Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कुनै पनि सिर्जनाको सम्मान गर्न नगर पछि पर्ने छैन ः नगर प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन २५२४ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक १७, बुधबार (४ साल अघि)
कुनै पनि सिर्जनाको सम्मान गर्न नगर पछि पर्ने छैन ः नगर प्रमुख न्यौपाने

काभ्रे । कृति लोकापर्ण गर्दै कार्यक्रमका प्रमुख अतिथि पनौती नगर प्रमुख भीम न्यौपानेले नगरभित्र रहेको कुनै पनि सिर्जनाको सम्मान गर्न पछि नपर्ने बताउनुभएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख न्यौपानेले राजनीतिक सामाजिक परिवर्तनमा साहित्य र संगीतको महत्वपूर्ण योगदान रहेको बताउँदै साहित्य संगीत रचनामा सक्रिय हुन सबैलाई अनुरोध गर्नुभएको थियो । पनौती नगरपालिकाका कर्मचारीहरु साहित्य क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै कार्यालयको जिम्मेवारी पुरा गरि अन्य समयको सक्रियता प्रशंसायोग्य रहेको बताउनुभयो । ‘नगरका राम्रो कामलाई राम्रो भन्दिनुस कहिँकतै गल्ति भए सुधारका लागि सुझाव दिनुहोस । पनौतीको समेत इज्जत रहनेगरि साहित्य तथा संगितमा सक्रिय रहनुहोस नगरले सकेको सहयोग गर्छ ।’ उहाँको भनाई थियो । लोकार्पण कार्यक्रमको कलात्मक पानसमा दीप प्रज्वलित गरेर उद्घाटन गरेका थिए ।
साहित्यकार लक्ष्मण मातंछे ‘दोर्जे’ का दुई साहित्यिक कृति एक कार्यक्रम बिच शनिवार लोकापर्ण भएका छन् । पनौती नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा यी दुई कृति सँगै लक्ष्मण मातंछे तथा सुरेन्द्र श्रेष्ठको स्वरमा रहेको गीत पनि सार्वजानिक गरिएको छ । आरब प्रतिबिम्ब कविता संग्रह भाग २ तथा गुफामा १९ दिन होम आइसोलेसन सम्झना कृति लोकार्पण गरिएको हो । कार्यक्रमका ६ जना विशिष्ट अतिथि तथा प्रमुख अतिथिले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।


लक्ष्मण मातंछेको रचना सुरेन्द्र श्रेष्ठको संगित तथा बालकृष्ण सेवाचार्यको संगित संयोजनमा तयार भएको ‘अन्नपानीको शरीर’ बोलको गीत सार्वजानिक गरिएको हो । कवि तथा गायक लक्ष्मण मातंछे तथा सुरेन्द्र श्रेष्ठ ‘लसुन’ जोडीको नामले संगितको क्षेत्रमा सक्रिय रहेका छन् । मातंछे पनौती नगरपालिकामा कार्यरत छन् । उनकोे यस अघि आरब कविता संग्रह प्रकाशित भएको थियो ।
वरिष्ठ संगितकार सुरेश अधिकारीले प्रकाशित कृतिहरुमाथि समिक्षा गर्दै मातंछेको आरब प्रतिबिम्ब बनोटका हिसाबले नयाँ प्रयोग भएको बताउनुभयो । जो जहाँ रहेपनि संगित, साहित्य सिर्जनामा सक्रिय रहनुपर्ने उहाँको भनाई थियो । पनौती नगरपालिकाका बरिष्ठ कार्यकारी अधिकृत इन्द्र प्रसाद अधिकारीले प्रकृति, संगित र बालबालिकासँग रमाउन नसक्ने मानिस जड भएको बताउँदै मेहनत र साधनाले मात्र साहित्य क्षेत्र सफल हुने बताउनुभएको थियो । कार्यालय पछिको बचेको समयमा पनि सक्रियता देखाउँदै कलम चलाउनेहरुलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाई थियो ।
चलचित्र संघका अध्यक्ष रविन्द्र खड्काले पनौती कलाका सबै क्षेत्रले भरिपूर्ण रहेको उल्लेख गर्दै मकरमेलाका लागि नगरले उपयुक्त योजना सहितका कार्यक्रम निर्माण गरे चलचित्र संघका तर्फबाट आवश्यक सहयोग जुटाउने बताएका थिए । पनौती नगरपालिका पहिलो निर्वाचित जनप्रतिनिधि सप्तकाजी बुद्धाचार्यले संगित तथा साहित्यले भाषाको संरक्षण तथा विकासमा जोड दिनुपर्ने बताए ।
साहित्यकार दिनमान ग्रुमछ्यानले प्रकाशित दुई कृतिको बिश्लेषण गरेका थिए । आरब प्रतिबिम्बमा पनौतीको स्थानीयतालाई जोड दिएको बताउँदै स्थानीय कला संस्कृति तथा सभ्याताको चिनारीको रुपमा पुस्तक प्रकाशित भएको उहाँको बिचार थियो । कवि मातंछेले उक्त पुस्तकको नाम आफ्नै नाती आरबको नामबाट नामाकरण गरेका थिए भने दोस्रो कृति गुफामा १९ दिन दैनिकीको रुपमा रचिएको होम आइसोलेसनको संस्मरण स्वरुप प्रकाशित भएको छ । १९ दिन सम्म संक्रमण भएको समयमै रचना गरेको कृतिले कोभिड संक्रमणको समयमा संक्रमितले भोग्ने यथार्थता प्रस्तुत गरेको उहाँको भनाई थियो ।
लसुन जोडीले संगितिक प्रस्तुती प्रस्तुत गरेका थिए भने कार्यक्रममा कवियत्री रिमा के.सीले मातंछेको पुस्तकमा प्रकाशित कविताको अलावा आफ्नै मौलिक कविता वाचन गरेकी थिइन् । कार्यक्रम तथा प्रकाशित कृतिहरुका बारेमा लेखक लक्ष्मण मातंछेले प्रकाश पारेका थिए ।पनौती नगरपालिका उपमेयर गीता बञ्जारा संगितकार भूषण भोमी श्रेष्ठ लगायतले मन्तव्य राखेको कार्यक्रममा काभ्रे कलाकार समाजका अध्यक्ष मोहन तौजले, वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, गायक संगितकार अष्ट लामा, पत्रकार महासंघका प्रतिनिधि सुरज श्रेष्ठ, चलिचित्र कलाकार नारायण घिमिरे कृति प्रकाशक राधा मातंछे तथा स्थानीय बिद्यालयका प्रतिनिधि, बुद्धिजीवि लगायतको उपस्थिति रहेको थियो ।
पनौती नगरपालिकाका कृष्ण सैजुको सभापतित्वमा भएको कार्यक्रमको संचालन नरेन्द्र नगरकोटीले गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0