काभ्रे । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि१ एम.डि. ३२५ नेपालको पहलमा पनौती नगरपालिका वडा नं. २ किमाडोलमा रहेको अति विपन्न २८ परिवारको मुहारमा खुशियाली आउने पनौती नगरपालिका वडा नं. २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले बताउनुभएको छ ।
उहाँका अनुसार आफ्नो खेतबारीको उब्जनीले वार्षिक ३ महिना पनि टिक्न मुस्किल हुने अति विपन्न २८ परिवारका झण्डै साढे २ सय नगरवासीमा खुशियाली ल्याइदिन लागेकोमा नगरपालिकाको तर्फबाट र वडावासीको तर्फबाट डिष्ट्रिक गभर्नर लायन विश्वेश्वर आचार्यप्रति आभार व्यक्त गर्दै लायन्स क्लबको मर्म र उद्देश्यका बारेमा व्यवहारिक रुपले पिछडिएको वर्गको उत्थानको लागि समर्पित हुन खोज्नु पक्कै पनि सकारात्मक पक्ष भएकै कारण नगरले अति विपन्न जनजातिको शतप्रतिशत बाहुल्यता रहेको इमान्दार समुदायका लागि उक्त योजना कार्यान्वयनका लागि सहकार्य गर्न तत्परता देखाएको वडा अध्यक्ष अधिकारीले बताउनुभएको छ । डिष्ट्रिक ३२५ बि१ एम.डी. ३२५ नेपालको सामाजिक दायित्व अन्तर्गतको योजनालाई त्यो बस्तीसम्म पु¥याउने पहल गरेका हौं । आशा छ, अति इमान्दार समुदाय जो कृषिमा मात्र निर्भर रहेर आफ्नो गुजारा टारिरहेको छ, त्यसले नयाँ बिहानी पाउनेमा नगरपालिका आशावादी रहेको अध्यक्ष अधिकारीको तर्क थियो ।
नमूना बस्तीका बारेमा डिष्ट्रिक ३२५ बि१ एम.डी. ३२५ नेपालका गभर्नर आचार्यले एक समारोहलाई सम्बोधन गर्ने क्रममा “सर्भिस फर अ स्माइल” डिष्ट्रिक गभर्नरको यो वर्षको नारालाई सार्थक बनाउने प्रतिबद्धतासहित जुटेका लायनहरुप्रति काभ्रे जिल्लामा रहेका डिष्ट्रिक ३२५ बि१ एम.डी. ३२५ नेपालसँग आबद्ध ७ वटा लायन्स क्लबहरुको संयुक्त पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्न काभ्रे आइपुग्नुभएका डिष्ट्रिक गभर्नर आचार्यले लायनको पहिचान खुल्ने काम गर्दैनौं भने सर्वसाधारण नागरिकभन्दा हामी कसरी फरक भयौं त ? त्यसैले निम्न स्तरका नागरिकहरुको दिगो विकासका लागि ५०÷५० प्रतिशतको साझेदारीमा डिष्ट्रिक काम गर्न तयार भएको बताउनुभएको छ ।
सम्बोधनकै क्रममा गभर्नर आचार्यले पनौती नगरपालिका वडा नं. २ किमाडोलमा बनाउन लागिएको नमूना बस्तीका बारेमा प्रतिक्रिया दिँदै जसको नमूना, नमूना बस्ती किमाडोललाई उदाहरणको रुपमा लिन सक्ने बनाऔं । मुलुकमा मौलाउँदै गएको परनिर्भरतावादी संस्कारबाट निम्न आयस्तर भएका आम नागरिकहरुलाई उठाउने हो भने राहत होइन, उद्यमशीलतातर्फ आकर्षित गर्नुको विकल्प छैन । अब लायनले राहतमुखी कार्यक्रमलाई विस्तारै छोडौं । तत्काल अवस्थामा आकस्मिक कुनै त्यस्ता परिस्थितिजन्य घटनाबाहेक अन्य अवस्थामा राहत भन्ने शब्द नै प्रयोग नगरौं । कम्तिमा पनि आफैं जिउनुपर्छ भन्ने संस्कारको विकास गरौं । म आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने चेतना नागरिकमा जगाऔं । त्यसका लागि प्रत्येक लायनले आ–आफ्नो स्थानबाट फरक फरक किसिमले प्रस्तुत हुने जमर्काे गरौं । त्यस्तै जीवनस्तरलाई जीवनोपयोगी बनाउनका लागि लायन्स क्लबले नमूना किसिमले समाजमा आफूलाई प्रस्तुत गर्नुको विकल्प छैन । नेपालको भूगोल र यहाँको आर्थिक अवस्थालाई मनन गरेर कमजोर आर्थिक अवस्था भएका आम नागरिकको जीवनमा दिगो खुशी ल्याउन सक्नु नै लायन्सको प्रमुख उद्देश्य सम्झिँदै कार्यक्षेत्रमा समर्पित हुनु आजको आवश्यकता रहेको गभर्नर आचार्यको कथन थियो ।
