Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रोगले भन्दा अघि भोकले कोहि नमरौं

प्रभातफेरी अनलाइन ५४८९ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ २५, मंगलबार (४ साल अघि)
रोगले भन्दा अघि भोकले कोहि नमरौं

काभ्रे (बनेपा) । महान् उद्देश्यका साथ नेपाली कांग्रेस बनेपाले सामाजका अग्रज युवाहरूको सहकार्यमा स्थापना गरेको फुडबैंकले एक पछि अर्को सफलता प्राप्त गरेको र बनेपा नगरका अत्यन्त न्यून आय भएका परिवारको भान्साहरुमा चुलो बाल्ने कोसिसमा केहि मात्रामा भएपनि नेपाली कांग्रेस बनेपा सफल भएको भान भएको छ भन्नूहुन्छ नेपाली कांग्रेस बनेपा नगर समितिका सचीव एबम फुड बैंक बनेपाका संयोजक महेश कुमार कर्माचार्य ।
जुन उद्देश्यसहित फुड बैंकको हामीले आरम्भ गरेका थियौं त्यसले विस्तारै गति लिँदै गएको पाएका छौं । बनेपा नगरभित्र निषेधाज्ञापछि जुन सन्त्रास छाएको थियो, निषेधाज्ञाले ति मजदुरहरुमा यो अभियानले मलमपट्टि लगाउने काम गरेको हुनुपर्छ । नितान्त मानवीय भावनाले स्थापना गरिएको फुड बैंकले यथार्थमै मानवीय सेवा पु¥याएको हाम्रो ठम्याई छ । बनेपा नगरका १४ वटै वडाभित्र रहेका विपन्न, कमजोर आर्थिक अवस्था भएका परिवारका साथै दैनिकी ज्याला मजदूरी गरेर साँझ बिहान छाक टार्नेहरुका लागि केही राहत पु¥याउने हाम्रो ठहर छ ।
पहिलो चरणमा वितरण गर्नकै लागि पनि झण्डै २१ लाख बराबरको आर्थिक भार बहन गर्नुपर्ने तथ्यांक हाम्रा सामु छ । त्यसलाई पारदर्शी ढंगबाट वितरण गर्नु हाम्रो दायित्व र लक्ष्य पनि हो । त्यसैले पनि वडाको सिफारिसमा स्वतन्त्र निष्पक्ष ढंगबाट प्राप्त सिफारिसको आधारमा वितरण गर्ने जमर्काे गरेका छौं । जसबाट यो मानवीय सेवामा सहयोग पु¥याउने दाताहरुलाई सन्तुष्टि मिल्ने विश्वास लिएका छौं । सयौं दाताहरुले जुन विश्वासका साथ फुड बैंकमा सहयोग गर्नुभएको छ, त्यो विश्वासलाई अझै गाढा बनाउने अठोटका साथ हामी मानवीय लागिरहेका छौं । यो विपद्को घडिमा जोसँग जे सकिन्छ त्यहीँबाट सहयोगको हात जुटाऔं र महामारीका विरुद्ध ऐक्यबद्धता जाहेर गरौं भन्ने अठोट हाम्रो टिमले लिएको संयोजक कर्माचार्यको तर्क छ ।
उहाँको थप कथन थियो– बनेपा नगरभित्र समितिले आँकलन गरेभन्दा धेरै पिडितहरु भेटिएको खुलासा गर्नुहुँदै राज्यले आफ्नो उपस्थिति नजनाइरहेको अवस्थामा स्थानीय युवाहरुको पहलमा जुन मानवीय कार्य सुरु गरिएको छ । त्यसबाट पिडितहरुले केही राहत महसुस गरेको हुनुपर्छ भन्ने निचोडमा समिति पुगेको उहाँले बताउनुभएको छ ।
यसैगरी फुड तथा मेडिसिन बैंकका अगुवा, हस्ति नेपाली कांग्रेस बनेपा नगर समितिका कोषाध्यक्ष सहकारी अभियन्ता अमन पोटेको तर्क छ– आपत्को घडिमा मानवीय सेवा पु¥याउनु नै ठूलो उपलब्धी हो । जुन लक्ष्यसहित हाम्रो टिम अगाडि बढ्ने जमर्काे ग¥यो, त्यो त्यति सहज थिएन तर आज जुन लक्ष्य प्राप्त गरेको छ, त्यसले मानवीय सेवामा लाग्नेहरुका लागि उर्जा प्राप्त भएको छ । त्यसमा तमाम मानवीय जनको अतुलनीय सहयोग भएको छ । जसका कारण केही दिनभित्रै पहिलो चरणको वितरण पूरा हुनेछ । वडा नं. १ देखि १४ सम्मको तथ्यांकलाई हेर्दा आर्थिक रुपमा निकै चुनौती नआएका होइनन् तर पनि विपन्न परिवारका लागि केही न केही राहत यो अभियानले मिल्यो भने विश्वास हामीले लिएका छौं । हामी यो महामारीका विरुद्ध निरन्तर रुपमा लागिरहने छौं । यसमा हाम्रो कुनै निजी स्वार्थ जोडिएको छ भने त्यो मानवीय स्वार्थ मात्रै हो । तसर्थ, फुड तथा मेडिसिन बैंकमा जोडिनुभएका प्रत्येक स्वाभिमानी हातहरुले सहयोग पु¥याउनेमा अझै हामी आशावादी छौं । विश्वास छ, यो महामारीमा कोही भोको बस्नुपर्ने छैन । यो हाम्रो प्रतिबद्धता हो ।
विगतमा हाम्रो टिमले यस्तै किसिमको मानवीय कार्य गरेको थियो । त्यसको प्रेरणाबाट यो अभियान अगाडि बढाएका छौं । यदि कोहि पिडित छुट्न पुग्नुभएको छ भने सोझै समितिमा आफ्नो पिडा राख्न सक्नुहुन्छ, हामी निस्वार्थ सहयोग गर्ने अठोटका साथ सेवामा आएका छौं । आशा छ, बनेपा नगरभित्र आश्रितले भोको रहनुपर्ने छैन । यो हाम्रो टिमको मानवीय प्रतिबद्धता पनि हो । त्यसैले पनि सहयोगी हातहरु एकपछि अर्काे गर्दै बढिरहेका छन् । ति सयौं सहयोगी हातहरुप्रति आभारी छौं हामी । आगामी दिनमा पनि यस्तै किसिमको सहयोगको अपेक्षा राख्छौं भन्नुहुन्छ ने.का. नगर कोषाध्यक्ष पोटे ।
मंगलबार साँझसम्म ५ सय घरपरिवारलाई राहत वितरण गरिसकेको र आगामी हप्तासम्म बाँकी पिडितहरुलाई राहत उपलब्ध गराइसक्ने फुड बैंकका सञ्चालकले जनाएका छन् । राहत ग्रहण गर्ने पिडितहरुको कुनै पनि अभिलेख सार्वजनिक नगर्ने निर्णय अनुसार कुनै पनि शुभचिन्तकहरुले फोटो खिचे पनि सार्वजनिक नगर्न फुड तथा मेडिसिन बैंकले आग्रह गरेको छ । सोही अनुसार यो पंक्तिकारले पनि राहत ग्रहण गर्ने महानुभावहरुको आत्मसम्मानमा ठेस नपुगोस् भन्नाका खातिर फोटोहरु नराख्ने निर्णयमा पुगेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0