काभ्रे । नेपाल रेडक्रस सोसाइटीको ५९औं स्थापना दिवसमा आयोजित झण्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला शाखा काभ्रेका अध्यक्ष नारायणप्रसाद ढुंगानाले मानवीय क्षेत्रमा जुन किसिमका अवाञ्छित गतिविधिहरु देखिएका छन्, त्यसको छायाँ समेत रेडक्रस जस्तो गरिमामय संस्थामा वाञ्छनीय नहुने बताउनुभएको छ ।
रेडक्रसको जुन मूल्य, मान्यताका साथ आजभन्दा ५९औं वर्ष अघि स्थापना भएको थियो, त्यसले नेपालको सन्दर्भमा मात्र नभई विश्व इतिहासमै एउटा पहिचान राख्न सफल भएको छ । यस किसिमको अनुकरणीय यात्रा पार गरेर आएको नेपाल रेडक्रस सोसाइटीलाई अझै उचाइमा लैजाने जिम्मेवारी हामी रेडक्रसकर्मीहरुको हो । रेडक्रस जस्तो मानवीय संस्थामा कुनै पनि किसिमका गैर मानवीय गतिविधि हुनुहुन्न । त्यसले रेडक्रसको गरिमालाई आघात पु¥याउँछ । त्यसैले जति पनि गतिविधि गर्छौं, त्यसले मानवीय क्षेत्रमा उच्च सम्मान प्राप्त गर्ने हुनुपर्छ । यात्राको क्रममा रेडक्रसकर्मीको दायित्व, जिम्मेवारी साथै चुनौती मात्र नभई कर्तव्य पनि हो । त्यसैले पनि उत्पन्न आरोह, अवरोहलाई पार गर्ने क्रममा सानातिना अल्झन आउनु स्वभाविक हुन् । ति अल्झनबाट पाठ सिक्दै संस्थापक हेनरी ड्युनाले प्रतिपादन गरेको महान् लक्ष्य प्राप्तिका लागि आइपर्ने कुनै पनि समस्यालाई सहजै रुपमा पराष्ट गर्दै मानवीय कार्यमा सरिक हुनु नै रेडक्रसकर्मीको दायित्व, जिम्मेवारी र कर्तव्य ठहरिन्छ । त्यसैले जुन उद्देश्यसहित रेडक्रस स्थापना भएको छ, त्यसमा कुनै किसिमको अवरोध नआउने विश्वासका साथ आफू आशावादी भएको अध्यक्ष ढुंगानाले कार्यक्रममा दाबी गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सचिव विजयराम कर्माचार्यको कथन थियो– मानवीय संस्थामा राजनीतिक घटनाक्रमको छायाँ पर्नु अस्वभाविक मात्र नभई दुःखद पक्ष पनि हो । यसले मानवीय संस्थाले गर्ने कुनै पनि कार्यमा प्रश्न चिन्ह उठ्न सक्छन् । त्यसैले रेडक्रस जस्ता मानवीय संस्थामा राजनीतिक बाछिट्टाहरु नपरेकै राम्रो तर नेपालको सन्दर्भमा कहिँ न कहिँ, कतै न कतै यस किसिमका गतिविधिहरुले मानवीय संस्थाको गरिमामाथि नै प्रश्न चिन्ह खडा मात्र गर्दैन कि उसको मूल्य मान्यतामाथि नै आघात पु¥याउने किसिमका गतिविधि हुँदै आएको खुलासा गर्नुहुँदै यस किसिमका गतिविधिबाट मानवीय संस्थालाई टाढा राख्नको लागि सम्बन्धित पक्षसँग आग्रह समेत सचिव कर्माचार्यले व्यक्त गर्न पछि पर्नुभएन ।
