Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

थाइराइडको कारण हुने समस्या र लक्षण

प्रभातफेरी अनलाइन १२८२० पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख १५, बुधबार (४ साल अघि)
थाइराइडको कारण हुने समस्या र लक्षण

आर.एल.श्रेष्ठ
थाईराइडको कारण मानव स्वास्थ्यमा निकै असर पवुर्याएको हुन्छ । समयमा रोगको पहिचान नहुंदा विभिन्न किसिमको समस्याहरु निम्तन सक्छ । सुन्दा साधारण जस्तो लागे पनि थाइराइड निकै ठुलो समस्या हो । सजिलै रोगका लक्षण नदेखिने भएकाले यो रोग पहिचानमा समस्या हुने गर्दछ । जतिबेला यसको लक्षण देखापर्छ तब यसले निकै प्रभाव पारिसकेको हुन्छ ।

के हो थाइराइड ?
थाइराईड घाटीमा पुलती आकारमा हुने सामान्य एक प्रकारको ग्रन्थी हो । यसले थाइराइड हर्मोनको उत्पादन गर्छ । यदी उक्त हर्मोनले सही तरिकाले काम गरेन भने थाइराईडको समस्या देखा पर्ने गर्छ । यस्तोमा के के लक्षणले पहिचान गर्न सकिन्छ त थाइराइडलाई ?

१. घाँटी सुन्निने
हुनत घाँटी सुन्निनु थाइराईड मात्र नहुन पनि सक्छ । तर यदी कसैलाई बारम्बार घाटी दुख्ने, घाँटी सुन्निने समस्या छ भने थाइराइड हुनसक्छ । यस्तोमा घाँटीमा पीडा हुने, आवाजमा बद्लाव आउने, स्वर भारी हुने गर्दछ ।

२. तौलमा कमी
यदि कुनै परिश्रम बिना वा शारीरिक व्यायाम बिना कसैको तौल अचानक कम हुन्छ भने त्यस्ता व्यक्तिलाई थाइराइड भएको हुनसक्छ । थाइराईड ग्रन्थी अधिक मात्रामा सक्रिय हुदाँ पनि तौल अचानक कम हुन थाल्छ । यसले खानालाई शक्तिमा परिणत गर्ने प्रकृयामा ह्रास ल्याउँछ, जसका कारण खाना शक्तिमा परिणत हुन सक्दैन र तौल कम हुन थाल्छ ।

३. थकान
थाइराइडमा देखिने मुख्य लक्षण नै थकान हो । यदी कसैलाई शारीरिक परिश्रम बिनै थकान महसुस हुन्छ भने त्यो थाइराईडिज्मको संकेत हुनसक्छ । विशेषगरी हाइपर थाइराईडिज्ममा हुने अनिद्राका कारण शरीरमा दिनभर थकान महसुस हुने गर्छ ।

४. पेट सम्बन्धि गडबडी
हाइपो वा हाईपर दुवै किसिमका थाइराईडिज्ममा पेट सम्बन्धि समस्या निम्तने गर्छ । विशेषगरी हाइपो थाइराईडिज्म भएका मानिसहरुमा पाचनसम्बन्धि समस्या हुने गर्छ । जसका कारण उनीहरुमा कव्जीयत तथा पखालाको समस्या हुने गर्छ ।

५. महिनावारीमा गडबडी
हाइपो वा हाईपर दुवै किसिमका थाइराईडिज्ममा महिलाको महिनावारीमा गडबड हुने गर्छ । हाइपो थाइराईडिज्म भएका महिलाहरुमा ढिलो ढिलो महिनावारी हुने वा हुदै नहुने लक्षण देखा पर्छ भने हाइपर थाइराईडिज्म हुने महिलामा महिनावारी छिटो छिटो तथा आवश्यक्ता भन्दा बढी हुने गर्छ ।

६. यौन इच्छामा कमी
हाइपो थाइराइडिज्मले व्यक्तिको यौन इच्छामा समेत असर पार्दछ । यौन सम्बन्धप्रति रुची कम हुनु, हाइपर थाइराईडिज्मको लक्षण हुनसक्छ । यसमा थकान महसुस हुने, शरीर तथा मांसपेशीमा पीडा महसुस हुन, बेचैनी हुनु पनि कारक तत्व हुनसक्छ ।

७. बिर्सने समस्या
अधिक मात्रामा थाइराईको उत्पादनले मानिसको दिमागमा समेत असर पर्दछ । जसका कारण मानिसको स्मरण शक्ति कमजोर हुन थाल्दछ । यस अर्थमा यदी कसैलाई अचानक विर्सने रोग लागेको छ भने त्यो थाइराडको संकेत हुनसक्छ ।

८. बेचैनी
शरीरमा अधिक मात्रामा बेचैनी भएमा यसले थाइराईड भएको संकेत गर्दछ । विशेषगरी जब थाइराइड बढी मात्रामा सक्रिय हुन थाल्छ, त्यतिबेला शरीरले बढी मात्रामा थाइराईडको उत्पादन गर्न थाल्छ ।

जसका कारण शरीरमा तनाव तथा बैचीन उत्पन्न हुन थाल्छ । त्यस अलावा अधिक मात्रामा निद्रा लाग्नु वा अनिद्रा पनि थाइराईडको संकेत हुनसक्छ । मुड बद्लिने, जीउ आलश्य हुने, काम गर्न मन नलाग्ने पनि यसैको लक्षण हुन सक्छ ।

९. कपाल तथा छालामा परिवर्तन
थाइराईडका कारण कपाल तथा छालामा समेत समस्या उत्पन्न हुने गर्दछ । यसले कपाल रुखो हुने, झर्ने लगायतका समस्या देखिने गर्छ । त्यस्तै, छालामा पाप्रा जम्ने, छाला सुख्खा हुने लगायतका समस्या देखा पर्ने गर्दछ । छिटो छिटो कपाल बढ्नु तथा शरीरका विभिन्न अंगहरुमा कपाल पलाउनु पनि थाइराइडको संकेत हुने गर्छ ।

१०. जोर्नी तथा घुँडामा दुखाई
विना कुनै शारीरिक परिश्रम कसैमा घुडा तथा जोर्नीको दुखाई हुन्छ भने त्यो थाइराईडको संकेत हुनसक्छ । यस्ता दुखाईले दैनिकीमा असर पार्न सक्छ । सामान्य भारी उठाउदा घुडा तथा मांसपेशी दुख्ने, हात झनझनाउने वा सुन्निने समस्या भए थाइराइड हुनसक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0