यसका लागि हामीले साना तथा मझौला उद्यमतर्फ आकर्षित बनाउने योजनाहरु लायन्स क्लबले अपनत्व लिने गरी अगाडि बढाउनु प¥यो । लायन्सका बारेमा अझै पनि हाम्रो समाजले राम्रोसँग बुझ्न सकेको छैन । त्यसैले बेला बेलामा लाग्ने आरोपहरुलाई मिथ्या सावित गर्नका लागि स–सानो काम नै ठूलो हुन्छ भन्ने सन्देश प्रवाह गर्न सक्नुप¥यो । यसका लागि प्रत्यक्ष रुपमा देखिने र प्रभाव पार्ने खालका कामहरुमा जागरुक बनौं भन्नुहुँदै गभर्नर आचार्यको थप कथन थियो– पैसा मात्र ठूलो कुरा होइन, मन पनि ठूलो हुनुपर्छ । पद हस्तान्तरण कार्यक्रमतर्फ इंकित गर्दै गभर्नर आचार्यको टिप्पणी थियो– आफू भए ठिक, अरु भए बेठिक भन्ने र गर्ने संस्कारबाट हामी लायनहरु माथि उठ्नुपर्ने अवस्थामा पूर्वजहरुले देखाएको गतिविधिलाई सचेत गराउन पछि पर्नु भएन । जिम्मेवारी बहन गर्न त तयार हुनुहुन्न भने तपाईंबाट समाजले के अपेक्षा र आशा राख्ने ? लायनहरुको यो महत्वपूर्ण चाडमाथिको तपाईंहरुको बुझाइमा परिवर्तन हुन आवश्यक छ । अन्यथा हामी लायन र राजनीतिककर्मीहरुमा के नै फरक रह्यो र ! त्यसैले तत्–तत् तहमा रहनुहुने जिम्मेवार नेतृत्वहरुले आफ्नो दायित्व, जिम्मेवारी, कर्तव्य सोही अनुरुप निर्वाह गर्नु आजको आवश्यकता हो । जिम्मेवारी लिनुहुन्छ भने पालना पनि त्यही अनुरुप गर्नु सिक्नुस् भन्नुहुँदै आगामी यात्रामा यस किसिमको आभाष डिष्ट्रिकले महसुस गर्ने वातावरण नबनोस् भन्दै वर्ष २०२१/२२ का पिभीएसटी एवं कार्यसमितिहरुको कार्यकालको सफलताको शुभकामना सहित शपथ खुवाउनुको साथै गभर्नर पिनबाट कार्यक्रमका प्रमुख अतिथि एवं डिष्ट्रिक गभर्नर आचार्यले सहभागी लायनहरुलाई सम्मान गर्नुभएको थियो ।
डिष्ट्रक फस्र्ट लेडी लायन सिया लामिछाने, प्रथम भि.डि.जि. लायन महेन्द्र पौडेल, दोस्रो भि.डि.जि. लायन मणि रत्न बज्रचार्य, डिष्ट्रिक सचिव लायन दुर्गा प्रसाद हुमागाई, डिष्ट्रिक कोचिफ एडभाईजर लायन सुमन भट्ट, डिष्ट्रिक कोचिफ एडभाईजर लायन मिरा बज्रचार्य, डिष्ट्रिक कोचिफ एडभाईजर पार्वती खरेल, क्लस्टर प्रमुख मन कृष्ण श्रेष्ठ, मोडेलभिलेज चिफ लायन पवन थापा, रिजन चियरपर्सन लायन प्रधयूमन श्रेष्ठ, जोन चियरपर्सन लायन प्रकाश श्रेष्ठ तथा लायन प्रिती शेर्पा लगायतले लायन्स क्लबहरुले समाज रुपान्तरणमा खेलेका भूमिकाहरुको चर्चा गर्दै डिष्ट्रिक गभर्नरले कल्पना गरेको नमूना बस्ती र वेलफेर बैंकको महत्वको बारेमा चर्चा गर्दै आ–आफ्ना धारणा राख्नुभएको थियो ।
उक्त पदस्थापना कार्यक्रम क्लस्टर २५, रिजन ५२ , जोन १०५ र १०६ अन्तर्गत काभ्रेका लायन्स क्लबहरु काठमाण्डौं इन्द्रेश्वर, काठमाडौं काभ्रे धुलिखेल, काठमाडौं सञ्जिवनी धुलिखेल, काठमाडौं चण्डेश्वरी, काठमाडौं टेम्पल चण्डेश्वरी, काठमाडौं पिस काभ्रे, काठमाडौं नाला काभ्रेको संयुक्त पदस्थापना कार्यक्रम जिल्ला गभर्नर लायन आचार्यको प्रमुख आतिथ्यतामा सम्पूर्ण क्लबका लायन वर्ष २०२०–२०२१ का अध्यक्षहरुलाई हार्दिक बधाई तथा लायन वर्ष २०२१–२०२२ का अध्यक्षहरुलाई शुभकामना दिँदै सम्पन्न भएको कार्यक्रमको संयोजक जोन चियरपर्सन लायन प्रकाश श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता पहिलो सत्रमा लायन देगमराज शाक्य र दोस्रो सत्रको अध्यक्षता लायन अल्का जोशीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन लायन रमेश श्रेष्ठले गर्नुभएको थियो ।
पनौती नगरपालिका र डिष्ट्रिक गभर्नरबीच एक कार्यक्रमका बिच आजै सहमति भएको छ । यस सहमतिले गभर्नरको मोडेल भिलेजको धारणालाई मूर्त रुप प्राप्त हुने सरोकारवाला पक्षको दाबी रहेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |