Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“अनमिनको नजरमा कथित योग्य अयोग्यको वर्गीकरण”

प्रभातफेरी अनलाइन ८२७३ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १९, मंगलबार (४ साल अघि)
“अनमिनको नजरमा कथित योग्य अयोग्यको वर्गीकरण”

रचना मोक्तान “यात्री”

“लेखेर रित्तिनेछु यदि सिद्दिनै परेमा
बिर्को लगाइएको कायर कलम म हैन ।”
– आवाज शर्मा
उल्लेखित गजलको शेर पोखरा निवासी गजलकार आवाज शर्माद्वारा लेखिएको हो । उहाँको गजलले भने झैँ मैले पनि मेरो इतिहास, मेरो विगत लेख्दै आइरहेको छु । मलाई लाग्छ आफ्नो इतिहास बिर्सेको र सम्झेर पनि लेख्न मन नगर्नेहरु बिर्को लगाइएको कायर कलम नै हो । तर म बिर्को लगाएको कायर कलम हैन । म बाँचुन्जेल लेखीरहने छु । मैले सत्य तथ्य भोगाइ लेख्दा मलाई कसैले विरोध गर्छ भने गरिरहोस । मनमा लेखूँ जस्तो लाग्ने लेख्न नपाएको वा लेख्न नसकेको कतिपय कुराहरुले शान्ती नदिदो रहेछ । हो त्यही आजसम्म लेख्न नभ्याएका तर मनमा पोलिरहेका घटना परिघटनाहरु बिस्तारै उल्लेख गर्दै लैजाने छु । भर्खरै सामाजिक संजालमा सार्वजनिक कवि राजन मुकारुङको प्रेसमा गै सकेको “अयोग्य” उपन्यासको आवरणले निकै छोयो । अयोग्य भन्नासाथ मलाई मेरो इतिहासको साह्रै याद आयो । अनि दमित शब्दहरु एके फोटि सेभेनको गोली झै गुटुङ टुङ निस्किन थाल्यो । अनि विगततिर फर्किन बाध्य बनायो । अयोग्य शब्द अयोग्य आवारण देख्न साथ मलाई दस वर्षे जनयुद्धमा योग्य भएका तर बृहत शान्ती सम्झौता पछि अनमिनले अस्थायी क्यान्टोनमेन्टमा रहेका जनमुक्ति सेनाको प्रमाणीकरणमा अयोग्य भनेर बिल्ला भिराईएका ती सहयोद्दाहरुको झझल्कोले बेस्सरी चिमोट्यो । नेपाल सरकार र विद्रोही माओवादी पार्टी बीच भएको बिस्तृत शान्ति सम्झौता पछि २०६३ मङ्सिर ५ गते देश भर छरिएर रहेका जनमुक्ति सेनाहरुलाई तोकिएको निश्चित जिल्ला र जिल्ला भित्रको निश्चित क्षेत्रमा गएर अस्थायी शिविर क्यान्टोनमेन्ट बस्नुपर्ने निर्देशन आयो । जनमुक्ति सेनाको सातवटा डिभिजनहरु पहिलो डिभिजन चुलाचुली ईलाम, दोस्रो डिभिजन दुधौली सिन्धुली । तेस्रो डिभिजन शक्तिखोर चितवन । चौथो डिभिजन झ्याल्टुङ्डाँडा नवलपरासी । पाँचौ डिभिजन दहबन रोल्पा । छैटौं डिभिजन दशरथपूर सुर्खेत । सातौं डिभिजन तालबन्द कैलालीमा क्याम्प खडा गरेर बस्यो । विस्तृत शान्ति सम्झौता अनुसार नेपाली सेना र जनमुक्ति सेना आ–आफ्नै ब्यारेकमा बस्ने । संविधान सभाको निर्वाचन गर्ने र जनमुक्ति सेनाको सुपरिवेक्षण संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) ले गर्ने भन्ने थियो । २०६३ साल सालको कुरा हो। मङ्सिर महिना चिसोले कठ्याङ्गृएको वनस्पति देखि हर प्राणीले न्यानोको मौका कुरिरहेका थिए। लामो समय रक्तपातपूर्ण लडाइलाई रोकेर शान्ति प्रक्रियामा प्रवेश गरेको क्षण । जनताको काखमा हुर्किएर दुश्मनसँग पौंठेजोरी खेल्दै हार जीतको सामना गरेका जनसेनाहरु एकाएक निश्चित तोकिएको सीमा र परिधिभित्र बाँधिएर बस्नुपर्दा उकुसमुकुसको भान हुन्थ्यो । बकुलहर चोक र