Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रगत अभावले अब कसैले पनि मृत्युवरण रोज्नुपर्ने छैन ः संयोजक ढुंगाना

प्रभातफेरी अनलाइन ४६४७ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १९, मंगलबार (४ साल अघि)
रगत अभावले अब कसैले पनि मृत्युवरण रोज्नुपर्ने छैन ः संयोजक ढुंगाना

काभ्रे । सुविधा सम्पन्न रक्तसञ्चार सेवा केन्द्रको पर्खाईमा रहेका काभ्रेलीजनहरुका लागि नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले सो क्षेत्रका लागि अनुकरणीय फड्को पार गरेको छ । गतहप्ता मात्रै ब्लड कम्पोनेण्ट मेसिन भित्र्याएर खुशी साटेको छ । अब काभ्रे आसपासका बिरामीहरुका लागि ब्लड फ्याक्टरको अभाव हुने छैन । उपत्यकाको मुख ताक्नुपर्ने पिडाबाट उन्मुक्ति प्राप्त भएको छ । जुन किसिमको झन्झट र ट्राफिक अस्तव्यस्तताले रगतको अभावमा बिरामीको मृत्युवरण हुनुपर्ने अवस्था आउने छैन ।
लामो समयदेखि काभ्रे आसपासका बिरामीहरुको चाहनालाई नेपाल रेडक्रस सोसाइटीले रक्त सञ्चारको क्षेत्रमा सम्बोधन गर्ने जमर्काे गरेको छ । जसको श्रेय सम्पूर्ण रेडक्रसकर्मीमा जान्छ भन्ने हुन्छ नेरेसो काभ्रे शाखाका संयोजक नारायण ढुंगाना । उहाँका अनुसार अब काभ्रे आसपासका बिरामीहरुले कुनै पनि फ्याक्टरको रगत अभावको महसुस गर्नुपर्ने छैन । त्यसका लागि दातृ निकायहरुको सहयोगमा रेडक्रसले ब्लड कम्पोनेण्ट मेसिन उपलब्ध भएको छ । दुई वटा मेसिनको लागत हेर्ने हो भने रेडक्रसले तत्काल व्यवस्था गर्नसक्ने अवस्था थिएन नै तर दाताहरुको प्रयासबाट यो सम्भव भएको छ । यसका लागि होस्तेमा हैंसे गर्नुहुने सम्पूर्ण सम्बन्धित सरोकारवाला पक्ष र रेडक्रस प्रेमीप्रति नेरेसो काभ्रे शाखा आभार व्यक्त गर्दछ । आगामी दिनमा यस्तै किसिमका निरन्तर सहयोगको समेत अपेक्षा राख्दछु भन्नुहुन्छ संयोजक ढुंगाना ।
ब्लड कम्पोनेण्ट मेसिनका सवालमा प्रशासन प्रमुख त्रिरत्न राजबाहकको कथन छ– सबै दृष्टिकोणबाट व्यवसायिक हिसाबले व्यस्त नगरको रुपमा रहेको बनेपा नगरी त्यसमा पनि नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखालाई सुविधा सम्पन्न र पहिचानको लागि यो मेसिन कोसेढुंगा सावित भएको छ । हामीले बाहिरबाट आउने जो कोहिलाई पनि गर्वका साथ हामीसँग यस्ता किसिमका सुविधाहरु छन् भनेर देखाउने एउटा आधार स्थापित भएको छ । हिजो सुविधा सम्पन्न भवनको अभावमा रेडक्रस शाखा तड्पिरहेको थियो । त्यो समस्याको अन्त्यसँगै हामीसँग अब सुविधा सम्पन्न ब्लड बैंकको व्यवस्थापन भएको छ । यसले समग्र काभ्रेलीवासीका साथै आसपासका जिल्लावासीहरुका लागि खुशीको सन्देश प्रवाह गरेको छ भन्ने विश्वास लिएका छौं । आशा छ, यो विश्वासलाई परिणाममुखी बनाउन रक्तदाताहरुको महत्वपूर्ण भूमिका रहनेछ । उमेर पुगेका र नियमित रक्तदान गर्नुहुने रक्तदाताहरुले यस किसिमको सुविधालाई जनमुखी बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले लिएको छ ।
जुन ब्लड कम्पोनेण्ट मेसिन उपलब्ध भएको छ, त्यसलाई सही ढंगबाट उपयोग गर्नका लागि दक्ष जनशक्तिको प्रयासमा रेडक्रस लागिपरेको छ । छिट्टै यो क्षेत्रमा सफलता प्राप्त गरेर सेवा आरम्भ हुनेछ भन्ने विश्वास नागरिकहरुमा दिलाउन चाहन्छौं । यसका लागि आ–आफ्नो स्थानबाट मानवीय सेवामा समर्पित दातृ निकाय र दाताहरु सरिक हुनुहुनेछ भन्ने अपेक्षा रेडक्रसले राखेको छ भन्नुहुन्छ प्रशासक राजबाहक ।
अब पि.आर.पि, एफ.एफ.पि, पेलेटेलेट कन्सनटे«ट, क्रायो प्रिसिपिटेट र पि.आ.बि.सि लगायतका रगत सहज रुपमा प्राप्त गर्ने प्रविधि भित्रिएको छ । जसका कारण कुनै पनि फ्याक्टरको रगत अभावका कारण बिरामी तड्पनुपर्ने छैन भन्ने अठोट ब्लड बैंकले लिएर रक्तसञ्चार प्रमुख राधा थापाको कथन छ । उहाँ थप्नुहुन्छ– हिजोसम्म भन्नैपर्दा नाम मात्रैको सेवामा थियौं । अब मानवलाई आवश्यक पर्ने सबै फ्याक्टरको रगत उपलब्ध गराउन सक्ने प्रविधि नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको ब्लड बैंकमा भित्रिएको छ । ब्लड बैंकलाई अब खाँचो छ त दक्ष जनशक्तिको । यसतर्फ दातृ निकायबाट सकारात्मक चासो राखिदिनुभए ब्लड बैंक सक्षम र सेवामुखी हुनेमा दुविधा छैन । नेपालका अन्य ब्लड बैंक सरह काभ्रेले पनि सेवा पु¥याउन सक्छ । अहिले उपलब्ध एजिटेटर मेसिनको माध्यमबाट पिआरपि र पेलिटिलेट कन्सनटे«टलाई सहज रुपमा भण्डारण गर्न सक्छ । यो भनेको ब्लड बैंकको सवालमा महत्वपूर्ण पक्ष हो । यि यावत् किसिमको सेवाका लागि नेरेसो काभ्रे शाखालाई कम्तीमा ४ जना दक्ष जनशक्तिको आवश्यकता पर्छ । त्यसैले ब्लड बैंकलाई स्तरिय गुणस्तरयुक्त भएको देख्न चाहने जो कोहि दाताहरुका लागि आग्रह गर्न चाहन्छु, यो समस्या समाधानका लागि व्यवस्थापन गर्न सकियो भने रगतको सवालमा भौंतारिने दिनको अन्त्य भएको छ भन्नुहुन्छ ब्लड बैंकका रक्तसञ्चार प्रमुख प्राविधिक राधा थापा ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0