलेकाही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।

 

 

  • पायल्स रोग
  • समस्या र समाधानको उपाय
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0