Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आफ्नो गाउँठाउँको विकास आफैंले गर्ने हो, जनप्रतिनिधिले त सहजीकरण मात्र गरिदिने हो ः नगर प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन १०७४५ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन ५, मंगलबार (४ साल अघि)
आफ्नो गाउँठाउँको विकास आफैंले गर्ने हो, जनप्रतिनिधिले त सहजीकरण मात्र गरिदिने हो ः नगर प्रमुख न्यौपाने

काभ्रे । पुनर्निर्माण प्राधिकरण अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको स्वास्थ्यचौकी भवनको शिलान्यास गर्दै पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले आफ्नो गाउँठाउँको विकास आफैंले गर्ने हो भन्नुभएको छ ।
जनप्रतिनिधिले सहजीकरण मात्र गर्ने हो, काम त स्थानीयले नै गर्नुपर्छ । जसको पछिल्लो उदारणका रुपमा बस्नेत गाउँलाई लिन सकिन्छ । यो साँढे चार वर्षको अवधिमा संसारीदेवी स्थानमा मात्र कति काम भए लेखाजोखा गरौं त ! यो सबै तपाईं स्थानीयवासीको लगाव हो । विकासको जस्तो मोडल आउँछ, त्यसैमा जोडिन तयार भएर नै यो सम्भव भएको हो । साझेदारी भने नि ! तयार जन श्रमदानमा भने नि ! तयार भएकै कारण यि संरचना बनेका हुन् । आज शिलान्यास भएको अति सुविधा सम्पन्न स्वास्थ्य भवन नगरकै नमूना सुविधा सम्पन्न भवनका रुपमा बन्दैछ । त्यसको रेखदेख र संरक्षण गर्ने दायित्व पनि स्थानीयवासीकै भएको नगरप्रमुख न्यौपानेको तर्क थियो ।
कार्यक्रमका अर्का वक्ता वडा नं. ४ का वडा अध्यक्ष बुद्धसिं थापाले जहाँ काम गर्ने चाहना हुन्छ, त्यहाँ बजेटको अभाव नहुने जिकीर राख्नुहुँदै संसारीदेवी स्थानवासीले देखाएको विकास निर्माणप्रतिको सहभागिताको कारण एकपछि अर्का भौतिक संरचनाहरु बन्न पुगेको चर्चा गर्नुहुँदै स्वास्थ्य चौकी कस्तो बन्छ भन्ने संकेत त सो स्थानमा बनेका भौतिक संरचनाले देखाइसकेको छ । अब यि संरचनाहरुको अनुगमन, संरक्षण लगायतको दायित्व पनि स्थानीय बासिन्दामै सुरक्षित भएकोले त्यसतर्फ अझ गम्भीर ढंगबाट सोच्नुपर्ने आजको आवश्यकता रहेको धारणा अध्यक्ष थापाले राख्नुभएको थियो ।
सम्बोधनकै क्रममा अध्यक्ष थापाको थप कथन थियो– सार्वजनिक सम्पत्तिको महत्वका बारेमा यस क्षेत्रका नागरिकहरुको चासो रहनुकै कारण आज उदाहरणीय संरचनाहरु बनिरहेका छन् । तत्कालिन टौखाल गाविस कार्यालय अन्तर्गत वडा नं. ७ र ८ का स्थानीयले सार्वजनिक सम्पत्तिका बारेमा दर्शाएको चासो नै आज यि संरचनाहरुले स्थान पाएका छन् । त्यतिबेला आफूले पनि कुनै किसिमको कमी कमजोरी नगरेकै कारण आज यस क्षेत्रमा यि संरचनाहरु बनेको खुलासा गर्नुहुँदै तत्कालिन समयमा आफ्नै नातागोताले सार्वजनिक सम्पत्ति हड्प्न चर्काे दबाब दिँदा समेत त्यसका विरुद्ध प्रतिवादमा उभिँदाको परिणाम हो आज । जसले निकै चर्काे आलोचना मात्र खेप्नुपरेन, सम्बन्धमा समेत आँच व्यहोर्नुप¥यो । यावत् अड्चनका बाबजुद यो सार्वजनिक सम्पत्तिलाई सुरक्षित गर्न सफल भएकै कारण आज यि भौतिक संरचना बन्न पाए । त्यसैले जनप्रतिनिधिहरुले सही समयमा, सही निर्णय गर्न सक्नुपर्छ भन्ने यो एउटा उदाहरण भएको अध्यक्ष थापाको जिकीर थियो ।
उक्त शिलान्यास कार्यक्रममा वडा सदस्य राधिका विक लगायतले स्वास्थ्य चौकी भवन निर्माणले यस क्षेत्रका जनताहरुमा स्वास्थ्यको सम्बन्धमा आमूल परिवर्तन ल्याउने विश्वास रहेको चर्चा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव राजकुमार श्रेष्ठले गर्नुभएको थियो भने सहजीकरण निर्माण कम्पनीका तर्फबाट इन्जिनियर आयुष मुखियाको टिमले गर्नुभएको थियो । १८ महिनाभित्र निर्माण सम्पन्न गरी बुझाउने सम्झौता अनुसार निर्माण कार्य द्रुत गतिमा अघि बढेको इ. मुखियाले बताउनुभएको थियो । भ्याट बाहेक २ करोड ७ लाखमा सम्झौता भएको उक्त सुविधा सम्पन्न भवनले मिनी अस्पतालकै झल्को दिने इ. मुखियाको थप कथन थियो ।
स्मरण रहोस्, अन्य विकास निर्माण योजना सम्झौता भएको कयौं महिनासम्म शिलान्यास हुन पनि मुस्किलै पर्छ तर सो स्वास्थ्य भवन शिलान्यास गर्न लागिरहँदा जमिन सरहको पूर्वाधार निर्माण भइसकेको थियो । यसले नेपाली उक्ति हुने बिरुवाको चिल्लो पातलाई चरितार्थ गरेको स्थानीय बौद्धिक व्यक्तित्वहरुको टिप्पणी रहेको पाइयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0