टाँडीबाट दस किलो मिटरको दूरिमा पूर्वित्तरमा रहेको चितवनको शक्तिखोर जुटपानी विकाशोन्मुख दिशामा लाग्दै गरेको कच्चीबाटो केही ट्याम्पोहरु नियमित चलेर जुटपानी बजार सम्म पुग्थ्यो । बजार पनि के भनौ केही पक्की घरहरु र स–सानो एक तले काठ वा बनमाराको झिटाले बारेर बनाएको ओत लाग्न पनि मुस्किलले सक्ने टहरा भनौ या घर। त्यो बेला मलाई लागेको थियो तराईमा त धनी गरिब सजिलै छुट्टिने रहेछ । धनी र गरिबको घर हेरेरै अन्दाज लाउन सकिने रहेछ ।
जुटपानीको छिचोल्न नसकिने जङ्गल । जङ्गलभित्रको बाक्लो घारी । घारी भित्र कोइली र अन्य चरिहरुको चिरबिर सुमधुर आवाज । तराईको जङ्गलभित्र पहिलो चोटि सफर गर्दै थियौं । बेग्लै अनुभूति रमाइलो भनौ या डर त्रास। अ आफ्नो अस्थायी शिविर बनाउनको लागि कमान्डरको निर्देशनमा कमान्डरकै साथमा क.अणु र म (त्यतिबेला हामी कल्याण अनिश बृगेडको २० नम्वर बयालियन कार्यलयको आइ.एन.टि.विभागमा थियौँ ।) बटालियन कमान्डर कमरेड अनुप , बटालियन भि.सि. कमरेड कर्मको पछि लागेर जङ्गल भित्र छिर्यौ। हामीलाई हाम्रो कार्यालय रहने आर्क देखाउनु भो । उहाँहरु अन्य कम्पनीको आर्कको लागि ठाउँ हेर्न जानू भो । हामी दुई जना जङ्गलको घारी छिचोलेर भित्र गयौं उति नै बाक्लो झाडी मात्र भेठ्यौ । तराईको समथर वन जङ्गलमा त पूर्व पश्चिम उत्तर दक्षिण पनि छुट्याउन निकै मुस्किल पर्यो । झाडी भित्र बाटो खोज्दै हिड्नु सकसपूर्ण लाग्थ्यो । बाटो पहिल्याएर जुटपानी निस्किन सक्छु कि भनी टोलाएर हेर्छु। मन मनै गम्न थाल्छु । फेरि कल्पिन्छु बाटो यता होकि त्यता । जुटपानीमा सेल्टरमा बसिरहनु भएका साथीहरूले बिहानको खान पनि पाकेर खाए होलान । ठूला ठूला सालको रुखहरुले बजार छेलिन्थ्यो । मङ्सिर महिना भए पनि बाटो भुल्दाको मानसिक राप र तापले शितल हावाको अनुभव गर्नै सकिएन । घना जङ्गलको बाटो हिडिरहयौ । खोज्दै जान्छु कमान्डर दाइहरुसँग अघि आएको बाटो भेट्दिन । म डरले काप्न थाल्छु। प्यासले मुख र घाँटी सुकिसकेको हुन्छ । म आफ्नै बुध्दीलाई घृणाले पिच्च थुक्न थाल्छु । कमरेड अणु पछि पछि लाग्दै हुन्छिन् । म जता जान्छु उनको पाइला त्यतै हुन्छ । उनको अनुहार हेर्दैमा थाहा हुन्छ उनी भोक र थकानले लोत परेकी छिन । तैपनी प्रश्न गर्दैन हामीले बाटो कसरी भुल्यौ भनी । अनुहार फुङ्ग उडेको छ । म्हाभर र शैलुङमा लुकामारी खेल्दै हुर्केकि बाल सेना भनौ या एक कुशल योद्धा । म्हाभर र शैलुङमा जस्तो बाटो पत्ता लाउन सजिलो नहुदो रहेछ । तीनचार घन्टा जङ्गलमै फन्को मारीरह्यौ । भौगोलिक ज्ञान र अनुभव नहुदा दुःख पाइयो । बल्लतल्ल जुटपानी निस्किनु पर्ने हामी कालिका मन्दिर भन्दा नि पर निस्किन सक्यौ । यी जङ्गलमा हराउँदाको पीडा अर्को शृङ्खलामा उल्लेख गर्दै जानेछु ।
लडाकु अस्थायी शिविर भित्रको बसाइ कहालीलाग्दो भयो । बाक्लो जङ्गल भित्रको झाडीलाइ फाँडेर प्लास्टिकले बारेको पालहरुले छाएको स सानो टहरोहरु । अझ भनौ नदी किनारका सुकुम्बासी बस्ती जस्तो। यस्तैमा पार्टीले दिएको निर्देशन पूरा गर्न बस्नै पर्यो। पालहरुबाट शितहरु चुहेर सिलिपिङ ब्याग भिज्थ्यो । एकसरो पातालो म्याटले जमिन मुनिको चिसो थेग्न सक्दैनथ्यो । तैपनी क्रान्तिकारी उर्जा र विचारले हामीलाई विचलन हुन बाट रोक्यो । लडाइँमा सङ्गै लडेका कतिपय साथीहरु अस्थायी शिविर छोडेर हिड्न पनि थाले । कतिपय पार्टी सम्पर्कमा जोड्न गए कतिपय छुट्टै संसारमा पुगे । त्यो बेलाकै भाषामा पलायन भए । भगौडा नाम दिए । शिविरमा जति साथीहरू रह्यो विचारले थेग्न सक्ने जति मात्र रहे । नियमित तालिम समय तालिका अनुसार उठबस गर्नु पर्ने भयो । अस्थायी शिविरलाई पनि व्यवस्थित पार्नै पर्ने चुनौती मौसमले पनि दिदै थियो । हाम्रो डिभिजन कार्यलयको केन्द्रमा अनमिनको टोली जनसेनाको निरीक्षणको लागि खडा थियो । दुई ठुल्ठुला कन्टेनर राखेका थिए। जसलाई वरिपरि काडेतारले बारेको थियो । अनमिनको अनुमती बिना छेउमा समेत पुग्न पाइदैन्थ्यो । सिसी क्यामेराहरु जडान गरिएको थियो । कन्टेनर छेउ पुग्दा वा छुदा बेस्सरी साइरन बज्थ्यो। त्यही कन्टेनरमा हामीले शहीदको रगत सङ्ग घाइते योद्दाको हर चुडिएको अङ्गसङ्ग साटिएको थुप्रै हात हतियार राख्नु पर्ने भयो । हाम्रो सुरक्षाको निम्ति सीमित हतियार राख्न पाउने र बाकी हतियार कन्टेनरमा राख्नु पर्ने अनि बेला बेलामा अनमिनको निगारानीमा सफा गर्नुपर्ने भयो । अनमिनले लडाकु संख्या दर्ता सङ्गै हतियार संख्या पनि एकिन गर्यो । प्रत्येक हतियारमा स्टिकर टाँसेर वैधानिक भनी प्रमाणीकरण गरि दियो । स्टीकर नभएको हतियार अवैधानिक हुने भनी दियो । हरेक हतियारहरुमा मेरा सहयोद्दाहरुको रगतको छिर्का सङ्गै अधुरो अपुरो सपनाहरु देख्थे । जनमुक्ति सेनाको बुद्धि विवेक र युद्ध कौशलले बनाएको विभिन्न बमगोलाहरुमा सहिद परिवार र आम जनताको मुक्तिको सपना देख्थे । हतियार सङ्गै लडाकु दर्ता गर्ने प्रक्रिया चल्यो । केही हदमा कम पनि भयो । कारण मैले माथि नै उल्लेख गरि सकेको छु । अस्थायी शिविरको अव्यवस्थित बसाईले आत्तिएर शिविर छोडी भागी सकेका थिए । जे जति शिविरभित्र बाँकी थियो उति नै प्रमाणित दर्ता कार्य भयो। अनमिनको पहिलो चरणको प्रमाणीकरण कार्य सकियो ।
जनमुक्ति सेनाहरु नेपाली सेनाको भर्तीमा जसरी उचाइ, तौल, छाती सबै नापेर भर्ती गरिएको थिएन । जो जति यो महान यात्रामा समावेश हुँदै आए मुक्ती र मृत्युको कसम खाएर आएका थिए । सबै योद्दाहरु विविध उमेर समूहका थिए । त्यस्तै सेनाहरुलाइ देखेर होला अनमिनको दोस्रो चरणको कार्य भनौ या परीक्षा । लडाकु साच्चै सेना थियो वा शिविर बस्ने बेलामा थुपारिएको जथ्था । लडाकु हो वा हैन, बाल सेना हो वा उमेर नाघेका सबै प्रमाणित गर्ने भयो । हामी सबै जना युद्दका सफल योद्दा थियौ । अनमिनको नजरमा के हुने होला हेर्नै बाकी थियो। युद्ध जितेर आएका योद्दा अनमिनको प्रमाणीकरणमा कसरी अयोग्य होला र भन्ने खालको घमण्ड पनि हामीमा नभएको हैन । योग्य सेना हुन्छ भन्ने तम्तयार अवस्थामा रह्यौ । समयको घुम्दो चक्रसङ्गै प्रमाणीकरणको कर्य शुरु भयो । प्रमाणीकरण यसरी भयो कि केही नेपाली भाषा बोल्ने दोभाषेहरु साथमा