Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नमोबुद्ध नगर क्षेत्र एक साता शिल गरिने

प्रभातफेरी अनलाइन ८४०५ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ ५, बुधबार (४ साल अघि)
नमोबुद्ध नगर क्षेत्र एक साता शिल गरिने

काभ्रे । नमोबुद्ध नगरपालिका क्षेत्र एक साताका लागि शिल गरिने भएको छ । नमोबुद्ध नगरपालिकाले नगरभित्र कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि बुधबार (आज) राती १२ बजेदेखि जेठ १२ गते राती १२ बजेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्र शिल गर्ने निर्णय गरेको हो ।


नगरभित्र समुदायस्तरमै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीब्ररुपमा बढ्दै गएपछि शिल गर्ने निर्णय गरिएको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिए । यो अवधीमा औषधि पसल, अस्पताल र अन्य स्वास्थ्य संस्था÷स्वास्थ्य सेवा प्रदायक बाहेकका अन्य खाद्यान्न पसल, तरकारी पसल, दुधजन्य पदार्थ पसल, मासुजन्य पसल, फलफूल पसल लगायतका सम्पूर्ण व्यवसायहरु शिल गरिएको अवधि भर पूर्ण रुपमा बन्द गर्न नगरपालिकाले अपिल गरेको छ । यस्तै बैंक, सहकारी, बिमा कम्पनी लगायतका वित्तीय संस्थाहरु शिल गरिएको अवधिभर पूर्णरुपमा बन्द गर्ने तथा अत्यावश्यक सेवा प्रदान गर्ने निजी तथा सार्वजनिक कार्यालय बाहेक अन्य सम्पूर्ण कार्यालयहरु शिल गरिएको अवधि भर पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।
यसैगरी निर्माण सामग्रीहरुको ढुवानी गर्ने सवारीसाधनहरु जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख भएको समय अनुसार गर्ने र निर्माण कार्यहरुको हकमा नेपाल सरकारले तोकेको सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई संचालन गर्ने तथा फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युतको सेवा दिने कार्यालय÷संस्थाले न्यूनतम कर्मचारी मार्फत नेपाल सरकारले तोकेको सम्पूर्ण स्वास्थ्यका आधारभूत सुरक्षा मापदण्ड अपनाई तथा पुरा गरेर मात्र सेवा प्रवाह गर्ने प्रबन्ध मिलाउने निर्णय गरिएको छ । यस्तै सूचना विभागबाट जारी भएको प्रेस पास लिनु भएका सञ्चारकर्मी, अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयका परिचय–पत्रबाट व्यहोरा खुल्ने कर्मचारी बाहेक अन्य व्यक्तिहरुको हकमा अत्यावश्यक भई स्थानीय प्रशासन वा जनप्रतिनिधिहरुलाई जानकारी गराएर बाहेक कोहि पनि घर बाहिर ननिस्कने र अत्यावश्यक सेवा प्रवाहमा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन प्रयोग नगर्ने निर्णय गरिएको नगर प्रमुख शर्माले बताए ।
नमोबुद्ध नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि यसअघि नै अत्यावश्यकबाहेक नगरपालिका कार्यालय, वडा कार्यालय र मातहतका कार्यालय बन्द गरिसकेको छ । नगरपालिकाले रोशी गाउँपालिकासँगको सहकार्यमा नमोबुद्ध ४ मा रहेको जनक क्याम्पसमा ४० बेडको आइसोलेसन स्थापना गरेको छ ।
सोमबारसम्मको तथ्यांकअनुसार नमोबुद्ध नगरपालिकामा सक्रिय संक्रमितको संख्या ८१ रहेको छ । त्यसमध्ये १० जना अस्पताल एवं संस्थागत आइसोलेसनमा रहेका छन् भने ७१ जना होम आइसोलेसनमा रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0