सो अवसरमा जोन चियर पर्सन लायन प्रकाश श्रेष्ठले सामाजिक जिम्मेवारीलाई लायन्स क्लबहरुले आफ्नो दायित्वको रुपमा लिएका छन् । त्यसैले कुनै पनि मानवीय सेवाको सवालमा निशर्त ढंगबाट समर्पित हुने जमर्काे अनुरुप आज आयोजित रक्तदान कार्यक्रममा लायन्स क्लबहरुले आफ्नो उपस्थिति दर्शाएका छन् । लायन्स क्लबको बारेमा अझै समाजले बुझ्न बाँकी छ । हामी अभियान्ताहरुले बुझाउन नसक्दा कहिलेकाहिँ भम्रहरु पनि यदाकदा पोखिएको पाइन्छ । यो स्वभाविक हो भन्ने हामीलाई लाग्छ । किनकी हाम्रो समाजले अझै पनि लायन्सवादका बारेमा गहिराइसम्म पुगेर अध्ययन गरेको पाइँदैन । त्यसैले अल्प ज्ञान निरक्षर भनेजस्तै छ हाम्रो समाज । जबसम्म यस किसिमका भ्रमहरु चिर्न सक्दैनौं, आलोचनाको भारी बोक्नु स्वभाविक हो । त्यसैले लायन्स क्लब र यसको मर्मलाई सामाजिक रुपमा रुपान्तरण गर्ने जमर्काे सहित सेवामा समर्पित हुने अवसर दिनुभएकोमा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाप्रति जोन चियर पर्सन र लायन्स क्लबहरुको तर्फबाट आभार व्यक्त गर्दछु भन्नुहुँदै श्रेष्ठ थप्नुहुन्छ– पछिल्लो समय लायन्सले उठाएका मुद्धाहरुमा राज्यको आँखा पुग्ने हो भने समाजले काँचुली फेर्नेछ भन्ने विश्वास लायन्सले राखेको छ । जुन किसिमबाट आज रक्तदानमा उल्लासपूर्ण उपस्थिति रह्यो, त्यसले आगामी यात्रालाई पनि बल पुग्नेछ भन्ने निचोडमा लायन्स पुगेको छ । आशा छ, आगामी दिनमा पनि सामाजिक दायित्व बहन गर्नका लागि ऐक्यबद्धताका साथ अवसर प्राप्त हुनेछ भन्ने अपेक्षा लायन्सले राखेको जोन चियर पर्सन लायन श्रेष्ठले भन्नुभयो ।
यसैबीच लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बि१ नेपालको लायन वर्ष ०२१–२२ को अगष्ट महिनामा डिष्ट्रिक गभर्नर लायन विश्वेश्वर आचार्यबाट घोषणा भएबमोजिम विभिन्न विधामा उत्कृष्ट सेवा तथा योगदान पु¥याउने लायनहरुलाई सम्मानद्वारा विभुषित गरिएको लायन दुर्गाप्रसाद हुमागाईं डिष्ट्रिक क्याबिनेट सेक्रेटरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । जसअनुसार कृति अवार्ड अफ द मन्थबाट लायन भिष्मराज पौडेल, क्लष्टर चिफ, क्लष्टर नं. १२, लिड डोनर अफ द मन्थ (गण्डकी) लायन क्बल अफ पोखरा चौतारी प्रेसिडेन्ट लायन शरदकृष्ण सापकोटा, लिड डोनर अफ द मन्थ (बाग्मती) लायन क्लब अफ काठमाडौं गोंगबु प्रेसिडेन्ट लायन रमेश कुँवर, बेष्ट क्लब प्रेसिडेन्ट (बाग्मती) लायन्स क्लब अफ काठमाडौं मेट्रो सिटी प्रेसिडेन्ट लायन इ. रामहरि फुँयाल, बेष्ट क्लब प्रेसिडेन्ट (गण्डकी) लायन्स क्लब अफ पोखरा अञ्जुली प्रेसिडेन्ट लायन बिना पैजा चोचंगे, बेष्ट क्लब अफ द मन्थ (बाग्मती) लायन्स क्लब अफ काठमाडौं टेम्पल गणेश प्रेसिडेन्ट लायन अनिता विष्ट, बेष्ट क्लब अफ द मन्थ (गण्डकी) लायन्स क्लब अफ पोखरा सेती गण्डकी प्रेसिडेन्ट लायन कल्पना थापा, बेस्ट क्लष्टर चिफ क्लष्टर नं. ३० क्लष्टर चिफ लायन श्रीकृष्ण मानन्धर, रिजन