Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायन्सप्रति साधुवाद !

प्रभातफेरी अनलाइन १३६८ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १२, मंगलबार (४ साल अघि)
Post Thumbnail

लायन्स क्लब भनिसकेपछि यो हाम्रो पहुँचभन्दा बाहिरको र धनीमानीले मात्रै यसमा समेटिन सक्छन् र धनीमानीको वर्चश्व रहन्छ अथवा पैसा हुनेहरु मात्रै यस क्लबमा अट्छन् भन्ने परम्परावादी सोचलाई चिर्दै पछिल्लो समय लायन्स क्लबप्रति हुनेखाने होइन, हुँदाखानेको पनि लगाव बढेको छ ।
लायन्स क्लबले समाज रुपान्तरणमा आफूलाई अब्बल रुपमा प्रस्तुत गरेकै कारण यस किसिमको आकर्षण बढेको यथार्थ हो । लायन्स क्लबले मुलकका १४ वटा अति विपन्न बस्तीहरुलाई सम्वृद्ध बनाउने अभियान लिएर बस्ती बस्तीमा आफ्नो उपस्थिति दर्ज ग¥यो, त्यसपछि लायन्सप्रतिको जनचासो बढेर गएको सहजै अनुमान गर्न सकिन्छ ।
लायन्सको उपस्थितिमा निर्माण हुन लागेका उद्यमी नमूना गाउँका बासिन्दाको एउटै स्वर छ, अब लायन्सलाई छोडिन्न । लायन्सको जुन अभियानले समुदायमा आमूल परिवर्तन हुन देखेरै स्थानीयले यसो भनेका हुन् । राजनीतिक रुपमा हुने छनौट र लायन्सले गरेको छनौटमा आकाश पातालको भिन्नता भेटिएपछि स्थानीयहरु लायन्सप्रति आकर्षित भएका छन् । जनप्रतिनिधि हुन् वा स्थानीय श्रमिक, उनीहरुको एउटै आवाज छ, छनौट होस् त यस्तो । जहाँ कुनै किसिमको विवाद जन्मिँदैन, विभेदको त कुरै नगरौं । जसका कारण स्थानीयहरु दत्तचित्त भई लायन्सले उपलब्ध गराएको बिउबिजनदेखि कृषि औजारलाई सही सदुपयोग गर्दै आफ्नो बस्तीमा आमूल परिवर्तन ल्याउन लागिपरेका छन् । कसरी आफ्नो बस्तीलाई साँच्चिकै नमूना बस्तीको रुपमा स्थापित गराउन सकिन्छ भनेर लागिपरेका छन् । उहाँहरुको अठोट छ, लायन्सले उपलब्ध गराएको कुनै पनि साधन, स्रोत र सुविधालाई दुरुपयोग हुन दिनेछैनौं भनेर लागिपरेका छन् । यसले लायन्सप्रतिको मोह पक्कै पनि जागृत गर्दछ । यस किसिमको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने लायन्स क्लबस् इन्टरनेशनल डिष्ट्रिक ३२५ बि१ प्रति हाम्रो साधुवाद छ ।
लायन्सका प्रतिनिधिहरुले लायन्सको उपस्थिति अब गाउँ–गाउँमा हुनेछ भनिरहँदा उसका गतिविधिले पनि त्यो कुरालाई पुष्टि गरेको सहज रुपमा पाइन्छ । जुन अभियान सहित बस्ती–बस्तीमा गएर नागरिकहरुको जीवनस्तर उठाउनका लागि समर्पित हुने प्रण गरिरहेको छ, त्यसप्रति जनप्रतिनिधि र स्थानीयको अथाह माया, सद्भाव र सहकार्यमा हातेमालो सिर्जना हुनुले अब लायन्स अन्तर्राष्ट्रियमुखी नभई पलपलको सहयात्रीको रुपमा चिनिन पुगेको छ । डिष्ट्रिक गभर्नरका भावपूर्ण अभिव्यक्तिले पनि लायन्सप्रतिको मनोभावना उच्च बनाएको छ । एक लायन्स, एक रुपैयाँ अभियानले जुन सार्थकता कायम गरेको छ, त्यसले नेपाली जनमा आत्मीयता बटुल्न सफल भएको छ । जुन अभियान लिएर बस्ती–बस्तीमा जाने लक्ष्य बनाएको छ, त्यो नै एउटा अनुकरणीय पाटोको रुपमा जो–कोहिले मनन् गर्नुपर्छ भन्ने निचोड हामीले लिएका छौं ।
लायन्स अभियान्ताहरुको अभिव्यक्तिप्रति एकपटक मनन् गर्ने हो भने पनि हामी नागरिकहरुले आफूले आफूलाई रुपान्तरण गर्न आवश्यक छ । उहाँहरुका अभिव्यक्ति सार्वजनिक रुपमै हामी दिन आएका हौं । एकपटक सोच्नुस् त, जो कोहिले यस किसिमको अभिव्यक्ति राख्ने अठोट गर्ला ? हामी दिन आएका हौं, लिनेले कसरी लिन्छ ! अत्यन्तै मर्मस्पर्शी अभिव्यक्तिले जो कोहिलाई एकपटक सोच्न बाध्य पार्नेछ । त्यसैले लायन्सले जुन अभियान लिएर हाम्रा बस्तीहरु चहार्ने जमर्काे गरेको छ, त्यसप्रति हाम्रो सदासयता रहनुपर्छ भन्ने निचोडमा हामी पुगेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0