Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रजातान्त्रिक अभ्यासको नमूना

प्रभातफेरी अनलाइन ४३९० पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन ५, मंगलबार (१ साल अघि)
Post Thumbnail

नेपालको इतिहासमा प्रजातन्त्रको उदय भएको पनि ७०औं दशक भन्दा पनि माथि छ । यो अवधिमा प्रजातन्त्रका रुप, रंगलाई हेर्दा नेपाली जनता खासै खुशी देखिँदैन । जुन अपेक्षा राखेर बलिदान भएको थियो, त्यसको कुनै तुक यथार्थमै भन्नुपर्दा पाइएको छैन ।
राजनीतिक घटनाक्रमले पछिल्लो समय नेपाली कांग्रेस आफूलाई प्रजातन्त्रको हिमायती सम्झन्छ । उसले यो मुलुकमा प्रजातन्त्रको लागि ठूलो लगानी गरेको र प्रजातन्त्रमा मात्र जनताका अधिकारहरु सुनिश्चित हुने उद्घोष गर्दै आएको छ । उसकै भाषा भन्ने हो भने कम्युनिष्टहरु अधिनायकवादी हुन्छन्, उनीहरुले जनताका अधिकारहरु खोस्छन् र जनतालाई स्वतन्त्र रुपमा बोल्न, लेख्न र हिँड्न समेत प्रतिबन्ध लगाउँछन् भन्ने आरोप लगाइरहेको छ । विश्व इतिहासमा केही कम्युनिष्ट शासन भएका मुलुकहरुको बाहिरी आवरण हेर्दा हो कि जस्तो पनि लाग्छ । जस्तो, उत्तर कोरिया, जहाँ साम्राज्यवादी मुलुकहरुका लागि आँखाको कसिंगर बनेर विश्व इतिहासमा उदाएको छ । विश्वमा आफूलाई शक्तिशाली र प्रजातान्त्रिक मुलुक भनेर आफूलाई स्वघोषित गर्ने अमेरिका समेत हच्किन बाध्य भएको छ । यो अवस्थामा नेपालका कम्युनिष्ट आवरणभित्र हुर्किएका राजनेताहरुले देखाएको उदारताले कता–कता नेपाली जनताहरु सन्तुष्ट नभएको आशय देखिन्छ ।
पछिल्ला घटनाक्रममा नेपालको संविधान २०७२ मा उल्लेखित धारा, उपधाराहरुको गलत भनौं या अव्यवहारिक परिभाषा गर्नुले संविधान प्राप्तिका लागि बलिदान गर्ने योद्धाहरुप्रति अपमान भएको महसुस हुन्छ । हुन त हाम्रो मुलुकमा प्रत्येक १०÷१० वर्षमा केही न केही परिवर्तन हुँदै आएका छन् । त्यसैको संकेत पनि हो कि भन्ने अनुमान विश्लेषकहरुले गर्न थालेका छन् । जुन विश्लेषण यथार्थपरक हुने संकेत नेपालका राजनीतिक शक्ति केन्द्रहरुले एकपछि अर्काे गतिविधि गरेर पुष्टि गर्न खोजिरहेका छन् । यो अवस्थामा नेपाली कांग्रेसले आफ्नो १४औं महाधिवेशनको संघारमा जुन गतिविधिहरु प्रस्तुत गरेको छ, त्यो प्रजातान्त्रिक आचरणको एउटा कसीको रुपमा लिन सकिन्छ । अझ भन्नैपर्दा प्रजातन्त्रको उच्चतम उपयोगको एउटा श्रीबिन्दुका रुपमा लिइन सकिन्छ । उसले आफ्नै पार्टीभित्र जुन किसिमको संस्कार विकास ग¥यो, त्यसबाट अन्य राजनीतिक शक्तिहरुले पनि आफूलाई रुपान्तरण गर्ने हो भने यो मुलुकमा अस्थिरताको अन्त्य खोज्न टाढा जानुपर्दैन भन्ने निचोडमा हामी पुगेका छौं ।
राष्ट्रियता, प्रजातन्त्र, समाजवाद मूल नाराका साथ उदय भएको प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेसले वि.सं. १९९७ देखि २००६ सालसम्मको एउटा घटनाक्रम र त्यसपछिका घटनाक्रमहरुलाई हेर्ने हो भने पनि नेपाली राजनीतिमा नेपाली कांग्रेसले छिटफुट बाहेक राष्ट्र, राष्ट्रियताको सवालमा आफूलाई अग्रदस्तामा राख्ने कोसिस गरेको पाइन्छ तर दुःखका साथ भन्नुपर्दा सन्धि सम्झौता र निजीकरणले ऊमाथि प्रश्न चिह्नहरु खडा भएका छन् । त्यसैले यात्रामा आइपर्ने आरोह अवरोहका साथ आफूले आफूलाई रुपान्तरण गर्दै लैजानु र जनचाहना अनुसार परिष्कृत हुँदै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने अवस्थामा राष्ट्रियता सम्बन्धी गम्भीर विषयमा निचमार्न पुग्नुले उसको दस्तावेजमाथि नै प्रश्न चिह्न खडा भएका छन् ।
तसर्थ, आफूलाई प्रजातन्त्रको नमूना सम्झिने शक्तिले नेपाली जनताको भावनामाथि प्रहार हुने कुनै पनि गतिविधि गर्ने छैन भन्ने अपेक्षा हामीले राखेका छौं । यो नै प्रजातन्त्रको सुन्दरता मानिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सांसद विकास कोषलाई पारदर्शिता गर

  • Post Thumbnail

    सम्पत्ति छानविनको विकल्प छैन

  • Post Thumbnail

    उपनिर्वाचनले दिएको सन्देश

  • Post Thumbnail

    हावा हुरीको समयमा आगलागी हुनबाट जोगाऔं

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0