Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौतीमा पार्टीगत विभेद छैनः नगर प्रमुख

प्रभातफेरी अनलाइन ६२६४ पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ १५, मंगलबार (४ साल अघि)
पनौतीमा पार्टीगत विभेद छैनः नगर प्रमुख

काभ्रे (पनौती) । पनौती नगरका प्रमुख भिम न्यौपानेले नगरको बिकास निर्माण कार्यको लागि कुनै पनि दलगत विभेद नभएको बताउनु भयो ।
नवौं नगरसभामा नेपाली काँगे्रस तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु नगरसभामा उपस्थिति नजनाए पनि विकास निर्माण कार्यमा कुनै भिन्नता साथै पक्षपात नभएको नगरले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।
नगरसभाको दोश्रो दिन २३ जना जनप्रतिनिधिहरु उपस्थित हुनु भएन सायद उहाँहरुमा केही असन्तुस्टि हुन सक्छ । उहाँहरुले सामान्यतया प्रतिपक्षको जस्तो भुमिका निर्वाह गर्नुभयो तर उहाँहरु र हामीविबच दाम्लो चुडिएको अवस्था भने छैन ।
कांग्रेसबाट निर्वाचित भएका वडाहरुमा बजेटमा बिभेद गरिएको भन्ने आरोप गलत भएको बताउदै नगरप्रमुख न्यौपानेले बजेटमा सबै क्षेत्रलाइ समेट्दा वडाबाट शिफारिस भएर आएका बजेटमा केहि रकम तलमाथि परेको हुन् सक्ने उल्लेख गर्नुभयो। तर पार्टीगत हिसाबले पनौतीका कुनै पनि वडालाई बजेटमा विभेद नगरिएको उहाँले स्पष्ट पार्नुभयो।
पनौती नगरपालिकाका नगरप्रमुख भीम न्यौपानेले नगरपालिकाभित्रका कुनैपनि वडालाई बजेटमा विभेद नगरिएको बताउनुभएको छ । उहाँले थप्नुभयो नवौं नगरसभाबाट पारीत बजेट मात्र नभई आफ्नो पुरै कार्यकालमा नगरको कुनैपनि वडामा बिभेद नभएको ठोकुवा गर्नुभयो ।
प्रकाशित समाचारहरुको बारेमा चर्चा गर्नुहुँदै जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि भनेजस्तै पनौती नगरपालिका वडा नं. २ र १२ को आसपास क्षेत्रमा देखिएको प्राकृतिक विपद्का बारेमा समाचार आएपछि नगरको ध्यान केन्द्रित हुन पुग्यो । जसबाट त्यस क्षेत्रमा हुनसक्ने अप्रिय घटनाको लागि तत्काल रोकथाम गर्न सकिएको बताउनुभएको छ ।
झण्डै–झण्डै १५÷२० फिट जमिन च्यातिएका कारण स्थानीयहरु सन्त्रासमा जिउन विवश थिए । जसबाट भालेश्वर हुँदै त्रिवेणीघाटसम्मको बस्ती जोखिम अवस्थामा पुगेको थियो । त्यसका लागि नगरले तत्काल प्रक्रिया अगाडि बढाएको छ भने त्यस्तै उक्त बस्तीमा बसोबास गर्ने एक परिवारका लागि लाखौं रुपैयाँ खर्च गरेर विद्युतीकरणको स्तरोन्नती गरिएको नगर प्रमुख न्यौपानेले बताउनुभएको छ ।
गत हप्ता खानीको कारण भू–बनौट नै अस्तव्यस्त भएर धाँजा फाटेको वृत्तचित्र सार्वजनिक भएपछि नगरको ध्यान गएको थियो । तत्पश्चात् उक्त बस्तीका बारेमा नगरपालिका गम्भीर बन्न पुगेको नगर प्रमुख न्यौपानेको तर्क थियो । पनौती नगरपालिका १२ का स्थानीय बालकृष्ण केसीले समग्र स्थानीयको भावनालाई सम्बोधन गर्ने क्रममा यो समस्याको मुख्य जड भनेको खानी रहेको कारण उक्त भूभाग २० देखि २५ फिट तल खसिसकेको छ । यदि तत्कालै सो स्थानमा चासो राखिएन भने मेलम्ची र जुरे बिर्साउने गरी रोशी छेकिने छ । त्यसले भालेश्वरदेखि त्रिवेणीसम्मका बस्तीहरुलाई जोखिममा पु¥याउने छ । यो खतराको घण्टी बजिसकेको छ । यहाँसम्म कि बढे बढेमाका भैंसी छिर्ने चिराहरु प्रष्टै देख्न सकिन्छन् । त्यसबाट पनि प्रष्ट हुन्छ, कुनै पनि बेला यो भूभाग खसेर रोशी छेक्नेछ । जसको कारण पनौती फेरि एकपटक विपत्को आँधीबेरीमा फस्नेछ ।
त्यसैले सम्बन्धित निकायले समयमै ध्यान पु¥याओस् भन्ने अभिप्रायले नगरपालिका लगायत सम्बन्धित निकायमा जानकारी गराइसकेको केसीले बताएका छन् । एकातिर कृत्रिम पहाड सिर्जना भएको छ, अर्काेतिर खानीले वातावरण प्रदुषित बनाएको छ । जसका कारण सो बस्ती दिनप्रति दिन जोखिमतर्फ धकेलिएको छ ।
स्मरण रहोस्, त्यसरी धाँजा फाटेर जाने क्रममा उक्त स्थानमा रहेको विद्युतीकरण समेत अवरुद्ध भएको थियो । जब समाचार सार्वजनिक भयो, तत्कालै पनौती नगरको पहलमा विद्युत प्राधिकरणले युद्धस्तरमा मर्मत सम्भारका पक्षमा चासो दिएको स्थानीयले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0