Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मानव कल्याणको लागि शिव पुराण ज्ञान महायज्ञ

प्रभातफेरी अनलाइन २६६० पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक २३, मंगलबार (४ साल अघि)
मानव कल्याणको लागि शिव पुराण ज्ञान महायज्ञ

काभ्रे । मानव कल्याणका लागि ज्योति शिव केन्द्र अनन्त गुठीले यही २७ गतेदेखि मंसिर ४ गतेसम्म शिवज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ ।
बनेपामा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मूल समारोह समितिका अध्यक्ष ई. चन्द्रलाल नकर्मीले कार्यक्रमबारे प्रकाश पार्दै चण्डेश्वरी माताको आग्रह अनुसार शिव पुराण लगाउन लागिएको बताउनुभएको छ । सो ज्ञान महायज्ञमा आफ्ना पितृहरुसँग प्रत्यक्ष संवाद गर्न सकिने पनि उल्लेख गर्नुभएको छ । कार्यक्रमका बारेमा प्रष्ट्याउँदै अध्यक्ष नकर्मीको कथन थियो– ज्योति शिव केन्द्र २०७० सालमा स्थापना भई विगत ४० वर्ष अगाडिबाट उपकारी विधाबाट सेवा शुभारम्भ गरी स्वस्थ समाज, दुव्र्यसन रहित समाज बनाउने र समाजलाई संस्कारयुक्त बनाउने अभिप्रायका साथ जन्मदेखि मृत्युपर्यन्तका विधि नितिहरुको संगालो सूत्राभाग १ मार्फत् शिव संस्कारको पहिचान गराउने बताउनुभएको छ ।
मानिस आफूसँग रहेको दैवी शक्तिलाई बिर्सिएर दुनियाँमा अरबौं रुपैयाँ खर्च गरेर दैवी शक्ति खोजिरहेको छ । त्यसैले इश्वरीय शक्ति प्राप्त गर्न टाढा जानुपर्दैन भन्ने सन्देश सहित व्यवसायिक नगरी बनेपामा शिव ज्ञान महायज्ञ शुभारम्भ गर्न लागिएको मूल समितिका अध्यक्ष नकर्मीले पत्रकारहरुको जिज्ञास मेटाउनुहुँदै वेद, विधान, संस्कार, विन्दू, रेखीय कोण (विज्ञान), शिव पुराण, पाप पुण्यको लेखाजोखा, शासकीय कानून जस्ता इश्वरीय लोकका प्रकाशनहरु मनुष्यको सभ्यता सुरुवात भई मानवलाई लिइएको र सोही उपकारी विधालाई पनि मानवीय जीवनमा उपयोग गरी डरलाग्दा रोग, व्याधहरुबाट समेत उन्मुक्ति दिने महान् कार्यमा सरिक भई सुष्टिकर्ता पिताले ब्रह्माण्ड, तारा, नक्षत्रका बारेमा अध्ययन गरी लामो अनुसन्धान पश्चात् पुष्टि भएको आत्मज्ञान र मनुष्य जीवनको बारेमा नगरवासीहरुलाई सुसूचित गराउने उद्देश्यका साथ हुन गइरहेको शिवज्ञान महाज्ञानको पावन अवसरमा कथा श्रवण गरी ज्ञानको असिम सागरलाई अझै सशक्त रुपमा फैलाउन यहाँहरुको अनुकरणीय योगदान रहने बताउनुभएको छ ।
उक्त कार्यक्रमलाई मनोजकुमार पोखरेल, ज्योति सेवा केन्द्रका अध्यक्ष लगायतका वक्ताहरुले ज्योति शिव महिमाका बारेमा प्रष्ट्याउनुभएको थियो । कार्यक्रमको सञ्चालक पं. बलभद्र खनालले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0