logo
२०८३ श्रावण १, शुक्रबार |
📰
🔍

महासंघद्वारा आपत्ति प्रकट

प्रभातफेरी अनलाइन९४०७ पटक पढिएको प्रकाशित मिति: ५ साल अघि (५ साल अघि)
महासंघद्वारा आपत्ति प्रकट

काठमाडौं । पछिल्लो समय प्रकाशित समाचारहरुर्ला लिएर पत्रकारहरुलाई धम्क्याउने क्रम बढेको छ । जसबाट पेशाप्रति इमान्दार पत्रकारहरुलाई विचलित बनाउने श्रृंखलाहरु क्रमशः बढिरहेका छन् । जसको पछिल्लो नमूना कास्की जिल्लामा भएका घटनालाई लिएर नेपाल पत्रकार महासंघले जारी गरेको विज्ञप्ति प्रतिनिधि पात्रको रुपमा उभिएको छ । यसले मुलुकमा कस्तो किसिमको वातावरण बनिरहेको छ भन्ने बारेमा पत्रकारहरु अब अनविज्ञ रहेनन् । तसर्थ, सरोकारवाला निकायले यि विषयमा गम्भीर चासो राख्न आम पत्रकारहरुको ऐक्यबद्धता रहेको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै कास्की शाखाका सदस्य एवं ताण्डवन्यूज डटकमका सम्पादक अर्जुन गिरीलाई समाचारको विषयलाई लिएर अज्ञात व्यक्तिले फोनबाट धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता गतिविधिप्रति घोर आपत्ति जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ– महासंघ कास्की शाखाका अनुसार उक्त अनलाइनमा प्रकाशित ‘नुभिव हत्या प्रकरणको’ समाचारलाई लिएर महासंघका पूर्वपदाधिकारीको नाम लिँदै समाचार हटाउन र नहटाए नराम्रो हुन्छ भन्दै सम्पादक गिरीलाई अज्ञात व्यक्तिले फोनबाट धम्क्याएको कास्की शाखाद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यस उपर कानुनी प्रक्रिया जान सकिने प्रावधान हुँदाहुँदै यस किसिमले धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम हो । पत्रकारलाई पेशाप्रति हतोत्साहित बनाउने यस किसिमका धम्कीको कडा शब्दमा भत्र्सना गर्दछ । घटनामा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ भनी महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।