Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

युवाहरु राष्ट्र निर्माणका संवाहक हुन् ः नेता शाह

प्रभातफेरी अनलाइन ८५२८ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २, बुधबार (४ साल अघि)
युवाहरु राष्ट्र निर्माणका संवाहक हुन् ः नेता शाह

बनेपा । अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा युवा संघ काभ्रेले आयोजना गरेको वृक्षारोपण कार्यक्रमका सम्बन्धमा आफ्नो प्रतिक्रिया राख्दै आजका युवाहरु राष्ट्र निर्माणका संवाहक हुन् । त्यसैले कसैको बिकाउको गोटी बन्न नहुने नेकपा एमाले जिल्ला सदस्य एवं युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले दिनुभएको छ ।


नेपालका युवाहरुलाई कसरी परजीवि बनाउने भनेर साम्राज्यवादीहरु लागिपरेका छन् । आज जसरी युवाहरु वृक्षारोपणतर्फ अग्रसर भएका छन्, त्यसैगरी समाज रुपान्तरणमा आफूलाई समर्पण गर्नुको विकल्प छैन । पछिल्लो समय युवाहरुमा मौलाएको विकृतिका बारेमा चर्चा गर्दै नेता शाहको थप कथन थियो– मुलुकका कर्णधार भनेर गनिएका युवाहरु एकपछि अर्काे गर्दै राजनीतिक रुपमै विकृति, विसंगतितर्फ उन्मुख भएको तथ्य हाम्रासामु छ । त्यसैले त्यस किसिमका गतिविधिबाट हामी युवाहरु टाढा रहनु आवश्यक देखिएको छ । यदि हामीले आफूलाई रुपान्तरण गर्दैनौं भने हामीले लिएको उद्देश्य पनि अर्थहिन हुनेछ र यो मुलुक दुर्घटनामा नजाला भन्न सकिँदैन । त्यसैले तमाम न्यायप्रेमी युवाहरुले समाजमा मौलाएको विकृति, विसंगतिलाई चिर्दै समृद्ध मुलुक निर्माणका लागि आफूलाई समर्पण गर्नुपर्ने नेता शाहको कथन थियो ।
राजनीतिलाई घृणाको रुपमा हेर्ने अवस्था सिर्जना कसले ग¥यो ? त्यसतर्फ हामी युवाहरु चनाखो हुन आवश्यक छ । यदि हामीले त्यस्ता किसिमका गतिविधिहरुलाई समयमै चिर्न सकेनौं भने यसले गम्भीर दुर्घटना निम्त्याउने छ । यो राम्रो संकेत होइन । त्यसतर्फ पार्टी नेतृत्वदेखि राज्यका उपल्लो तहमा रहेका व्यक्तित्वहरुले नीति निर्माणमा समेत चनाखो रहनुपर्ने अवस्था आइपरेको छ । युवाबिना कुनै पनि मुलुक समृद्धतर्फ लम्केको इतिहास छैन । त्यसैले नेपालमा जुन समस्या भित्रिएको छ, त्यो अत्यन्तै डरलाग्दो र चुनौतीको रुपमा देखिएको छ । यदि तत्काल त्यसतर्फ ध्यान नदिने हो भने पुर्खाले आर्जेको हाम्रो पहिचान नै नगुम्ला भन्न सकिन्नँ । तसर्थ तत्काल युवा सम्बन्धी नीति नै बनाएर युवा आकर्षित योजना सहित सरकार अगाडि आउनुको विकल्प नरहेको नेता शाहको टिप्पणी थियो ।
आज हाम्रा गाउँबस्तीहरु युवाविहिन भएका छन् । त्यहाँ देखिएका दृश्यले नेपालको भविष्य कता जाँदैछ भन्ने दिशा निर्देश गर्दछ भन्नुहुँदै तत्काल राजनीतिक स्थिरताका लागि नेतृत्वले सुझबुझका साथ आफूलाई अगाडि बढाउनुपर्ने अवस्था आइपरेको छ । आज जुन राजनीतिक घटनाक्रम विकास भएको छ, त्यसतर्फ आजका युवाहरुले गम्भीर रुपमा चासो लिनुपर्ने देखिएको छ । त्यहाँभित्र फैलिएका नकारात्मक सन्देशहरुलाई चिर्दै यथार्थ युवामाझ पस्कनुपर्ने दायित्व तमाम युवाहरुको रहेको नेता शाहले बताउनुभएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य ईश्वर बञ्जाराको प्रतिक्रिया थियो– जसरी आज युवाहरु वृक्षारोपणमा सरिक हुनुभएको छ, यसले के सन्देश दिन्छ भन्ने बारेमा चर्चा गरिराख्नु परेन तर समाजमा यसले पार्ने प्रभावका बारेमा भने चनाखो हुन आवश्यक छ । हामी युवाहरुलाई विकृत राजनीतिक मानसिकताले अझै विकृत बनाएको छ । त्यसतर्फ गम्भीर भएनौं भने हामी युवाहरु कसैका खेलौना बन्नुको विकल्प छैन । त्यसैले समयानुकुल राजनीतिक रुपमा आफूलाई रुपान्तरण गर्नुछ भने सोही अनुसारको सिद्धान्त, आस्था, विचार र नीतिको अख्तियार गर्न आवश्यक छ ।
पछिल्लो समय एमाले ओलि कित्ताभित्र देखिएको जालझेलको संस्कृतिले हामी युवालाई बर्बादीतर्फ धकेलेको तथ्य हाम्रा अगाडि छ । हामीबिच मौलाएको झुटको खेतीलाई कति दिन प्रशय दिने त्यसतर्फ हामी युवा चनाखो हुन जरुरी छ । अन्यथा जालझेल र छलछामको सिकार भइरहने छौं । त्यसैले सही समयमा सही निर्णय गरेर प्रत्येक युवाहरु गोलबन्द हुँदै जालझेल, छलछामलाई चिर्दै संगठित हुनुको विकल्प छैन । यात्रामा के राम्रो, के नराम्रो छुट्याउन अन्यौलता हुन्छ नै । त्यसबाट आफूलाई परिमार्जित गर्दै कस्तो खालको संगठन निर्माण गर्दा पार्टीले अख्तियार गरेको समाजवाद उन्मुख बाटो पहिल्याउन सकिन्छ, त्यसतर्फ हामी युवाहरु चनाखो भएर संगठित हुनुको विकल्प नभएको बञ्जाराको तर्क थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0