राखेर विभिन्न राष्ट्रबाट आएका अग्लो न अग्लो, चिल्लो न चिल्लो, कालो न कालो, आँखा र दात मात्र सेतो, अनि देख्दैमा डर लाग्दो महिला र पुरुष अनमिनको कर्मचारीहरुले हाम्रो प्रमाणीकरण गर्ने भयो। उनीहरूले सोधेको प्रश्नको उत्तर, हतियार खोलजोड र विभिन पार्ट पूर्जाहरुको नाम अनि फरक भूगोलमा कसरी युद्द लडिन्छ भन्ने प्रश्नहरु सोधिने कार्य भयो । यी बाहेकका अन्य प्रश्नहरु पनि सोधेको पाइयो । बिडम्बना यस्तो भयो कि उनीहरूलाई चित्त नबुझेको ,चित्त बुझ्दो जवाफ नपाएकोले हो वा योद्दाको अनुहारको भाव पढेर हो कुन्नी योग्य र अयोग्य भनी छुट्याइ दियो। हिजो दस बर्से जनयुद्धमा धेरै मोर्चा लडि आएका कमान्डर देखि लिएर अन्य थुप्रै सहयोद्दाहरुलाई अयोग्य लडाकुको भिल्ला भिराइ दियो। त्यो बेला मन बेस्सरी दुख्यो । अयोग्य लडाकु लिस्टमा नाम प्रकाशित गरियो जसमा संगम श्रेष्ठ, रन्जु तामाङ, रोशन खड्का, दीक्षा, रुपेश मगर लगायत थुप्रै थिए । लडाइँमा योग्य र अनमिनको परीक्षामा अयोग्यको ट्याग झुन्ड्याउदै अस्थायी शिविरबाट निस्किनु पर्ने भयो। वर्गीय मायाको केही सीप चलेन । नेपाल सरकारको निर्देशनमा अनमिनको निगारानीसङ्गै समय सीमा तोकेर निकाल्ने कार्य भयो ।
त्यो बेला साच्चै युद्द हारेको सिपाही झै भयौ । युद्दामा हार र क्षती व्यहोरेको अनुहार कस्तो हुन्छ तपाईं पाठकरुले अन्दाज लाउनुस् । त्यस्तै अनुहार लिएर साथीहरू गहभरि आँसु पार्दै शिविरबाट बाहिरिए । घर सम्म पुग्ने बाटो खर्चको समेत व्यवस्था भएन भन्ने गुनासो पछि सम्म सुनीरह्यौ। कोही घाइते, अपांग र कोही शारीरिक रुपमा तन्दुरुस्त योद्दाहरु शिविरबाट बिदा भएर कता पुगे कता। एक मनले सोचेको थियो शिविरबाट निस्केर के भो त लडाइँ लड्ने मैदान त शिविर बाहिर नै हो । यहाँको अयोग्य लडाकुहरु केन्द्र जिल्ला र गाउँ मा पुगेर पार्टीकै निर्देशनमा रहने छ। पार्टीले सारा व्यवस्था गर्नेछ । तर हामी शिविर भित्र बसेका योद्धाहरुले जे सोचेको थियो बाहिर आएका योद्दाहरुलाइ त्यो केही व्यवस्था भएन । केही योद्दाहरुले राजनीतिमै समय खर्चिए धैरै योद्दाहरु गाँस बास कपासको निम्ति खाडी धाउन थाले। धाउनै पर्ने बाध्यता आए । अनि हिजो बुर्जुवा शिक्षा काम छैन पढ्नु पर्दैन भनी स्कुल पढ्न छोडेका योद्धाहरु फेरि पढ्न थाले ।
यसरी संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) ले योजनाबद्ध रुपमा अयोग्यको बिल्ला भिराएर अस्थायी शिविर (क्यान्टोनमेन्ट) बाट बाहिर निकाल्ने काम ग¥यो । दस वर्ष जनयुद्ध लडेर आएका कमरेडहरु कसरी अयोग्य भए ? यो सा¥है दुखको कुरो छ । यसरी बहिर्गमित जनमुक्ति सेनाका साथीहरूले बाहिर निस्किसकेपछि पनि ठूला–ठूला आन्दोलनहरु गरे । पार्टीले पटक पटक सरकारको नेतृत्व ग¥यो । तर उनीहरूको आन्दोलन बालुवामा पानी हाले जस्तै भयो । यसरी हिंजाका दिनहरूमा (युद्धको बेलामा) मृत्यु या मुक्तिको शपथ खाएर लडेका योद्धाहरुलाई अयोग्यको बिल्ला भिराईयो । इतिहासमा यसको मूल्यांकन कसले गर्ला ?

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0