चियर पर्सन अफ द मन्थ रिजन नं. ५९ रिजन चियर पर्सन लायन ईश्वरीदेवी लौडरी, बेष्ट जोन चियर पर्सन (बागमती) जोन १४२ जोन चियर पर्सन लायन सुष्मा रेग्मी, बेष्ट जोन चियर पर्सन (कन्ट्री साइड) जोन १०६ जोन चियरपर्सन लायन प्रकाश श्रेष्ठ, बेष्ट जोन चियर पर्सन (गण्डकी) जोन ३५ जोन चियर पर्सन लायन कुष्मा राना, सर्भिस फर स्माइल (गण्डकी) लायन्स क्लब अफ पोखरा बाराही टाउन प्रेसिडेन्ट लायन सुकुमाया गुरुङ, सर्भिस फर स्माइल (बागमती) लायन्स क्लब अफ काठमाडौं रेसुंगा प्रेसिडेन्ट लायन राधिका भण्डारी, इमर्जिङ्ग लायन अफ द मन्थ लायन्स क्लब अफ काठमाडौं पूर्णतारा चार्टर प्रेसिडेन्ट लायन अर्चना सिंह सिजापति, इमर्जिङ्ग लायन अफ द मन्थ लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भ चार्टर प्रेसिडेन्ट लायन भाष्कर श्रेष्ठ, बेष्ट सर्भिस क्लब अवार्ड (बाग्मती) लायन्स क्लब अफ काठमाडौं गुणकेशरी प्रेसिडेन्ट लायन रिमा सिलवाल, बेष्ट सर्भिस क्लब अवार्ड (गण्डकी) लायन्स क्लब अफ पोखरा आदर्श चौतारी प्रेसिडेन्ट लायन बसन्तराज कोइराला, डिजी सर्कल अवार्ड (गण्डकी) क्लष्टर नं. ०६ जोन चियर पर्सन लायन शिला अधिकारी, बेष्ट लायन्स मोडेल भिलेज चिफ मोडल भिलेज चिफ कास्की लायन टिकाराम सापकोटा, लायन अफ द मन्थ (बाग्मती) लायन्स क्लब अफ काठमाडौं सामाखुशी प्रेसिडेन्ट लायन प्रकाश जोशी, क्वालिटी सर्भिस अवार्ड (बाग्मती) लायन्स क्लब अफ काठमाडौं सगुन प्रेसिडेन्ट लायन रत्नश्वरी शाक्य, लायन अफ द मन्थ (गण्डकी) लायन्स क्लब अफ पोखरा सृजना चौतारी प्रेसिडेन्ट लायन कृष्णबहादुर कार्की, बेष्ट लायन मेम्बर अफ द मन्थ लायन्स क्लब अफ काठमाडौं राइजिङ स्टार जेनेरल मेम्बर लायन रामबहादुर गौतम, क्वालिटी सर्भिस अवार्ड (गण्डकी) लायन्स क्लब अफ पोखरा अन्नपूर्ण प्रेसिडेन्ट लायन सूर्य बराल, मेम्बरशीप च्याम्पियन अफ द मन्थ लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध प्रेसिडेन्ट लायन रामबहादुर श्रेष्ठ र लायन्स बेष्ट ब्राण्डिङ्ग अवार्ड लायन्स क्लब अफ काठमाडौं इन्द्रेणी खुसिबुँ प्रेसिडेन्ट लायन दिनेश महर्जन सम्मानित हुनुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विभूषित हुनुहुने व्यक्तित्वहरुप्रति प्रभातफेरी साप्ताहिकको तर्फबाट पनि साधुवादका साथमा हार्दिक बधाई ज्ञापन गर्दछ ।
उक्त रक्तदान कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर र लायन्स क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीको सह आयोजनामा सम्पन्न भएको थियो भने आयोजकको रुपमा नेरेसो काभ्रे शाखाले प्राविधिक सहयोग पुर्याएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |