Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सप्तरंगी साहित्य समाज नेपालको दोस्रो वार्षिक उत्सव सम्पन्न

प्रभातफेरी अनलाइन ३५२७ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ९, मंगलबार (४ साल अघि)
सप्तरंगी साहित्य समाज नेपालको दोस्रो वार्षिक उत्सव सम्पन्न

इनरुवा । सप्तरङ्गी साहित्य समाज नेपालको दोस्रो बार्षिक उत्सव प्रदेश १ इनरुवा नगरपालिकाको सभा हलमा गजलकार रमेन्द्र कोइरालाको छोडी जानेलाई गजल सङ्ग्रह, कवि लीलानाथ सिलवालको मास्टरको झोला कविता सङ्ग्रह तथा कवि विमला पोखरेलको कविता छायांकन प्रदर्शनको लोकार्पण तथा सम्मान कार्यक्रम गरेर बार्षिक उत्सव उमंग र उत्साह साथमा मनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले सप्तरङ्गी संस्थाले इनरुवामा आएर कार्यक्रम गर्न हाम्रो लागि सौभाग्य र यहाँका कवि साहित्यकारहरूको लागि खुशीको कुरा हो । समयमा बाँधिएकोले सबै कार्यक्रममा उपस्थिति हुन नसके पनि मन, तनमा साहित्य भिजेको छ । नेपाली साहित्यको लागि नगर प्रमुख भएको नाताले आफुले सकेको र नगरपालिकाले भ्याउनेसम्म सहयोग गर्न पछि हट्ने छैन भन्ने अभिव्यक्ति जाहेर गर्नुभएको थियो । कार्यक्रम समापन गर्दै संस्थाका अध्यक्ष केशवराज भट्ट सागरले प्रदेश १ को कार्य समितिको प्रशंसा गर्नुहुँदै अझै काँधमा काँध जोड्न आह्वान गर्नुभएको थियो । हामी निरन्तर लागेका छौँ सबै साहित्यिक स्रस्टा जोडेर सिङ्गो नेपालका साहित्यकार कविहरूलाई जोड्दै जाने बताउनु भएको थियो ।
संस्थाका अध्यक्ष केशवराज भट्ट सागरको सभापतित्वमा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता प्रमुख अतिथि रहनुभएको थियो । उद्घोषकमा सागर तिमिल्सिना गर्नुभएको थियो । बिशिष्ट अतिथिमा इनरुवा नगरपालिकाका उपप्रमुख जमना गौतम, भरत गुरागाइ र छविनाथ पोखरेल पन्क्षी रहनु भयो । अतिथिमा प्रगति लेखक संघका अध्यक्ष रामप्रसाद खरेल, तिला लेकाली, ममता मृदुल, टीका मिलन, रोहिणी रसिक, कालिदास कोइराला, पि.पि कोइराला, किशोर कोइराला, माधव सुवेदी, प्रमोद मन्डल, युवराज दाहाल, टीका शिवाकोटी, जयकृष्ण यादव, रबिन्द्र यादव लगायत ८० जनाको हाराहारीमा उपस्तिथि भएको थियो । बिराटनगर, धरान, बेलबारी, इटहरी, इनरुवा लगायत ठाँउबाट स्रस्टाहरू उपस्थिति भएका थिए । स्वागत मन्तव्य प्रदेश १ शाखाकी उपाध्यक्ष राधा सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा ४ जना स्रस्टालाई सम्मानित भएका छन् । जसमा छबिनाथ रिजाल सागर तिमिल्सिना, जीवनाथ पोख्रेल, डमरूवल्लव भण्डारी बार्षिक उत्सवमा सम्मानित हुनुभएको थियो । लोकार्पण पुस्तकको समिक्षा भरत गुरागाइले गर्नुभएको थियो । कवि लीलानाथ सिलवालको कविता सङ्ग्रहबाट आमा भन्ने कविता शोभा सिलवालले वाचन गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0