Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दाद रोगबाट हुने समस्या र समाधानको उपाय

प्रभातफेरी अनलाइन ५५१३ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन ५, मंगलबार (४ साल अघि)
दाद रोगबाट हुने समस्या र समाधानको उपाय

आर.एल.श्रेष्ठ
शरिरको कुनैपनि भागको छालामा सानासाना विविरा जस्तो देखिने र चिलाउने समस्या दाद हो । दाद आम मानिसमा देखिन सक्ने एक किसिमको संक्रामक समस्या हो । यो जुनसुकै उमेर समूह र जुनसुकै लिंगका व्यक्तिमा पनि देखिन सक्छ । तर यसको समस्या पहिचान गरेर समाधान गर्नको लागि भने सामान्य जीवनशैलीमा गरिने परिवर्तन मात्रै पर्याप्त रहेको चिकित्सकहरू बताउँछन् । दादको प्रकार, यसको समस्याका कारण र समाधानको उपायको बारेमा होसियारी अपनाउन सके समस्या जटिल बन्दैन । तर हेलचेक्राई गरेमा समस्या जटिल बन्दै जान्छ । दाद एकै किसिमको नहुन सक्छ योरोगको पहिचान फरक फरक ढंगको हुन्छ ।

टिनिया बारबाइ

यस किसिमको दादमा अनुदारको दारी आउने क्षेत्रमा र गर्धनमा बढी देख्ने गरिन्छ । जसको साथमा धेरै चिलाउने समस्या हुने गर्दछ । यसको कारण कैयौं पटक कपाल नउम्रिने समस्या समृत भएको पाइन्छ । यस्तो किसिमको दाद सैलुनमा दारी काट्ने क्रममा सर्न सक्छ ।

टिनिया क्यापेटिस

यस प्रकारको दाद बिशेष गरेर टाउकोमा हुने गर्दछ । यो मुख्यगरी बच्चालाई बढी प्रभावित गर्ने खालको दाद हो । यो सामान्यतया बाल्यकाल वा किशोरावस्थामा हुने गर्छ । यो स्थिति सामान्य रुपले स्कुलमा समेत फैलिने गर्छ । टिनिया क्यापेटिसका कारण टाउकाको केही भागमा तालु खुइलिने गर्छ ।

टिनिया क्रुसिस

शरिरको जोर्नी, पिँडुलाको भित्रि भाग र छातीको आसपासको छालामा हुने दादलाई क्रुसिस टिनिया नामले चिन्ने गरिन्छ । दादको यो प्रकार किशोर र पुरुषमा धेरै देखिने गर्छ । यस्तो समस्या गर्मीको समयमा बढी हुने गर्दछ ।

टिनिया पेडिस

खुट्टाको दादको सन्दर्भमा टिनिया पेडिस सबैभन्दा महत्वपूर्ण हुन्छ । यस्तो खालको समस्या सार्वजनिक स्थानमा धेरै नग्न अवस्थामा हुन्छन् जस्तो सार्वजनिक शौचालय र स्वीमिङ पुल आदि ।

दादको लक्षण

दालको लक्षण यसको संक्रमणको आधारमा भिन्दाभिन्दै हुने गर्छ । जसमा छालाको संक्रमणका साथ अलगअलग अनुभव हुन सक्छ । जुन निम्नानुसार छन् ।

–छाला चिलाउने र छालामा देखिने विभिन्न किसिमको दाग
–दाग फैलिँदै जानु र एउटा क्षेत्रमा सबै दागैदाग देखिनु
–दागको बाहिरी भागको किनारामा रातो हुनु या एउटा औंठीको जस्तै दाग देखिनु ।
–शरीरको माथिल्लो भागमा देखिने विभिन्न किसिमको दाग

दादको कारण

दाद एक संक्रामक समस्या हो । यो एक परजीविको कारण हुने गर्छ । यो परजीवीे बाहिरी छालाको कोशिकामा आक्रमण गर्ने र अनेक तरिकाले फैलिने स्वाभावको हुन्छ । एक व्यक्तिबाट अर्काे व्यक्तिमा फैलिनु – दाद संक्रामक समस्या हो । यो संक्रमित व्यक्तिको छालामा स्वस्थ व्यक्तिको छालाले छाइयो भने सर्न सक्छ । जनावरबाट मानिसमा –दादबाट ग्रसित जनावरलाई स्पर्श गर्नुले समेत दादको संक्रमण मान्छेको शरीरमा समेत सर्न सक्छ ।
विभिन्न वस्तुबाट मान्छेमा –मानव या जनावरद्वारा कुनै पनि संक्रमित वस्तुलाई छुनुले पनि दादको संक्रमण मान्छेमा फैलिन सक्छ । संक्रमितले प्रयोग गरेका वस्तुहरू जस्तै, काइँयो, ब्रस, कपडा आदि । यसबाहेक माटोबाट पनि दादको संक्रमण हुन सक्छ ।

समाधानको उपाय ?

स्वस्थ व्यवहारले दादबाट पनि बच्न सकिन्छ । ज्यादा संक्रमण जनावरको संक्रमण र उचित स्वच्छताको कमीका कारण हुने गर्छ । दादबाट बच्नको लागि तल केही सुझावहरू उल्लेख गरिएको छ ।
–जनावरलाई छोएपछि आफ्नो हात धुनुहोस् ।
–पाल्तु जनावरलाई राख्ने ठाउँ सफा बनाउनुहोस् ।
–प्रतिरक्षा प्रणाली कमजोर छ भने त्यस्ता जनावरहरूको स्पर्शमा धेरैबेर नबस्ने ।
–वर्षाको समयमा सार्वजनिक स्थानमा जाँदा जुत्ता लगाएर मात्रै जाने ।
–आफ्नो खुट्टालाई सफा र सुख्खा राख्ने ।

 

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • गोडा सुन्निने समस्या र समाधान

    गोडा सुन्निने समस्या र समाधान

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0