Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थानीय सत्ताले विकासको नाममा शक्तिको दुरुपयोग ः नेता खुलाल

प्रभातफेरी अनलाइन ४३४१ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण २७, बुधबार (४ साल अघि)
स्थानीय सत्ताले विकासको नाममा शक्तिको दुरुपयोग ः नेता खुलाल

काभ्रे चापखोला । कार्यक्रममा माओवादी केन्द्रका पनौती नगर कमिटी इन्चार्ज होमबहादुर खुलालको कथन थियो– सत्ताको चरम दुरुपयोग गरिएको स्थानीय सत्ता भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुहुँदै निष्ठावान् कार्यकर्ताहरुमाथि ज्यादतिपूर्ण व्यवहार गरिएको हुँदा गम्भीर हुनपर्ने अवस्था आएको उजागर गर्नुहुँदै जसको एजेण्डा उसको नेतृत्वलाई सार्थक बनाउन कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम लिएर बस्ती छिरेको बताउनुभएको थियो । स्थानीय सत्ताले विकासको नाममा शक्तिको दुरुपयोग गर्दै जनतामाथि अन्याय, अत्याचार गरिरहेको र जुन किसिमका नीतिगत भ्रष्टाचार भएका छन्, त्यसका विरुद्ध सशक्त रुपमा आवाज बुलन्द गर्नुको विकल्प नभएको नेता खुलालको टिप्पणी थियो ।
२० वर्षसम्म नेतृत्वविहिन स्थानीय सत्ताले नेतृत्व पाएपछि केही देखावटी परिवर्तन त भएको छ तर त्यसभित्र अनगिन्ती नीतिगत भ्रष्टाचारहरु भएका छन् । त्यसका बारेमा खबरदारी गर्दै जानुको विकल्प माओवादीसँग नभएको स्पष्ट पार्दै आफ्ना आसेपासे र गौंडेहरुको पृष्ठपोषण गर्ने प्रवृत्तिको खुलेर सामना गर्न ढिला भइसकेको स्मरण गराउँदै खरिद नियमावलीलाई लत्याउँदै विकासका नाममा खडा भएका उपभोक्ता समिति मार्फत् जुन कामहरु भएका छन् ति अवैध हुँदाहुँदै पनि नगरवासीले स्वीकार्नुपर्ने अवस्था आउनु दुःखद पक्ष हो । त्यसैल नगरपालिकाले बहुमतको नाममा जुन किसिमको ज्यादति बढाएको छ, त्यो नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्ने एउटा अश्रको रुपमा देखिएको छ । अझ मनन् योग्य कुरा त ५÷५ करोडको योजनाहरु उपभोक्ता मार्फत् ठेकेदारलाई दिनु कुन नीतिमा छ ? यो के नीतिगत भ्रष्टाचार होइन ? यस्ता हजारौं नीतिगत भ्रष्टाचारका फाइलहरु बन्द कोठामा राखिएका छन् । यो नितान्त दुरुपयोग मात्र होइन, नगरवासीमाथिको बेइमानी पनि हो । त्यसतर्फ माओवादीहरु गम्भीर हुँदै खबरदारी गर्नुपर्ने अवस्था आएको नेता खुलालको टिप्पणी थियो ।
उक्त प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई यादव ढुंगेल (जमिन), रमेश हुमागाईं, जे.एन. सापकोटा, हस्तबहादुर तामाङ, माधव हुमागाईं लगायतका वक्ताहरुले समसामयिक विषयमा भेलामा सहभागी कार्यकर्ताहरुलाई प्रशिक्षित गराउनुभएको थियो ।
भेलाले पनौती नगरपालिका वडा नं. २ माओवादी कमिटी पुनर्गठन गरेको छ । जसको अध्यक्षमा नारायण प्रसाद सापकोटा, सचिवमा जयराम आचार्य, सदस्यहरुमा कपिलमुनि हुमागाँई, रामसुन्दर लामिछाने, सावित्री बस्नेत, बिन्दा नेपाली, बिसु थापा, रमेश आचार्य, राजेश अधिकारी, भिम प्रसाद बजगाँई, भरत आचार्य, पञ्चामाया तामाङ र बिन्दा तामाङ त्यस्तै वडा नं. ३ को अध्यक्षमा बिदुर थापा, सचिबमा जि एन सापकोटा, सदस्यहरुमा बुद्ध तामाङ, पुर्ण गौतम, सुभाष तामाङ, डिल्ली प्रसाद सापकोटा, कमान सि तामाङ, तेज बाहादुर थापा, नबराज कार्की, विद्युत् तामाङ र सविन सापकोटा चयन गरेको छ । सो दिनमा काभ्रे जिल्लाका १३ वटै स्थानीय तहका दर्जनौं वडाहरु पुनर्गठित भएको नेकपा माओवादी केन्द्र जिल्ला कमिटीले जनाएको छ ।
कार्यक्रममा कम्युनिष्ट आन्दोलनमा अनुकरणीय भूमिका निर्वाह गरेकोमा शिवप्रसाद सापकोटा (लौरी बा) लाई सम्मान पत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0