Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रजातान्त्रिक अभ्यासको नमूना

प्रभातफेरी अनलाइन ५०३७ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन ५, मंगलबार (४ साल अघि)
Post Thumbnail

नेपालको इतिहासमा प्रजातन्त्रको उदय भएको पनि ७०औं दशक भन्दा पनि माथि छ । यो अवधिमा प्रजातन्त्रका रुप, रंगलाई हेर्दा नेपाली जनता खासै खुशी देखिँदैन । जुन अपेक्षा राखेर बलिदान भएको थियो, त्यसको कुनै तुक यथार्थमै भन्नुपर्दा पाइएको छैन ।
राजनीतिक घटनाक्रमले पछिल्लो समय नेपाली कांग्रेस आफूलाई प्रजातन्त्रको हिमायती सम्झन्छ । उसले यो मुलुकमा प्रजातन्त्रको लागि ठूलो लगानी गरेको र प्रजातन्त्रमा मात्र जनताका अधिकारहरु सुनिश्चित हुने उद्घोष गर्दै आएको छ । उसकै भाषा भन्ने हो भने कम्युनिष्टहरु अधिनायकवादी हुन्छन्, उनीहरुले जनताका अधिकारहरु खोस्छन् र जनतालाई स्वतन्त्र रुपमा बोल्न, लेख्न र हिँड्न समेत प्रतिबन्ध लगाउँछन् भन्ने आरोप लगाइरहेको छ । विश्व इतिहासमा केही कम्युनिष्ट शासन भएका मुलुकहरुको बाहिरी आवरण हेर्दा हो कि जस्तो पनि लाग्छ । जस्तो, उत्तर कोरिया, जहाँ साम्राज्यवादी मुलुकहरुका लागि आँखाको कसिंगर बनेर विश्व इतिहासमा उदाएको छ । विश्वमा आफूलाई शक्तिशाली र प्रजातान्त्रिक मुलुक भनेर आफूलाई स्वघोषित गर्ने अमेरिका समेत हच्किन बाध्य भएको छ । यो अवस्थामा नेपालका कम्युनिष्ट आवरणभित्र हुर्किएका राजनेताहरुले देखाएको उदारताले कता–कता नेपाली जनताहरु सन्तुष्ट नभएको आशय देखिन्छ ।
पछिल्ला घटनाक्रममा नेपालको संविधान २०७२ मा उल्लेखित धारा, उपधाराहरुको गलत भनौं या अव्यवहारिक परिभाषा गर्नुले संविधान प्राप्तिका लागि बलिदान गर्ने योद्धाहरुप्रति अपमान भएको महसुस हुन्छ । हुन त हाम्रो मुलुकमा प्रत्येक १०÷१० वर्षमा केही न केही परिवर्तन हुँदै आएका छन् । त्यसैको संकेत पनि हो कि भन्ने अनुमान विश्लेषकहरुले गर्न थालेका छन् । जुन विश्लेषण यथार्थपरक हुने संकेत नेपालका राजनीतिक शक्ति केन्द्रहरुले एकपछि अर्काे गतिविधि गरेर पुष्टि गर्न खोजिरहेका छन् । यो अवस्थामा नेपाली कांग्रेसले आफ्नो १४औं महाधिवेशनको संघारमा जुन गतिविधिहरु प्रस्तुत गरेको छ, त्यो प्रजातान्त्रिक आचरणको एउटा कसीको रुपमा लिन सकिन्छ । अझ भन्नैपर्दा प्रजातन्त्रको उच्चतम उपयोगको एउटा श्रीबिन्दुका रुपमा लिइन सकिन्छ । उसले आफ्नै पार्टीभित्र जुन किसिमको संस्कार विकास ग¥यो, त्यसबाट अन्य राजनीतिक शक्तिहरुले पनि आफूलाई रुपान्तरण गर्ने हो भने यो मुलुकमा अस्थिरताको अन्त्य खोज्न टाढा जानुपर्दैन भन्ने निचोडमा हामी पुगेका छौं ।
राष्ट्रियता, प्रजातन्त्र, समाजवाद मूल नाराका साथ उदय भएको प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेसले वि.सं. १९९७ देखि २००६ सालसम्मको एउटा घटनाक्रम र त्यसपछिका घटनाक्रमहरुलाई हेर्ने हो भने पनि नेपाली राजनीतिमा नेपाली कांग्रेसले छिटफुट बाहेक राष्ट्र, राष्ट्रियताको सवालमा आफूलाई अग्रदस्तामा राख्ने कोसिस गरेको पाइन्छ तर दुःखका साथ भन्नुपर्दा सन्धि सम्झौता र निजीकरणले ऊमाथि प्रश्न चिह्नहरु खडा भएका छन् । त्यसैले यात्रामा आइपर्ने आरोह अवरोहका साथ आफूले आफूलाई रुपान्तरण गर्दै लैजानु र जनचाहना अनुसार परिष्कृत हुँदै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने अवस्थामा राष्ट्रियता सम्बन्धी गम्भीर विषयमा निचमार्न पुग्नुले उसको दस्तावेजमाथि नै प्रश्न चिह्न खडा भएका छन् ।
तसर्थ, आफूलाई प्रजातन्त्रको नमूना सम्झिने शक्तिले नेपाली जनताको भावनामाथि प्रहार हुने कुनै पनि गतिविधि गर्ने छैन भन्ने अपेक्षा हामीले राखेका छौं । यो नै प्रजातन्त्रको सुन्दरता मानिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0